Tuesday, August 16, 2011

महिलाको प्रमुख यौन समस्या


महिलाको प्रमुख यौन समस्या 'सेतो पानी बग्ने' हो उनीहरूलाई के भयो, कसलाई भन्ने होला, के गर्ने होला भन्ने तनाव हुन्छ
चार वर्षदेखि निरन्तर यौनरोगीको उपचार परामर्शमा क्रियाशील छु नेपाल वान टेलिभिजनको रात्रि कार्यक्रम 'रात परेपछि'मा मसामु थुप्रै महिला/पुरुषले यौन समस्या राख्छन् महिला फोनमा समस्या सुनाउँदा हिच्किचाइरहेका हुन्छन्, भेटेर समस्या सुनाउँदा पनि लाज मान्छन् पुरुष भने निष्पिmक्री समस्या भन्छन् धेरै महिलाका समस्या साझा हुन्छन् उनीहरू भन्छन्, 'पुरुषहरू यौनसम्पर्कका वेला महिलाको रुचि /छैन विचार गर्दैनन् मायाको नाममा पुरुषले महिलाबाट शारीरिक आवश्यकता मात्र पूरा गर्छ महिलाको चाहना ख्यालै गर्दैन, आफू स्खलित भएपछि चटक्कै छाडिदिन्छ उसले यौन महिलाको पनि आवश्यकता हो भन्ने बुझ्दैन यौनका मामलामा निकै आक्रामक हुन्छ
यौनसम्बन्धी खुलेआम छलफल गर्न धक मान्ने नेपाली समाजमा टेलिभिजन, फोन वा प्रत्यक्ष परामर्श सजिलो माध्यम बन्दै फोनमा कतिले सामान्य समस्या सुनाउँछन्, कतिले असामान्य घटना केही समयअघि एक युवतीले फोन गरेर भनिन्, 'मेरो श्रीमान् प्रतिष्ठित एनजिओमा काम गर्नुहुन्छ राति ढिलो घर फर्किनुहुन्छ सुत्ने वेलामा अठ्याउनुहुन्छ जबर्जस्ती मलाई खेलाउनुहुन्छ मलाई यौनइच्छा हुँदैन सम्पर्क गर्दा पनि निकै दुख्छ उहाँ मबाट असन्तुष्ट हुनुहुन्छ अर्को बिहे गर्छु भनेर धम्की दिइरहनुहुन्छ मैले के गर्नुपर्ला ?' ती महिलालाई मैले अफिसमा बोलाएँ चेक गरेँ उनको योनिमा संक्रमण रहेछ त्यसैले यौनसम्पर्कका वेला दुख्ने रहेछ उपचारपछि उनी ठीक भइन् अहिले उनीहरूको दाम्पत्य जीवन राम्रै चलिरहेको अर्को शिक्षित दम्पतीको समस्या आएको थियो श्रीमान् काठमाडौंबाहिर जागिर खाने, श्रीमती यतै महिनापछि घर आएको श्रीमान्लाई पनि विभिन्न कारण देखाएर श्रीमतीले घर पसेको घन्टामै फकाईदिइन् श्रीमान् घर आउने खबरले श्रीमती निकै विचलित हुने रहिछन् कारण रहेछ, श्रीमान्ले बलजफ्ती गर्ने रहेछन् त्यो सम्पर्क सधैं पीडादायी हुने रहेछ उनीहरू डिभोर्स गर्ने मुडमा पुगेका रहेछन् निकै लामो काउन्सिलिङपछि मैले पत्ता लगाएँ- श्रीमतीको पाठेघरमा संक्रमण रहेछ समस्या समाधान भएपछि उनीहरू डिभोर्स नगर्ने मनस्थितिमा पुगे  
