दोस्रो कारण हो- पतिपत्नीबीच अंशको अवधारणा । अरूहरूका सुन्दर शिशुलाई देखेपिच्छे उनीहरू त्यसप्रति आकर्षण जाग्छ र आपmना पनि छोराछोरी हुन् भन्ने सोच्छन् ।
तेस्रो कारणचाहिँ भावनात्मक हुन्छ । विवाहित जोडीको मस्तिष्कको एक खण्डबाट अर्को खण्डमा सन्देश जान्छ- बच्चा जन्माउने उद्देश्यले समय राम्रो छ ।
प्रा. ब्रास भन्छिन्, 'कहिले तपाईंलाई बच्चाको चाहना हुन्छ, कहिले तपाईं आफूसँग धनसम्पत्ति होस् भन्ने चाहनुहुन्छ, कहिले प्रसिद्घकिो कामना गर्नुहुन्छ, अथवा कहिले यौनको चाहना गर्न थाल्नुहुन्छ । हामीले धेरै महिला-पुरुषलाई उपर्युक्त चाहनाहरू तिनमा कुन क्रममा छ भनी सोधेका थियौं ।'
पहिलो नम्बरमा बालबालिका नै रहेको जवाफ आयो । बेबी फिभर पुरुष र महिला दुवैमा समान रूपले पाइन्छ । महिलालाई यौनभन्दा बढी चाहना बच्चाको थियो भने पुरुषको सोच यसभन्दा विपरीत थियो । उनीहरूसँग बच्चाको चाहना हुनु वा यसको इच्छा नहुनुको कारण के हो भनेर पनि सोधिएको थियो । प्रा. ब्रासका अनुसार बालबालिकाप्रति सकारात्मक र नकारात्मक दुइटै धारणा राख्ने मान्छे भेटिए ।
बालबालिका रुचाउनुको सकारात्मक कारण थियो- बच्चालाई काखमा बोक्नु, उसको देखभाल गर्नु, उसका खेलौना वा कपडाको चिन्ता आदि । नरुचाउनुको कारण थियो- बालबालिको रुवाइ, उनी दिसापिसाब सफा गर्ने टेन्सन आदि । तेस्रो पाटो बच्चा हुनासाथ उसको शिक्षा, करिअर, धन र सामाजिक जीवनसँग जोडिएको थियो । रसायन कमीले चिढिन्छन् पुरुष बि्रटिस वैज्ञानिकहरूका अनुसार पुरुषमा चिढिने बानी मस्तिष्कमा पाइने एक प्रकारको रसायनको अभावले विकसित हुन्छ । उनीहरूले केही पुरुष किन आवेशमा आएर तुरुन्त निर्णय लिन्छन् भन्ने समेत अध्ययन गरे । त्यसले के देखायो भने आवेशमा रहने पुरुषको मस्तिष्कमा गाबा (जिएबिए) नामक रसायन अनुपस्थित हुन्छ ।
यो रसायनको काम मस्तिष्कको कोषिकालाई सूचना पठाउनुहुन्छ । कार्डिफ विश्वविद्यालयका केही विद्यार्थीको निर्णय लिने परिस्थितिमा निरीक्षण गरियो र त्यही समयमा उनीहरूको मस्तिष्कको गतिविधिलाई समेत नापियो । परिणाम के पाइयो भने मस्तिष्कको गतिविधि कम हुनेहरूमा तुरुन्त निर्णय लिने सम्भावना धेरै बढी थियो । अध्ययनकर्ता प|mेडरिक ब्वाई भन्छन्, 'पुरुषलाई आवेग नियन्त्रण राख्न किन कठिनाइ हुन्छ भन्नेबारे खोजी गरिसकेका छौं ।'
सुन्दर चिजले पक्कै पनि सबैलाई लोभ्याउँछ । तपाईं सुन्दर अनुहारको राम्रो साथीको खोजीमा हुनुहुन्छ भने अब ध्यान दिनुहोला किनकि एउटा नयाँ अनुसन्धानले सुन्दरतालाई स्वार्थीपनसँग जोडेको छ । बि्रटेनको एडिनबर्ग विश्वविद्यालयले गरेको एक अनुसन्धानले अनुहारको सुन्दरताबाट मानिसको पहिचान गर्न सकिने यस्तो दाबी गरेको हो । अनुसन्धान अनुसार व्यक्ति जति सुन्दर हुन्छ ऊ त्यति नै स्वार्थी पनि हुन्छ । यति मात्र होइन, ऊ कसैको सहयोगमा समेत विश्वास राख्दैन तर कम सुन्दर मानिस सहयोग गर्न सदैव तत्पर रहन्छ । अनुसन्धानले राम्रो साथीको खोजी गर्दा उसको हाउभाउ र व्यवहारमा समेत ध्यान दिनुपर्ने बताएको छ ।
अनुसन्धानका क्रममा ८३ वर्ष उमेर समूहसम्मका २ सय ९२ व्यक्तिको अनुहार अध्ययन गरिएको थियो । अध्ययनमा अनुहारको मुख्यतः १५ वटा विशेषतामा ध्यान दिइयो । यसअन्तर्गत आँखा, मुख नाक र कानको स्थितिलाई सामेल गरिएको थियो । उनीहरूको अनुहारमा यी पक्षको उपयुक्त सामाञ्जस्य पाइएको थिएन । जसको अनुहारमा विषमता पाइयो उनीहरूको जीवन संघर्षपूर्ण रहेको र बाल्यकाल अप्ठ्यारोमा व्यतीत भएको थियो ।
आकर्षक देखिने व्यक्तिहरू आफनो बारेमा मात्रै सोच्ने गरेको अनुसन्धानको दाबी छ । अनुसन्धानको यस्तो दाबी 'पि्रजनर्स डेलीमा' मोडेलमा आधारित छ । यसमा प्रत्येक खेलाडीलाई बाज र परेवा हुने मौका दिइन्छ । अनुसन्धानमा हरेक व्यक्ति आपmनो सुन्दर शरीरको कामना गर्छ ताकि फिट रहन सकियोस् ।

No comments:
Post a Comment