सामान्य मानिसका हरेक हात खुट्टामा ५-५ वटा गरी २० वटा औँला हुन्छन् । तर क्युवामा एक जना यस्ता मानिस छन् जसका हरेक हात र खुट्टामा ६-६ वटा औँला छन् । २४ वटा औँला भएको योआन्द्री हर्नान्डेज ग्यारिडोले आफुलाई भगवानले बोनसको रुपमा दिएका ४ वटा थप औँलाप्रति ठूलो गर्व छ ।
बोनसमा औँला पाउँदा ग्यारिडोलाई जिवन निर्वाह गर्न सहज भएको छ किनकी आफ्नो फोटो खिच्नेहरुबाट पैसा असुलेरै उनले सानदार जिवन बिताएका छन् । नगरुन् पनि किन ? ग्यारिडोले कसैले आफ्नो फोटो खिच्न मन गर्यो भने दश डलर लिएर एक चोटी क्लिक्क पार्न अनुमति दिन्छन् । जबकी क्युवाका सामान्य नागरिकको औषत मासिक आम्दानी २० डलर मात्र छ । मेरो जागिर छैन , त्यसैले यिनै औँलाका कारण बाँचेको छु , ग्यारिडो भन्छन् ।
मानिसमा धेरै औँला हुनु सामान्य हो तर हरेक हातखुट्टामा १-१ ओटा थप सग्ला औँला हुनु भनेको निकै दुर्लभ छ । त्यसैले झ्वाट्ट हेर्दा उनका हात औँला नगने सम्म थप औँला छ भन्ने छुट्टाउन गाह्रो हुन्छ ।
ग्यारिडो एकचोटी आफ्नो उपचार गराउन एकजना डाक्टरकोमा गएका रहेछन् । संयोगले ती डाक्टर राष्ट्रपति फिडेल क्यास्ट्रोको पनि उपचार गर्ने डाक्टर रहेछन् । त्यसपछि ती डाक्टरले ग्यारिडोलाई २४ वटा सग्ला औँला भएको एकमात्र व्यक्ति घोषणा गरेपछि ग्यारिडोको चर्चा सुरु भएको थियो ।
ग्यारिडोलाई बाल्यकालमा आफ्नो औँलाको कारण बेहोर्नुपरेको पीडाको सम्झना रहेछ । एकदिन उनलाई विद्यालयमा शिक्षकले ५ मा ५ जोड्दा कति हुन्छ ? भनेर सोध्दा उनले नजानेपछि दुइ हातका औँला गनेर जवाफ दिन शिक्षकले अह्राएछन् । तर ग्यारिडोले दुइ हातका सबैँ औला गन्ोर १२ भन्ने उत्तर दिएछन् । हातका औँला गन्न समेत नजानेको भनेर शिक्षकले उनलाई गाली गरेछन् तर उनका हातमा ६-६ वटा औँला भएको पत्तो पाएनछन् ।
सानो हुँदा ६ वटा औलाका कारण अरुले घृणा गर्ने गरेको भएपनि अहिले भने ग्यारिडोलाई बोनसका औँला वरदान बनेका छन् ।

No comments:
Post a Comment