Monday, August 15, 2011

गीतले यौन चाहना बढ्ने


एक अध्ययनका अनुसार अपमानजनक गालीगलौज तथा यौन सन्दर्भ भएका गीत मन पराउने किशोर-किशोरीहरु उमेर पूर्व यौन कार्यमा संलग्न हुने देखिएको छ।"यो अध्ययनले बताउछ कि, चर्चित गीतका शब्दहरुमा गालीगलौज र यौन सम्बन्धी शब्दहरु प्रयोग हुनुले किशोरहरुको यौन व्यबहारमा उच्च प्रभाब पार्छ।" युनीभर्सीटी अफ पिटर्स्बर्ग स्कुल अफ मेडिसिन का स्वास्थ्य बिषयका अनुसन्धानकर्ता ब्रायन ए प्रिम्याक ले भने।७११ जना नौ कक्षाका छात्र छात्रामा उक्त सर्भे गरिएको थियो। प्रत्येकलाई हरेक हप्ता १४ घण्टा गालीगलौज र यौन-बर्णन गरिएको गीतहरु सुनाइएको थियो। सर्भेमा भाग लिनुपुर्ब उनिहरुमध्ये एक तिहाइले सेक्स गर्ने गरेको बताएका थिए।सर्भे पछी जो जसले गालीगलौज र यौन सम्बन्धित गीत हरु सुने, उनिहरुको यौन संपर्क गर्ने सम्भाबना अरुको भन्दा दोब्बर भएको पाइएको थियो।अत: उक्त सर्भेले मिडियामा त्यस्ता गालीगलौज र यौन सम्बन्धित शब्दहरुको प्रयोग युबाहरुले कम उमेरमा सेक्स गर्ने कुराको कारक भएको निस्कर्श निकालेको थियो

No comments:

Post a Comment