महिलाको प्रमुख यौन समस्या 'सेतो पानी बग्ने' हो उनीहरूलाई के भयो, कसलाई भन्ने होला, के गर्ने होला भन्ने तनाव हुन्छ यौनसम्पर्क पीडादायी हुन्छ श्रीमान्ले, 'तैंले कहाँबाट एड्स/भिरिंगी सारेर आइस्' भन्दै श्रीमतीलाई झम्टिन्छ यस्ता समस्या सुनाउन धेरै महिला दैनिक आउँछन् उदयपुरकी एकजना दिदी योनिबाट सेतो पानी बग्ने समस्या लिएर आएकी थिइन् विदेशबाट आएको श्रीमान्ले 'रोग कहाँबाट सारिस् ?' भन्दै कुटेर माइत लखेटेछ ती पुरुषलाई बोलाएर मैले सम्झाएँ, 'सेतो पानी बग्ने समस्या बच्चालाई पनि हुन्छ, बिहे नगरेकी महिलालाई पनि हुन्छ ' उपचारपछि उसले श्रीमती अपनायो अर्को एकजना महिलालाई यौनसम्पर्क गर्दा योनि पोल्दोरहेछ, उनी मकहाँ आएर उपचार गराइरहेकी छिन् पछि उसैको श्रीमान् आएर 'मलाई शीघ्र स्खलन ढिलो स्खलन हुने औषधि दिनुपर्यो' भन्यो श्रीमती यौनसम्पर्कबाट भाग्न खोज्ने, श्रीमान् सम्पर्क-अवधि लम्ब्याउन चाहने कस्तो विरोधाभाष ? श्रीमतीको योनिमार्गमा घाउ रहेछ उपचारपछि उनीहरूको समस्या हट्यो  
मैले क्लिनिकमा दैनिक १५ भन्दा बढी बिरामीको यौन-समस्या सुन्नुपर्छ महिला थोरै हुन्छन् उनीहरू समस्या लुकाएर बस्छन्, खुलेर छलफल गर्न धक मान्छन् यौन-शिक्षाको अभावले यस्तो हुन्छ एउटा रमाइलो घटना - एक दिन ८२ वर्षे हजुरबाकी १८ वर्षे नातिनीले फोन गरिन् उनका हजुरबाले एकैचोटि चार सय एमजीको भियग्रा सेवन गरेर जसलाई पायो उसैलाई झम्टिँदा रहेछन्, चाहे कुनै महिला होस् वा कुकुर, बाख्रो, गाई, भैंसी सामान्य मान्छेले ७५/८० एमजीभन्दा बढी भियग्रा सेवन गर्दैर्नन् मैले ती नातिनीलाई हजुरबालाई दैनिक 'स्लिपिङ ट्याब्लेट' सेवन गराउन सल्लाह दिएँ स्लिपिङ ट्याब्लेट सेवन गरेको समयमा यौनेच्छा सम्भव छैन अहिले उनको हजुरबाको त्यो समस्या हटेको
पुरुषमा मृत्युको क्षणसम्म शुक्रकिट निर्माण जारी रहन्छ सम्भोग गर्न समर्थ हुन्छ महिलामा भने ४०-४५ को उमेरतिर रजनोवृत्तिको स्थिति देखापर्छ जसले उनी सन्तान उत्पादनमा असमर्थ हुन्छिन्, उत्तेजनामा कमी आउँछ तर सम्भोगानन्दमा कमी आउँदैन सम्भोग भनेको महिला/पुरुष दुवैले बराबर भोग्नु हो हामीकहाँ सम्भोग कहाँ हुन्छ ! प्रायः पुरुष मात्रै भोग्छ महिलाले आफ्ना लागि होइन, श्रीमान्का आनन्दका लागि सम्पर्क गर्छन्  
