Monday, August 22, 2011

आफन्तबाटै बलात्कृत हुन्छन् नाबालक

Add caption

कोटेश्वरमा बस्दै आएका हेटैडाका दिदीबहिनी पिंकी र रश्मी पछिल्ला पाँच वर्षदेखि निरन्तर आफ्नै बाबुबाट बलात्कृत हुँदै आए। उनीहरूले भोगेको मानसिक र शारीरकि यातनाको कथा बयान गरसिाध्ये छैन। विश्वास नै गर्न नसकिने यस्ता घटनाले दमित यौन भोकका विकृत स्वरूप मात्रै उजागर गर्दैनन्, समाजभित्रको मौलाउँदो हिंस्रक यौन व्यवहारको प्रवृत्ति पनि प्रस्ट पार्छन्। समाजशास्त्रीहरू यस्ता घटनालाई सिंगो समाजको प्रतिविम्बभन्दा पनि व्यक्तिमा निहित मनोविज्ञानलाई कारक ठान्छन्।

यस्ता कतिपय घटना संयोगले मात्रै सार्वजनिक हुने गरेका छन्। गत वैशाख पहिलो साता काठमाडौँको कालीमाटीकी तीन वर्षकी बालिका आफ्नै काकाको छोराबाट बलात्कृत भइन्। घरमा अरू कोही नभएका बेलामा बलात्कृत भएकी बालिकाले पिसाब गर्ने बेलामा योनिबाट रगत आएपछि मात्रै घटनाको रहस्योद्घाटन भएको थियो। बलात्कारी दाजुले कसैलाई भनेमा मारििदने धम्की दिएपछि उनी मौन रहेकी थिइन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको फरेन्सिक मेडिसिन विभागमा चैतयताका चार महिनामा मात्रै २० वटा बालयौन दुराचारका घटनाको चिकित्सकीय परीक्षण भएको थियो। विभागका डाक्टर मनोज श्रेष्ठका अनुसार परीक्षण गरिएका अधिकांश घटनाका पीडित १५ वर्षभन्दा मुनिका नाबालक थिए। डा श्रेष्ठ भन्छन्, "अधिकांश पीडित आफन्तबाटै यौन हिंसाका सिकार बनेका छन् र अधिकांश आफ्नै घरमा बलात्कारको सिकार बनेका छन्।"

नाबालकमाथिको यौनहिंसाको अवस्था कतिसम्म डरलाग्दो छ भन्ने अर्को उदाहरण हो, काठमाडौँकै महाराजगन्जको घटना। वर्षौंदेखिका चिनेजानेका छिमेकका एक सेक्युरटिी गार्डबाट आफ्नी साढे तीन वषर्ीया छोरी बलात्कृत भएपछि तरकारी व्यापार गर्दै आएकी आमा सुशीला चिकित्सकीय परीक्षणका लागि फरेन्सिक मेडिसिन विभागमा पुगेकी थिइन्। सुशीला भन्दै थिइन्, "सधैँ आउने, माया गर्ने, चक्लेट किनिदिने मान्छेले नै यस्तो घीनलाग्दो काम गर्ला भनेर सोचेकै थिइनँ।"

बालबालिकाको क्षेत्रमा काम गररिहेको गैरसरकारी संस्था चिल्ड्रेन ओमन एन्ड इन सोसल सर्भिस एन्ड ह्युमन राइट्स -सीडब्लूआईएसएच)ले सन् २०१० मा काठमाडौँ उपत्यका र बनेपामा मात्रै ४९ वटा बालयौन दुराचारका मुद्दा हेरेको थियो। तीमध्ये २७ वटा मुद्दा अदालती प्रक्रियामा प्रवेश गरेका थिए। संस्थाका अनुसार अधिकांश यस्ता घटनामा बालबालिका आफन्तबाटै यौनहिंसाको सिकार भएका थिए। संस्थामा दर्ता भएका घटनालाई हेर्दा ७६ वर्षका वृद्धले १२ वर्षकी बालिकालाई बलात्कार गरेका घटनादेखि ४२ वर्षका अधबैँसेले साढे दुई वर्षकी बच्चीलाई बलात्कार गरेकासम्मका घटना छन्।

