Thursday, August 4, 2011
सर्वाधिक कामुक सय जना सुन्दरीको सूची सार्वजनिक
बेलायती अनलाइन पत्रिका एफएचएमले सर्वाधिक कामुक सय जना सुन्दरीको सूची सार्वजनिक गरेको छ, जसअन्तर्गत गत वर्ष यो सूचीको पहिलो स्थानमा रहेकी चेरिल कोल लगातार दोस्रो वर्षमा पनि आफूलाई सर्वाधिक कामुक सुन्दरीको सूचीको पहिलो स्थानमा राख्न सफल भएकी छिन् । 'द गल्र्स एलाउड' सांगीतिक समूहकी प्रसिद्ध गायिका, मोडल एवं कार्यक्रम एक्स फ्याक्टरको बेलायती संस्करणकी निर्णायक २६ वर्षीया चेरिलले अभिनेत्री मेगान फक्स तथा बिकिनी मोडल मारिसा मिलरालाई पछि पार्दै यसपटक पनि सर्वाधिक कामुक सुन्दरीको सूचीमा आफूलाई अग्रस्थानमा उभ्याएकी हुन् । यो सफलतासँगै चेरिल यो सूचीको पहिलो स्थानमा लगातार दुई पटक रहन सफल पहिलो बेलायती सुन्दरी बनेकी छिन् । यसअघि एफएचएमको सर्वाधिक कामुक सुन्दरीको सूचीको पहिलो स्थानमा बेलायती बालाहरू केली ब्रुक तथा कियारा नाइट्लीले आफ्नो स्थान बनाएका थिए । बेलायती सुन्दरीहरूमा यस पटक चेरिल कोलबाहेक अन्य चार जना बेलायती सुन्दरीको पनि उपस्थिति छ । यो सूचीको चौथो र पाँचौं स्थानमा क्रमशः फ्राङ्की स्यान्डफोर्ड तथा किली ह्याजल छन् । सांगीतिक सूमह 'द स्याटरडेज' की हट एन्ड डिजायरेबल गायिका स्यान्डफोर्ड गत वर्ष यो सूचीको १३ औं स्थानमा थिइन् । गुगलमा सबैभन्दा बढी सर्च गरिने २१ बर्षिया किली ह्याजेल लगातार सर्वाधिक कामुक सुन्दरीको सूचीमा पाँचौं स्थानमा रहन सफल भएकी हुन् । अर्की बेलायती सुन्दरी केली ब्रुक यो सूचीमा आफ्नो स्थानमा सुधार ल्याउँदै गत वर्षको ४८ औं स्थानबाट सातौं स्थानमा पुगेकी छिन् । यसैगरी बे लायती मोडल एब्बी क्लान्सीले पनि आफूलाई यो सूचीको टपटेनभित्र राखेकी छिन् । गत वर्ष १२ औं स्थानमा रहेकी एब्बीको सुन्दरताले यस पटक दसौं स्थानमा आफ्नो जादु छरेको छ । हलिउड चलचित्र 'ट्रान्सर्फमर'की नायिका २३ बर्षिय मेगान फक्स गत वर्षझैं यसपटक पनि एफएचएम सर्वाधिक कामुक सुन्दरीको सूचीको दोस्रो स्थानमा छिन् । फक्स अर्मानीको लिङ्गेरी गर्लका रूपमा पनि परिचित छिन् । स्पोर्ट्स इलस्ट्रेटेड स्वीम सुट प्रकाशनमा लगातार सन् २००२ देखि छाइरहेकी अमेरिकी मोडल मारिशा मिलर यस पटक सूचीको तेस्रो स्थानमा छिन् । टमी हिल फाइगर, भिक्टोरियाज सिक्रे टलगायतका क्याम्पेनमा मोडलिङ गरिसकेकी मारिशा गत वर्ष यो सूचीअन्तर्गत ४२ औं स्थानमा थिइन् । एफएचएम सर्वाधिक कामुक सुन्दरीको सूचीमा न्यू इन्ट्रीका रूपमा एकैपटक टप टेनभित्र पर्न सफल भएकी छिन्— अभिनेत्री क्रिस्टन स्टेवार्ट । थि्रलर चलचित्र 'ट्वाइलाइट' की यी अभिनेत्रीले यो सूचीको छैटौं स्थानमा सीधा इन्ट्री गरेकी हुन् । गत वर्ष छैटौं स्थानमा रहेकी भिक्टोरियाज सिक्रेट अन्डरवेयर मोडल एडि्रयाना लिमा यस पटक आठौं स्थानमा झरेकी छिन् । यसैगरी अभिनत्री जेसिका अल्बा पनि ओरालो लागेकी छिन् । उनी गत वर्षको तेस्रो स्थानबाट नवौं स्थानमा पुगेकी छिन् । अनलाइन भोटिङका आधारमा तय गरिने कामुक सुन्दरीहरूको यो सूचीअन्तर्गत कैयन् चर्चित नाम टपटेनभित्र परेका छैनन् । स्कारलेट जोन्सन, केट, बेकिन्सेल, चार्लिज थेरोनको सुन्दरता यो सूचीको क्रमशः २३ औं, ४१ औं र ५६ औं स्थानमा छ । गत वर्ष नवौं स्थानमा रहेकी स्लमडग मिलेनियर बाला फ्रीडा पिन्टो आश्चर्यजनक ढंगबाट यसपटक सूचीको पुछारमा अर्थात् ९७ औं स्थानमा पुगेकी छिन् । एक-अर्काका प्रतिस्पर्धी तर चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली तथा जेनिफर एनिस्टन पनि टप फिफ्टीभन्दा तल छन् । जोली ७० औं स्थानमा छिन् भने जेनिफर ८१ औं स्थानमा छिन् । यो सूचीमा समेटिएका गायिकाहरूमध्ये रिहाना ४३ औं स्थानमा छिन् । रिहानापछि एक स्थान तल अर्थात् ४४ औं स्थानमा बि्रट्नी स्पेयर्स छिन् । बियोन्से नोभेल भने ६४ औं स्थानमा छिन् । शाकिराको उपस्थिति ७९ औं स्थानमा छ । फुटबलर ग्यारी लिनेकरकी श्रीमती डानिएली लिनेकरले एफएचएमको सर्वाधिक कामुक सुन्दरीका रूपमा ८७ औं स्थान पाएकी छिन् भने गल्फर टाइगर उडकी पूर्वश्रीमती एलिन नडेग्रेन यो सूचीको ६५ औं स्थानमा छिन् । कामुक सुन्दरीहरूको सूचीअन्तर्गत यसपटक बेबाच गर्ल पामेला एन्डरसन, अभिनेत्री पेरिस हिल्टन, जेम्स बन्ड गर्ल हेली बेरी, टेनिस सुन्दरी मारिया सारापोभा, अन्ना कोर्निकोभा, गायिकाहरू क्रिस्टिना, एङ्ग्विलेरा, कार्मेन इलेक्ट्रा तथा म्याडोनाको कामुक सौन्दर्यले यसपटक आफ्नो जादु चलाउन सकेन, अतः उनीहरू यो सूचीबाट बाहिरिएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment