Wednesday, August 31, 2011

महिलाका रौँ खौरिँदा पानीको सत्यनाश

एउटा पुरुषले दाह्री जुँगा खौरिँदा कति पानी उपयोग गर्छ होला ? अवश्य पनि निकै कम। एकचोटीमा एकदुइ लिटर।महिलाको त दाह्री जुँगा नै नआउने त्यसैले दाह्री खौरिँदा पानी सकिने कुरै आएन।त्यसैले महिला मित्रहरु यहीँ कुरालाई समातेर पुरुषलाई पानीको खर्चालु भनेर आरोप लगाउनुहुन्छ होला ।
तर अब फुर्ति नलगाए हुन्छ ।अनुहारमा दाह्रीजुँगा नआएपनि अरु ठाउँका रौँ खौरिँदा महिलाले पुरुषले भन्दा कैयौँ गुणा पानीको नोक्सान गर्ने गरेको तथ्य हालै सार्वजनिक भएको छ । बेलायतमा गरिएको अध्ययनका अनुसार त्यहाँ महिलाले खुट्टाका रौँ खौरिँदा वर्षेनी करोडौँ लिटर पानी खर्च हुनेगर्छ।पानी वितरक सस्था थेम्स वाटरका अनुसार बेलायतका महिलाले खुट्टाका रौँ खौरिँदा मात्र वर्षको ५० अर्व लिटर पानी खर्च गर्छन् । बेलायतभरीका महिलाले सरिरका रौँ खौरिँदा यति धेरै पानी खर्च गर्छन् की त्यसले पूरै लण्डन सहरका बासिन्दालाई एक महिनाभरी उपयोग गर्न पुग्छ।
वास्तवमा तीनमा एक जना महिलाले रौँ खौरिँदा नभ्याउन्जेल धारा बन्द नगर्ने गरेकाले पानी बढि खपत हुने गरेको थेम्स वाटरको भनाइ छ । यसो गर्दा महिलाले प्रति मिनेट १० लिटर पानी नोक्सान गर्दा रहेछन् । यसरी दुबै तिघ्राका रौँ खौरिँदा औषतमा तीन मिनेट लाग्ने र हप्तामा तीन चोटीका दरले हिसाब गर्दा एउटी महिलाले वर्षमा रौँ खौरिनका लागि मात्र ४ हजार ६ सय ८० लिटर पानी खर्च गर्ने बताइएको छ । थेम्सले रौँ खौरिँने बेला धारा खुलै नछाड्न र पखाल्ने बेलामा मात्र धारा खोल्न महिलालाई आग्रह गरेको छ । हामीले महिलालाई रौँ खौरिनु हुँदैन भनेका छैनौँ, खौरिने कार्य गर्दा पानीको बढि नोक्सान नगरौँ मात्र भनेका छौँ , थेम्स वाटरका प्रवक्ता सिमोस इभान्सले भनेका छन् ।

No comments:

Post a Comment