भ्वाइस अफ चिल्ड्रेन नामक गैरसरकारी संस्थाले केही वर्ष पहिले गरेको एक अध्ययनले ६३ प्र्रतिशत बालबालिका विभिन्न खालका यौन दुराचार खेप्न बाध्य भएको नतिजा निकालेको थियो। महिला तथा बालबालिका सेवा निर्देशनालयकी डीआईजी किरण बज्राचार्य समाजमा बढ्दो पश्चिमाकरण र बढ्दो अपराधीकरणसँगै बालयौन दुराचारको घटना पनि बढेको बताउँछिन्। उनका अनुसार प्रहरीमा आउने घटना त ४० प्रतिशत मात्रै हुन्।

नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रको वाषिर्क प्रतिवेदन अनुसार विद्यालय गइरहेका ३३ दशमलव ५ देखि ४५ प्रतिशत बालबालिका यौन दुव्र्यवहारबाट प्रभावित छन्। त्यस्तै विद्यालय जाने अवसरबाट वञ्चित काठमाडौँ उपत्यकाका घरेलु बालश्रमिकमध्ये करबि ५६ प्रतिशत बालबालिका यौन दुव्र्यवहारबाट प्रभावित छन्। प्रतिवेदनका अनुसार १३ देखि १८ प्रतिशत बालबालिकालाई प्रत्यक्ष खालका यौन दुव्र्यवहारको सिकार भइरहेका छन्।

अस्थिर सामाजिक जीवन र कमजोर आर्थिक धरातलमा उभिएको नेपाली समाजमा पछिल्ला वर्षका पाशविक प्रकृतिका यौनहिंसाका घटनामा बढोत्तरी भएको तथ्यांकले देखाउँछ। नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रको वाषिर्क प्रतिवेदनका अनुसार आर्थिक वर्ष ०६४/६५ मा भएका जबरजस्ती करणीका ३ सय ८२ घटनामध्ये २ सय ६५ वटा घटनामा १६ वर्षमुनिका बालबालिका पीडित रहेका थिए। प्रतिवेदनका अनुसार ती घटनामा १ सय ९ जना १३ देखि १६ वर्ष उमेरका, एक सय जना ८ देखि १२ वर्ष उमेरका र ५६ जना सात वर्षभन्दा कम उमेरका बालबालिका रहेका थिए। प्रतिवेदन अनुसार बलात्कारका घटनामा संलग्न अभियुक्त ३६ देखि ४५ वर्ष उमेर समूहका ६१ जना र ४६ वर्षभन्दा बढी उमेर समूहका २८ जना रहेका थिए। वयस्क उमेर समूहबाट हुने बलात्कारका घटनाले दमित यौनइच्छाभन्दा पनि हिंस्रक यौन मनोविज्ञानको यस्ता घटनाका निम्ति कारक रहेको मान्न सकिन्छ।

केन्द्रको तथ्यांक अनुसार ०६४/६५ को तुलनामा आर्थिक वर्ष ०६५/६६ यौन दुव्र्यवहारका अपराधमा २२ प्रतिशतले वृद्धि भएको देखिन्छ। यस्तो वृद्धि ०६५/६६ मा भन्दा ०६६/६७ झन्डै ३५ प्रतिशत बढी देखिन्छ। आर्थिक वर्ष ०६६/६७ मा मात्र ३ सय ७६ वटा जबरजस्ती करणीका उजुरी केन्द्रमा दर्ता भएका थिए। ०६६/६७ मा दर्ता भएका यौनहिंसाका ४ सय ८६ जना पीडितमध्ये ३ सय ६९ जना -७६ प्रतिशत) १८ वर्षभन्दा कम उमेरका बालबालिका रहेका थिए। यस्तो तथ्यले बाल यौनहिंसाको भयावह तस्िबरलाई सार्वजनिक गर्छ।