महिलाहरू मकहाँ थुप्रै यौन-समस्या लिएर आउँछन् बिहे नगरेका महिला हस्तमैथुनको असर सोध्न आउँछन् दैनिक हस्तमैथुनले कालान्तरमा हानि गर्छ तर इच्छा लागेमा सातामा / पटक गर्दा खासै हानि हुँदैन यौन-समस्याकै कारण घरबार बिगे्रका उदाहरण थुप्रै छन् तर, अहिले राजधानीका एफएम रेडियो टेलिभिजनले फोनबाटै यौन परामर्श दिइरहेका छन् यौनमनोविज्ञ तथा डाक्टरहरूलाई यौनसम्बन्धी समस्या सुनाउनेहरूको संख्या बढ्दो तालिमप्राप्त परामर्शदाता डाक्टरहरू पीडितको समस्या समाधान गर्न तत्पर रहन्छन् डाक्टरसँग सल्लाह लिन आउने सेक्ससम्बन्धी रोगीहरू अधिकांश २५-३० उमेरका नै हुन्छन् यो उमेर समूह नै यौनको कुरामा ज्यादा अलमल भ्रान्तिमा पर्छ उमेर बढ्दै जाँदा यौनको तरिकामा परिपक्वता, आनन्दमा वृद्धि अनुभवमा ज्ञान थपिँदै जान्छ व्यक्तिको सबै कुरा व्यवस्थित सन्तुलित भने ६०-६५ वर्षसम्म पनि महिला/पुरुषको सेक्स क्षमतामा कमी आउँदैन त्यसपछि यौनक्षमता केही कम हुन्छ महिला/पुरुषलाई यौन आनन्दको म्याद बढाउने पहिलो सर्त स्वास्थ्य उत्तम हुनु हो भन्ने सल्लाह दिन्छु  
टेलिभिजनमा, पर्सनल फोनमा वा हस्पिटलमा परामर्श दिँदा फोनकर्ताको नाम, ठेगाना पूर्णरूपमा गोप्य राखिन्छ त्यसैले परामर्शदातासँग गरिएका हरेक फोन गोप्य रहन्छन् सकेसम्म टेलिभिजनको कार्यक्रममा फोनमा समस्या राख्नेलाई भेट्न चाहन्नँ समस्या गम्भीर रहेछ भने मात्रै भेट्छु महिलाहरूका यौन उत्तेजनामा कमी, महिलाको यौनांगको आकार खुकुलो, गर्भावस्थामा यौनसम्पर्कले गर्भ तुहिएको, विवाहपूर्व विवाहपछि यौनसम्पर्क, वक्षस्थलका आकार, गर्भाधान आदिबारे बढी जिज्ञासा आउँछन् कतिपय युवती बजारमा पाइने सस्ता सेक्स टोय मसाज गर्छन् अनि योनि दुख्ने, चिलाउने, कालो हुने समस्या आएपछि हामीकहाँ आउँछन् मेरोमा आइपुगेका यौन समस्या हेर्दा धेरै विवाहपूर्वको यौनसम्बन्ध सुरक्षित यौनबारे बुझ्न चाहन्छन् समलिंगी, हाडनाता करणी, सामूहिक यौनका समस्या पनि आउँछन् मैले १३ वर्षे युवतीदेखि ५३ वर्षका महिलासम्मको यौन समस्या समाधान गर्ने प्रयत्न गरेको छु
यौन परामर्श सुविधा उपचारलाई अझ व्यापक बनाउनुपर्छ बन्द समाजको कारण हामीकहाँ यौन विकृति झांगिन थालेको यौनविज्ञानलाई राम्रोसँग बुझेको सानातिना यौन-समस्यालाई सामान्य रूपमा लिएर हल गर्ने दम्पतीले यौन आनन्दको आजीवन उपयोग गर्न सक्छन् सम्भोग जवानीमा मात्रै प्राप्त हुने आनन्द होइन, यो आजीवनका लागि प्राप्त ईश्वरीय बरदान हो स्वस्थ यौनजीवनका लागि दुई कुरामा ध्यान पुर्याउनुपर्छ- एक भोजन, दुई व्यायाम सन्तुलित भोजन, पौष्टिक, क्यालोरियुक्त खानाको सेवन नियमित व्यायामले महिला/पुरुषलाई स्वस्थ यौनजीवन बाँच्न सघाउँछ

No comments:

Post a Comment