
आफूले सोचेको सपनाको परिवार पाउदा निकै खुसी लागेको बेटीले प्रतिक्रिया दिएका छन् । ओरेगनस्थित घरमा हाल उनी पितृत्व र मातृत्व दुबैको मजा लिइ रहेका छन् । पारिवारिक जीवनको आनन्दमा मस्त बेटी केहि हप्ताअघि स-परिवार एक स्विमिङ पुलमा देखिएका थिए । उनी अहिले सर्वत्र चर्चाका पात्र बनेका छन् । यद्यपी उनको ब्यक्तिगत जीवनको कहानी भने बेग्लै छ । बेटी जन्मदा वास्तवमा स्त्रि नै थिइन् । तर उनको धोको भने पुरुष बन्ने थियो । जब उनी २० वर्षको जवानीमा थिइन्, तब टेस्टोसटेरोन हर्मोन इन्जेक्सन लिई अनुहारमा जुगाँ, दाह्री तथा अन्य रौ उमार्न सफल भइन् । अनि २००२ मा मास्टेक्टोमी गरी बेटी बैधानिकरुपमै पुरुष बनिन् । हैरान हुने कुरा के छ भने बेटीले आफ्नो गुप्ताङ्ग, पाठेघर र अन्य स्त्रि प्रजनन् अङ्ग भने परिवर्तन गर्न अस्विकार गरेकी थिइन् ।
‘म बच्चा चाहन्थे तर थाहा थिएन कसरी ?’ बेटीले भने, ‘यो त केबल सपना थियो मेरो लागि ।’ टेस्टोस्टेरोन लिन छाडेको ८ वर्षपछि एक अनजान ब्यक्तिको बिर्य लिई कृतिम प्रविधि अपनाई बेटीको आमा बन्ने सपना अन्ततः पुरा भयो । आफ्नो क्लिटोरिस निकै बढेर लिङ्गजस्तै आकार लिएकोले श्रीमतीसँग शारारीक सम्बन्ध समेत राख्न सकिने उनले खुलासा गरे । लगातार वर्षैपिच्छे किन सन्तान जन्माउनु भएको भन्ने प्रश्नमा बेटीले भने-’म वर्षभरीमा जम्मा ४ दिन मात्र गर्भवती बन्न सक्छु । त्यसैले एक बच्चा र अर्को बच्चाको बीचमा लामो समय कुर्न हामी सक्दैनौ ।’ ल हेर्नोस्, यो हो बेटीको परिवार । तस्वीर: एजेन्सी

No comments:
Post a Comment