यौनका मामिलामा कम उमेदेखिनै बढि सक्रिय हुने र युवति आकषिर्त पार्न धेरै बहानाबाजी गर्ने पुरुषहरु छिटो बुढो हुने पछिल्लो अध्ययनले देखाएको छ । फ्रान्सको बर्गन्डी विश्वविद्यालयमा गरिएको अध्ययनले यौनको मामिलामा बढि मरिहत्ते गर्ने युवकहरुको जवानी छिटो टुंगिने तथ्य पत्ता लगाएको छ ।
यौनिकतामा शरिरको बढि उर्जा खर्च गर्ने पुरुषमा अरु जैविक प्रक्रियाको लागि चाहिने शक्ति क्षय हुने भएकाले बुढ्यौलीले समात्ने अध्ययनको ठहर छ । सम्भोगका बेला मात्र नभएर युवतिलाई आकषिर्त गर्नका लागि गर्ने क्रियाकलाप (सेक्सुअल डिस्प्ले) का बेलामा हुने मानसिक र शारिरिक श्रमका कारण पनि पुरुषको सरिरबाट धेरै उर्जा नास हुने गर्छ । अनुसन्धानकर्ताहरुले पुरुषको यौनजीवनको यस्तो अवस्थालाई चराका भालेको अवस्थासँग दाँजेका छन् ।
पोथीलाई आकषिर्त गर्न पंख फिजाउँने, गीत गाउने तथा नाच्ने लगायतका काम बढि गर्ने भाले चराले सुरुका दिनमा सम्भोगको धेरै अवसर पाएपनि त्यसपछि उसको शुक्रकिटको उत्पादन कम हुँदै जाने र पोथीसँगको समागममा असफल हुने गर्छ । अब तपाईकै हातमा छ यौनजीवन बुढ्यौलीसम्म टिकाइराख्ने वा भएभरको उर्जा अहिल्यै सकेर पछि पछुताउने !

No comments:
Post a Comment