Wednesday, August 31, 2011

युवा महिला म्यानेजरले पुरुषको भन्दा बढी तलब पाउन थाले


एक दशकयता महिला शिक्षामा हासिल गरेको उपलब्धिका कारण युवा महिलाले बढी कमाउन थालेका छन्

बि्रटेनमा युवा महिला म्यानेजरले पुरुषको भन्दा बढी तलब पाउन थालेको सर्वेक्षणले देखाएको छ । मंगलबार सार्वजनिक भएको सर्वेक्षणको प्रतिवेदनअनुसार युवा महिला म्यानेजरको वाषिर्क तलब २१ हजार नौ सय ६९ पाउन्ड रहेको छ । यो तलब उही उमेर समूहका पुरुष म्यानेजरको भन्दा करिब ६ सय पाउन्ड बढी हो । 
तर, चार्टर्ड म्यानेजमेन्ट इन्स्िटच्युटका अनुसार सबै समूहका महिला म्यानेजरको हिसाब गर्दा भने अहिले पनि महिलाले पुरुषको तुलनामा २५ प्रतिशत कम तलब पाउँछन् । सर्वर्ेक्षण करिब ३४ हजार म्यानेजरमा गरिएको थियो । यसैगरी, सर्वेक्षणमा तलबमा भेदभावसम्बन्धी सरकारी तथ्यांकको पनि प्रयोग गरिएको थियो । 
सर्वेक्षणअनुसार गत वर्ष २० नाघेका फुलटाइम काम गर्ने महिला म्यानेजरले आफ्नै उमेर समूहका पुरुषले भन्दा २.१ प्रतिशत बढी कमाएका थिए । एक दशकभन्दा बढीदेखि महिला शिक्षामा हासिल गरेको उपलब्धिका कारण युवा महिला म्यानेजरले पुरुषको भन्दा बढी कमाउन सफल भएको सर्वेक्षणकर्ताले बताएका छन् । 
तर, पुरुष कार्यकारी प्रमुखले महिलाको तुलनामा वाषिर्क रूपमा दश हजार पाउन्ड बढी कमाउने गरेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा करिब ३५ हजार कार्यकारी प्रमुखको तलबको अध्ययन गरिएको थियो । पुरुष र महिला कार्यकारी प्रमुखबीचको पारिश्रमिकको खाडल गत वर्षभन्दा यो वर्ष ५ सय पाउन्ड बढी भएको छ । महिला कार्यकारी प्रमुखको तलब पनि पुरुषको तुलनामा बढी रहेको छ । महिला कार्यकारी प्रमुखको तलब यही दरमा बढेको खण्डमा अबको सय वर्षमा मात्र महिला र पुरुषको तलब समान हुने चार्टर्ड म्यानेजमेन्ट इन्स्िटच्युटले बताएको छ । 
तर, निम्नस्तरका महिला कार्यकारी निर्देशकको हकमा भने पुरुषको तुलनामा महिलाले केही बढी कमाएको देखिएको छ । 
चार्टर्ड म्यानेजमेन्टका पोलिसी तथा रिसर्च निर्देशक पेर्टा विल्टन भन्छिन्, 'निम्नस्तरका महिला निर्देशकले पुरुष सहकर्मीबराबर कमाउँदा हामी खुसी भएका छौँ । तर, यस वर्षको सर्वेक्षणअनुसार निजी व्यापारिक संस्थाले महिला र पुरुषबीचको तलबको भेदभाव बढाइराख्न सहयोग गरेको देखिएको छ । पुरुष कार्यकारी प्रमुखलाई बढी तलब दिँदा सम्भावित महिला क्षमता एक्लिएको छ ।' 
यस्तो भेदभावपूर्ण व्यवस्थापनले बि्रटिस बिजनेसलाई नराम्रो असर गरेको पनि उनले बताइन् । यस्तो भेदभाव हटाउन सबैले पहल गर्नुपर्ने पनि पेर्टाले बताइन् ।

No comments:

Post a Comment