Tuesday, August 2, 2011

शारीरिक सम्बन्ध विनाको प्रेम साँचो अर्थामा अमर रहन्छ

विवाहपछि सेक्सले सामाजिक बैधानिकता प्राप्त गर्दछ । त्यसैले विवाहलाई सेक्सको सामाजिक लाईसेन्सको रुपमा लिईर्न्छ । तपाईलाईर् लाग्न सक्छ की सेक्सले वैवाहिक सम्बन्ध सुमधुर हुन्छ । तर यो कुरा हालै सम्पन्न एक अनुसन्धानले गलत भएको सावित गरेको छ ।
डेटीङ सर्भिस पार्सिप विषेशज्ञ पार्ल हार्लको डेली मेलमा छापिएको रिर्पोटका अनुसार शारीरिक सम्बन्ध विनाको प्रेम साँचो अर्थामा अमर रहन्छ । उनले भने-’आजैबाट आफ्नो श्रीमान् वा श्रीमतीसँग भावनात्मक सम्बन्ध गाँस्न सुरु गरौं’ । विषेशज्ञहरुको भनाई अनुसार भावनात्मक सम्बन्ध, संगसंगै हिडडुल, आलिंगन, र अंगालोमा बाँधिएरपनि सम्बन्धलाई सेक्सभन्दा ज्यादा प्रभावकारी बनाउन सकिन्छ । सेक्समा आधारित वैवाहिक सम्बन्ध सदैंव जोखिममा रहन्छ ।
हार्लका अनुसार अंगालोमा बाँधिंदा शरिरमा आक्सीटोसिन नामक हार्मोन उत्पादन हुन्छ । जसले शरिरमा आनन्दको अनुभुति गराउने हुनाले यसलाई वैवाहिक जिवनको उत्तम माध्यमको रुपमा लिईन्छ ।

No comments:

Post a Comment