Wednesday, August 10, 2011

यौनेच्छा कम हुनुको कारण दिमागसँग सम्बन्धित रहेको खुलासा

एउटा नयाँ अध्ययनले अनुसार केही महिलाहरुमा यौनेच्छा कम हुनुको कारण उनीहरुको दिमागसँग सम्बन्धित रहेको खुलासा गरेको छ। यो शोधका क्रममा महिलाहरुलाई उत्तेजित गर्ने भिडियो देखाइएको थियो । र, उनीहरुको मष्तिष्कमा भइरहेको परिवर्तनको जाँच गरिएको थियो ।
शोधकर्ताहरुको दावीअनुसार ती महिलाहरुको मष्तिष्कको स्क्यान फरक देखियो जुन महिला सेक्सप्रति उदासिन थिए ।
यो शोधमा काम गरिरहेका अमेरिकी बैज्ञनिकका अनुसार उनीहरुले आफ्नो शोधका क्रममा यस्ता स्पष्ट तथ्य पाए जसबाट थाहा हुन्छ कि सेक्सप्रति उदासिनता निश्चित रुपमा शारीरिक विमारी हो । यसका लागि शोधकर्ताहरुले महिलाहरुलाई उत्तेजित पार्ने भिडियो देखाएर त्यसक्रममा उनीहरुको मष्तिष्कको हलचलको जाँचसमेत गरेका थिए।सेक्स ड्राइभहालैका वर्षहरुमा विज्ञानले महिलाहरुमा यौनेच्छाको कमीका लागि हाइपोउेक्टिभ सेक्स्युअल डिजाएर डिसअर्डर अर्थात -एचएसडीडी) लाई जिम्मेवार मानेको छ।
तर सेक्समा उदासिनताका लागि पहिलादेखि नै आफ्नो साथीसँग भावनात्मक रुपमा गाढा सम्बन्धको स्तर, मनोवैज्ञानिक सम्बन्ध र शारीरिक स्थितिलाई जिम्मेवार मानिदैछ । अब यो नयाँ शोधका प्रमुख डा. माइकल डाइमण्डका अनुसार एचएसडीडी एउटा वास्तविक शारीरिक विमारी हो ।
शारीरिक स्पष्टिकरण
डा. डाइमण्डले भने-हामीले जुन शोधका क्रममा देख्यौ त्यसबाट थाहा हुन्छ कि यौनेच्छाको कमी वास्तवमा एउटा शारीरिक विकृति हो । तर यो दावीसँग यस क्षेत्रमा पहिलादेखि काम गरिरहेका अर्का विशेषज्ञ पूर्णतः सहमत छैनन् । उनका अनुसार यो शोध दिलचस्प हुन सक्दछ तर अझै यो क्षेत्रमा अरु काम गर्न आवश्यक छ।
क्यामडेन र आ०लिंगटन मेन्टल हेल्थ ट्रष्टकी स्याण्डी गोल्डबेक वुड भन्छिन् – यो हेर्नका लागि कि मष्तिष्कमा जुन परिवर्तनको चर्चा गरिदैछ त्यो निराशाका कारण सेक्ससँग सम्बन्धित छ र यसमा गहन शोध आवश्यक छ।
स्याण्डी गोल्डबेक वुडका अनुसार निराशा र डिप्रेसनलाई सेक्स समस्यामा जिम्मेवार मानिन्छ। केही अरु विशेषज्ञहरुका रायमा सेक्सप्रति उदासिनताका लागि मात्र कुनै एउटा कारणलाई जिम्मेवार मान्न सकिन्न । किनभने यो एउटा मेडिकल समस्या हो र यो रहस्य अझै कायम छ कि यसको कारण एउटा छ वा धेरै ।
सेक्सप्रति आकर्षणमा कमीका लागि व्यस्त जीवनशैलीका साथै शारीरिक समस्याहरु, जस्तो कि पाठेघरमा गाँठो हुनुलाई पनि व्यापक मात्रामा जिम्मेवार मानिएको छ। विशेषज्ञहरुका अनुसार यो एउटा समस्या त हो तर जति मानिन्छ त्यो भन्दा कयौ कम महिला यसबाट प्रभावित छन् ।

No comments:

Post a Comment