सामाजिक र महिलाका क्षेत्रमा विभिन्न अध्ययन-अनुसन्धान गरेका पूर्वअतिरक्त प्रहरी महानिरीक्षक गोविन्दप्रसाद थापाका अनुसार अपरििचतभन्दा पनि आफन्तबाटै बालबालिका यौनशोषणमा परेका छन्। आफ्नै बाबुबाट वर्षौंदेखि यौनशोषणमा पर्दै आएकी कोटेश्वरकी दिदीबहिनी यसैका उदाहरण हुन्। त्रिवि शिक्षण अस्पतालमा आउने बाल यौनहिंसाका घटनामध्ये अधिकांशमा आफन्त र नातेदारकै संलग्नता रहेको देखिन्छ। डा श्रेष्ठ भन्छन्, "कतिपय विश्वास गर्न नसकिने मान्छेबाट वषार्ंैदेखि लगातार यौनशोषण भइराखेका घटनासमेत सार्वजनिक हुने गरेका छन्।"

पूर्वअतिरक्त प्रहरी महानिरीक्षक थापाले सन् २००७ देखि सन् २००९ सम्म रूपन्देही, कपिलवस्तु र नवलपरासीमा बाल यौन दुव्र्यवहारका २१ वटा घटनाको वषार्ंैसम्मको मिहीन अध्ययनले त्रुटिपूर्ण कानुनी प्रणालीकै कारण यस्ता घटनाका पीडितले न्याय पाउन नसकेको निष्कर्ष निकालेका थिए। थापा भन्छन्, "अधिकांश घटना कानुनी प्रक्रियामै प्रवेश गर्दैनन् र गरेकाहरू पनि निष्कर्षमा पुग्दैनन्।" उनको अध्ययनमा सौतेला बाबुबाट सात वर्षदेखि यौनशोषणमा परेकी बालिकादेखि शिक्षित परिवारमा समेत यौनहिंसाका सिकार खेपेका सन्तानसम्म थिए। उनले गरेको अध्ययनमा तीनवटा घटनामा आफ्नै बाबुबाट छोरी बलात्कृत भएका घटनासमेत थिए। पाँचवटा घटना त पुलिसकहाँ दर्ता नै भएनन्। थापा भन्छन्, "यस्तो तथ्यले नेपाली समाजभित्र रहेको अपत्यारलिो र क्रूर यौनहिंसा र त्यसलाई समाजभित्रै लुकाउने परपिाटीको उजागर गर्छ।" आफ्नै बाबुबाट वषार्ंैदेखि बलात्कृत हुँदासमेत घटना सार्वजनिक गर्न डराउने तथ्य यसैको एउटा उदाहरण हो।

पिंकी र रश्मीको घटनाको अध्ययन गररिहेका प्रहरी निरीक्षक कुमारविक्रम थापा भन्छन्, "पत्यार नै गर्न नसिकने यस्ता घटना दमित हिंस्रक यौन व्यवहारका परिणाम हुन्।" पिंकीका बाबुले अपराध स्वीकारसिकेका छन्। तर, अधिकांश यस्ता घटनामा भने पीडक पक्राउ पर्दैनन्। बालिका बलात्कार गरेपछि फरार रहेका महाराजगन्जका सेक्युरटिी गार्ड यसका उदाहरण हुन्।

अधिकांश नाबालक बलात्कारका घटनामा पीडितले पर्याप्त प्रमाणको अभावमा कानुनी उपचार पाउँदैनन्। बलात्कृत भएका अधिकांश घटना समयमै प्रहरी कार्यालयमा दर्ता हुँदैनन्। दर्ता भएका घटनामा पनि पर्याप्त प्रमाणको संकलन विधिको अपर्याप्तताका कारण मुद्दा निष्कर्षमा पुग्न सक्दैनन्। कतिपय अवस्थामा त चिकित्सकको लापरबाहीका कारण पीडितले न्याय पाउन सक्दैनन्। ललितपुरको टोखाकी बालिकाको घटना यसै सन्दर्भको उपयुक्त उदाहरण हो।

