सम्भोगका बेला महिलाले आवाज कतिबेला निकाल्छिन् ? सायद सबैले दिने उत्तर एउटै हुनसक्छ, जब उनी चरमोत्कर्षमा पुग्छिन् । तर हालैको एक अनुसन्धानले भने महिलाले आफ्नो चरमोत्कर्षमा नभै पुरुषको चरमोत्कर्षका बेला आवाज निकाल्ने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतको सेन्ट्रल लंकासायर विश्वविद्यालयको अनुसन्धानकर्ताहरुले महिलाले सम्भोगको आवाज (कपुलेटरी भोकलाइजेसन) आफ्नो चरमोत्कर्षको केही अघि अर्थात् सेक्स पार्टनरको चरमोत्कर्षको बेला निकाल्ने निष्कर्ष निकालेका हुन् ।
अध्ययनका क्रममा २२ वर्षको हाराहारीका महिलाहरुलाई उनीहरुको यौनव्यवहार र सम्पर्कका बेला निकाल्ने आवाजको विषयमा प्रश्न सोधिएको थियो । त्यसक्रममा महिलाहरुले आफ्नो सेक्स पार्टनरलाई बढि मज्जा आएका बेला आफुहरुले आवाज निकाल्ने गरेको बताए । अनुसन्धानकर्ता डाक्टर जोहन ग्रोहलले भनेका छन्, -’सम्भोगका बेला महिलाहरु आफुले पाएको आनन्दका कारण होइन आफ्नो पार्टनरलाई अझ बढि आनन्द प्राप्त होस् भनेर आवाज निकाल्छन् ।
‘ पछिल्लो अध्ययनबाट प्राप्त नतिजाले महिलाको चरमोत्कर्षको समय पत्ता लगाउन पनि सहयोग पुग्ने विज्ञहरु बताउाछन् । सम्भोगका बेला महिलाले निकाल्ने आवाजबाट थाहा हुन्छ कि उनी अब छिट्टै चरमोत्कर्षमा पुग्दैछिन् ।

No comments:
Post a Comment