३२ बर्षीया बेलायती महिला नाओमी ज्याकोब्सेलाई आफु भर्खरै हाइस्कुल पढ्दै गरेकी १५ बर्षीया किशोरी जस्तो लाग्छ, तर, जव उनी ऐना अगाडी पुगेर हेर्छिन तव चाउरी परेको अनुहार देख्छिन, अनि एक ११ बर्षीय कालो केटो मम्मी भन्छ ।
नाओमी पटक्कै बिश्वास गर्दिनन कि आफु ३२ बर्षीया अधवैंसे भइसकें भनेर । आफ्नो दिमाग र वास्तविकतावीचको यो अन्तर देखेर उनी रातभर रुन्छिन, स्कुल जाने रहर गर्छिन र आफुलाई मन परेकी प्रेमीसँग जीवन बिताउने कल्पना गर्छिन् ।
एम्नेसिया अर्थात बिर्सने रोगबाट ग्रसित नाओमी ज्याकोब्से नामकी बेलायती महिलाले बिगत १७ वर्षमा घटेको आफ्नो जीवनको घटनाक्रम सबै बिर्सिएकी छिन् । ३२ वर्षीया आमा नाओमीले एक बिहान उठ्दा आफू अझै १५ वर्ष नै भएको महसुस भएको बताइन् । १९९२ पछिका सबै कुराहरु भुलेकी नाओमीले आफ्नो छोरो छ भन्ने कुरा समेत बिर्सिएकी थिइन् । वर्ष २००८ मा जीवन ग्रुजिरहेको भए पनि उनले जीसीएससी परिक्षा दिइरहेको महसुस गरेकी थिइन् । केहि दिन अघि उनले एउटा अनौठो ब्यबहार देखाइन् । घटनामा एक अन्जान सानो बालकले ‘मम्मी’ भनेर बोलाउदा उनी निकै चिच्याएकी थिइन् ।
पहिले–अहिले
‘जब म ब्युझिए, सानो केटालाई देखें । उसले मलाई मम्मी भनेर बोलायो । त्यसैबीच, म चिच्याउन थाले । मलाई थाहै भएन उ को थियो भनेर । त्यसबेला मलाई उ धेरै उमेरले जवान भएको जस्तो पनि लागेन । साच्चै भन्दा उसलाई जन्म दिएको याद पनि मलाई छैन,’ नाओमीले आफ्नो बिगत केलाउँदै भनिन् ।
हाल म्यान्चेस्टरमा ११ वर्षीया छोरा लियोसँग बस्दै आएकी नाओमीले अझै पनि स्कुलमै रहेको जस्तो भान हुने खुलासा गरिन् । ऐनामा आफ्नै रुप हेर्दा चाउरी परेको अनुहार देखेपछि उनीभित्र जीवनदेखिको भय बढ्यो । अचम्मको कुरा के छ भने उनीलाई १९९२ मा जीसीएससी परिक्षाको तयारी गरेको भान हुन्थ्यो जबकि उनी २००८ मा आफ्नो जीवन ब्यतित गरिरहेकी थिइन् । ‘म १५ वर्षे बोल्ड, सबैकुरा जान्ने केटीको रुपमा निदाए’ नाओमी भन्छिन्-’अनि ३२ वर्षमा काउन्सील हाउसमा मम्मी भएर ब्युतिए ।’ आफ्नो स्कुलको एक सानो केटाको बारेमा सोच्दै सानो बेडमा ढल्केको घटना नै अन्तिम स्मरण भएको उनले बताइन् ।
एक अर्को प्रसङ्गमा जोन मेजर प्रधानमन्त्री र जर्ज बुश सिनियर अझै राष्ट्रपति हुन् भन्ने आफ्नो दिमागमा रहेको नाओमीले बताइन् । अत्याधिक तनाबका कारण आफ्नो स्मरण गुमाएकी ३५ वषर्ीया नाओमीलाई फेसबुक, गुगल र युट्युब काल्पनिक लाग्ने बताइन् । रोगले चाप्दाका बखत उनी छोराको पनि हेरचाह गदैै मनोबिज्ञान विषयमा डिग्री लिन अध्ययनरत थिइन् । उनको स्मरणको ‘एपिसोडिक’ भागले काम नगरेपछि उनले सबै भावनात्मक यादहरु बिर्सेकी थिइन् । खुसीको कुरा के छ भने ‘सिमान्टिक’ भाग स्वस्थ रहेकै कारण छोरा लियो, कार चलाउनेलगायत अन्य कुराहरु सम्झने उनमा क्षमता यथावत रहेको छ । बिगत १७ वर्षसम्म साथीभाई, आफन्त, जर्नल, डायरीको सहयोगमा उनले गुमाएको स्मरण पुनः प्राप्त गर्दैछिन् ।
‘म तीन छक परेँ जब मलाई थाहा भयो कि म मम्मी भइसकेको थिएँ । अनि थोत्रो फिएट कार राम्रै चलाइ रहेको थिए,’ नाओमीले भनिन-’मेरो बेस्ट फ्रेण्ड र दिदीले मेरो सञ्चारको सबै काम गरिदिन्थे । मोबाइल र इमेल प्रयोग गर्ने ज्ञान मैले बिर्सेको थिए । सुरुको केहि महिनामा त म को हुँ भन्ने बारेमा निकै घोत्लिए । रातमा स्कुल जाने चाहनासहित म रुन्थे र जागै रहन्थें । तर विस्तारै यसमा म बानी पर्दै गएँ ।’
गुमाएको आफ्नो पुरै याद अहिले पुनः प्राप्त गरेकी नाओमीलाई त्यो कहालीलाग्दो बिगत सम्झदा निकै उदेक लाग्छ । ‘त्यो दिनहरु सम्झदा कत्ति पनि रमाइलो महसुस हुदैन’ नाओमीले खुसी मुद्रामा भनिन्-’अनगिन्ति सम्भावनाहरु भएको संसारमा म निदाएकी थिएँ र एउटा नराम्रो सपनाबाट ब्युझिएकी छु ।’

No comments:
Post a Comment