गत माघ पहिलो साता टोखाका दुई दिदीबहिनीलाई उनीहरूकै होटलबाट चिनेजानेकै चार जना स्थानीयले अपरहणपछि नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। घटनापछि १६ मंसिर ०६७ मा प्रसूति गृहमा गरिएको चिकित्सकीय परीक्षणले उनीहरूको बलात्कार नभएको ठहर गर्‍यो। तर, २८ मंसिर ०६७ मा त्रिभुवन विश्वविद्यालय, फरेन्सिक मेडिसिन विभागमा गरेको परीक्षणले भने उनीहरू बलात्कृत भएको ठहर गर्‍यो। बालयौन दुराचारको विषयमा काम गररिहेको गैरसरकारी संस्था चिल्ड्रेन ओमन एन्ड इन सोसल सर्भिस एन्ड ह्युमन राइट -सीडब्लूआईएसएच)को कानुनी शाखाकी विकिता बस्नेत भन्छिन्, "कैयन् यस्ता परीक्षणले पीडितलाई कानुनी उपचारबाट वञ्चित गरेको छ।" उनका अनुसार यस्तो प्रवृत्तिले फलत: अधिकांश मुद्दामा प्रतिवादीहरूले मुद्दा मात्रै हार्दैनन्, मनोवैज्ञानिक समस्यासमेत खेप्न बाध्य हुन्छन्।

प्रसूति गृहलगायत अन्य अधिकांश अस्पतालमा बलात्कारजन्य घटनाको चिकित्सकीय परीक्षणमा बालिकाको कन्याजाली च्यातिएको छ कि छैन भन्ने कुरालाई मात्रै आधार मानिन्छ। रमाइलो त के भने योनिमा बाहेक अन्यत्र गरिएको अप्राकृतिक बलात्कारलाई चिकित्सकले बलात्कार नै मान्दैनन्। बालयौन दुराचारको क्षेत्रमा काम गररिहेका अधिकारकर्मी प्रशिक्षार्थी चिकित्सकले गर्ने परीक्षणका कारण बलात्कारजस्तो घटनामा पनि खेलवाड गरेको बताउँछन्। डा श्रेष्ठका अनुसार प्राविधिक रूपमा अदक्ष चिकित्सकका कारण पनि यस्ता घटनाको सही परीक्षण हुँदैन।

अधिकांश बलात्कारका चिकित्सकीय परीक्षण स्त्रीरोग विशेषज्ञ -गाइनोकोलोजिस्ट)ले गर्ने गर्छन्। चिकित्साशास्त्रको परभिाषा अनुसार गाइनोकोलोजिस्टको काम भनेको गर्भवतीसम्बन्धी अध्ययन गर्ने हो। महिला तथा बालबालिका सेवा निर्देशनालयकी डीआईजी किरण बज्राचार्यका अनुसार यस्ता चिकित्सकीय परीक्षणपश्चात् अदालतमा दायर भएका मुद्दामा डाक्टर स्वयंले अदालतमा उपस्थित भएर आफूले गरेको चिकित्सकीय परीक्षणको विषयमा बयान दिनुपर्ने हुन्छ। यही झन्झटबाट उन्मुक्ति पाउन पनि अधिकांश चिकित्सकले बलात्कार नभएको नतिजा निकाल्छन्। त्यसो त पीडितको बयान, उसको स्वास्थ्य, घटनास्थलमा भेटिने प्रमाण जस्तै : वीर्य, रगत आदिको संकलन गर्ने व्यवस्थित प्रणालीको अभावमा बालयौन दुराचारका मुद्दाहरू कमजोर बन्ने गर्छन्।

थोरै मात्र सार्वजनिक हुने यस्ता बालयौन दुराचारका घटना कमजोर चिकित्सकीय परीक्षणका कारण बीचमै तुहिन्छन्। डा श्रेष्ठका अनुसार अस्पतालमा परीक्षणका लागि आएका घटना लामो समयावधिका कारण घटनाका सबुत मेटिने सम्भावना बढी हुने गरेको छ।

समिति नै सही बालयौन दुराचारसम्बन्धी भएका अध्ययनले समाजको यौन मनोविज्ञान विकृत हुँदै गएको देखाएको छ। बालबालिका आफन्तबाटै बलात्कारको सिकार हुने प्रवृत्ति बढ्नु भनेको नैतिकता र सामाजिक मान्यतामा ह्रास पनि हो। यसका ठोस कारण र समाधानका उपायको गहन अध्ययन नभए समाज अनुशासनहीन हुँदै जाने निश्चित छ।

(सबै पीडितको नाम र ठेगाना परविर्तन गरिएको छ।)

No comments:

Post a Comment