Tuesday, August 16, 2011

पाइन्ट लगाएकोमा जेल हाल्ने निर्णय

महिलाले पाईन्ट लगाएकोमा जेल सजाएँ
“अरु देशले के कति गरिसके
पुगिसके ब्रह्माण्ड नै तनतनी,
हाम्रो बुढो बाहुन मस्त छ अझै
छामी टुप्प्पी जनै कन्दनी” -बालकृष्ण सम
हुन त मैले यो अलि पहिले पनी दोहोर्र्याए जस्तो लाग्छ । छिमेकी मूलुककाले कति प्रगती गरिसके । चन्द्रमाको प्रकाश पनि कताको मेरो । कुन खालको तेरो । अनेक अनेक ग्रह उपग्रह माथि कब्जा गरेर चमत्कार गरिरहेका छन् । यूरोपेली मुलुकहरु त्यसमा एक एक प्रतिस्पर्धा गरिरहेको अवस्था छ । तर यूरोपसितै जोडिएको अर्को महादेश अफ्रिका । त्यहि महादेशको सुडान कि एक महिला पाइन्ट लगाएकोमा जेल जानु परेको छ । उनलाई पाइन्ट लगाएर सार्वजनिक सद्भाव बिगारेको अभियोगमा जेल पठाईएको हो ।
 ति महिलाले पाइन्ट लगएर कफी शप गएकी रहिछन । उनलाई कफी शपमा पाइन्ट लगाएर गएकोमा निश्चित रकम जरिवाना तोकिएको थियो । त्यो तिर्न अस्विकार गरेपछि एक जेल हाल्ने निर्णय गरिएको हो । अस्ति सोमबार उनलाई त्यसरी जेल हालिएपछी यस घटनाले अन्तर्राष्ट्रिय चासो बढाएको छ । रिपोर्ट सार्वजनिक गर्ने लस एन्जल्स टाईम्सका अनुसार अहिले सुडानमा त्यहाँको सरकारको उक्त निर्णयका बिरुद्दमा ब्यापक प्रदर्शनीहरु भएका छन् ।त्यहाँको सरकार ईस्लामिक धार्मिक प्रभावको छ । इस्लामिक धर्मले महिलाहरुलाई समान ब्यवाहार नगरेको प्रदर्शनकारीहरुले जनाएका छन्  ।
 सजाएँ तोकिने लुब्ना हुसेन पनि कम की रैछिन र ? पत्रकार र राजधानी शहर खार्तुंनमा रहेको संयुक्त राष्ट्र संघ कार्यालयकी कर्मचारी । त्यहि भएर उनले पनि पाइन्ट लगाउँदैमा जरिवाना तोक्ने सरकारको निर्णयलाई धोती लगाईदिईन । ईस्लामिक सरकार न हो के छोड्थ्यो । उसलेपनि जेलको सजाएँ तोक्यो ।
 उनले जरिवाना तिर्ने निर्णयलाई लत्याएपछी अदालतसामु उभ्याइयो । उनी न्यायाधीशका अगाडी कफी शपमा लगाएर गएकै पाइन्ट लगाएर उपस्थित भईन । अनि सार्वजनिक सद्भाव उल्लङ्घन गरेको अभियोगमा तोकिएको २०० डलर जरिवाना तिर्न अस्विकार गरिन । उनले सिधै भनिन-”म तिर्दिन । यदि तिरें भने मैले लडाई हारेको जस्तै हो । बरु म जेलमै बस्न चाहन्छु” ।

No comments:

Post a Comment