अहिले निकै चर्चामा रहेका हिरोइनहरू ग्रहदशा, चिना, हस्तरेखा हेराउनेदेखि 'दिन सपार्न' पूजापाठसम्म गर्छन्, मन्दिर धाउँछन् । त्यति मात्रै होइन, ज्योतिषीको सल्लाहअनुसारका पत्थरवाला औंठी, बुटी लगाउने र उपवाससम्म बस्ने गर्छन् ।
फिल्ममा देख्दा म जति आधुनिक छु, भित्र निकै पारम्परिक, संस्कारित र आस्तिक छु, भगवान्प्रति निकै आस्था राख्छुः रेखा थापा
साउने सोमबारमा म लाइन बसेरै भए पनि पशुपतिनाथको दर्शन गर्छुः झरना थापा
नायिका रेखा थापा साउने सोमबारको व्रत बस्ने गर्छिन् । सानैदेखि व्रत बस्ने गरेको भए पनि पछि परिस्थिति अनुकूल नभएकाले चाहेर पनि व्रत बस्न नसकेको गुनासो छ उनको । तर, साउने सोमबार भने उनी नियमित बार्ने गर्छिन् । रेखा साउने सोमबारको व्रत बस्न थालेको पाँच वर्ष भयो । साउनभरि उनी माछामासु खान्नन् । शिव भगवान्को आराधना गर्छिन् ।
नेपाली फिल्म उद्योगमा धर्मकर्म, पूजापाठ, ध्यान, जप तथा व्रतमा सबैभन्दा बढी विश्वास गर्ने नायिकामा पर्छिन् सञ्चिता लुइँटेल । आठ महिनाकी गर्भवती सञ्चिताले यसपटक भने साउनको व्रत लिएकी छैनन् । उनी गणेश भगवान् निकै मान्छिन् । धेरै वर्षदेखि उनले हरेक मंगलबार गणेशको व्रत लिँदै आएकी थिइन् । 'मलाई भगवान्प्रति निकै विश्वास छ,' सञ्चिता भन्छिन्, 'पहिला हरेक साउनमा व्रत बस्थेँ तर यसपालि मिलेन । तिजको व्रत त सानैदेखि बस्दै आएकी हुँ । तिजको व्रतमा पानीसम्म पनि पिउने गर्दिनँ ।' उनी मन्दिर पनि निकै जान्छिन् । सात महिना लागेपछि देउतालाई छुन नहुने भन्ने हिन्दू संस्कारका कारण अचेल उनी मन्दिर गएकी छैनन् । ६ वर्ष पहिला एक महिनासम्म कालीमाताको व्रत लिएकी उनी मुम्बई बस्दा हरेक शुक्रबार महालक्ष्मीको व्रत बस्ने गर्थिन् । गणेश भगवान्को २१ हप्ताको व्रत पूरा गरेकी सञ्चिता शनिको व्रत पनि बस्ने गर्छिन् । 'व्रत बस्दा बेग्लै आनन्द हुन्छ,' व्रतानुभव सुनाउँदै उनी भन्छिन्, 'मनमा खराब विचार आउनै पाउँदैन । मन स्थिर हुन्छ । दिमागमा सकारात्मक सोच मात्र आउँछ । हरेक कुरामा सन्तुष्टि मिल्छ ।'
फिल्ममा देख्दा म जति आधुनिक छु, भित्र निकै पारम्परिक, संस्कारित र आस्तिक छु, भगवान्प्रति निकै आस्था राख्छुः रेखा थापा
हरेक दिन घरमा भजन गाउँदै पूजा गर्छु । मलाई ग्रहदशामा पनि निकै विश्वास छः सुष्मा कार्की
मनुष्य चोला ईश्वरको कृपा भएकाले हरेक मान्छे ईश्वर प्राप्तिमा लाग्नुपर्छः पूजना प्रधान
साउने सोमबारमा म लाइन बसेरै भए पनि पशुपतिनाथको दर्शन गर्छुः झरना थापामलाई भगवान्प्रति निकै विश्वास छ, गर्भवती भएकीले यसपालि व्रतबस्न पाइनँ: सञ्चिता लुइँटेल
फिल्मको पर्दामा अत्याधुनिक युवतीको भूमिकामा देखापर्ने नेपाली हिरोइन वास्तविक जीवनमा भने निकै धार्मिक, पारम्परिक र रुढीवादी छन् । 'रिल'मा धर्मकर्म, व्रत, हवन, छोइछिटो, पूजापाठ, धार्मिक विभेदका घटनालाई 'रुढीवादी अन्धविश्वास' भनेर अभिनय गरे पनि 'रियल'मा भने उनीहरू ईश्वर, व्रत र राशिफलसम्ममा गहिरो विश्वास गर्छन् ।
अहिले निकै चर्चामा रहेका हिरोइनहरू ग्रहदशा, चिना, हस्तरेखा हेराउनेदेखि 'दिन सपार्न' पूजापाठसम्म गर्छन्, मन्दिर धाउँछन् । त्यति मात्रै होइन, ज्योतिषीको सल्लाहअनुसार पत्थरवाला औंठी, बुटी लगाउने र उपवाससम्म बस्ने गर्छन् नेपाली हिरोइनहरू । ठीक यतिवेला पनि अधिकांश हिरोइन साउने-व्रत बसिरहेका छन्, हरिया चुरा लगाइरहेका छन् र मेहन्दीले हात रंगाइरहेका छन् । हरेक छाकमा माछामासु चाहिने र मदिराको प्यालाविना निदाउन नसक्नेसम्मका हिरोइन पनि एक महिनाका लागि शुद्ध शाकाहारी भएका छन् ।
नायिका रेखा थापा साउने सोमबारको व्रत बस्ने गर्छिन् । सानैदेखि व्रत बस्ने गरेको भए पनि पछि परिस्थिति अनुकूल नभएकाले चाहेर पनि व्रत बस्न नसकेको गुनासो छ उनको । तर, साउने सोमबार भने उनी नियमित बार्ने गर्छिन् । रेखा साउने सोमबारको व्रत बस्न थालेको पाँच वर्ष भयो । साउनभरि उनी माछामासु खान्नन् । शिव भगवान्को आराधना गर्छिन् । 'अन्दाज' फिल्मको सुटिङका लागि जोमसोम पुगेकी रेखा यसपालिको साउनमा मुक्तिनाथको दर्शन गर्न पाएकोमा खुसीले पुलकित छिन् । 'कस्तो अचम्म, पोहोर साउनमा म जोमसोम थिएँ, यसपालि पनि साउने सोमबारमै मुक्तिनाथको दर्शन गर्ने मौका पाएकी छु,' रेखाले भनिन्, 'हरेक कुरा मिल्दै आएको छ, यो सबै ईश्वरको कृपा हो ।' रेखा हरेक दिन घरमा पूजा गर्छिन् । गुह्येश्वरी र पशुपतिनाथ दर्शन गरिरहने उनी प्रत्येक शनिबार संकटा, महांकाल र स्वयम्भू दर्शन गर्न जाने बताउँछिन् । 'बाहिर र फिल्ममा देख्दा म जत्तिको आधुनिक छु, भित्र त्यस्ती छैन,' रेखा भन्छिन्, 'म निकै पारम्परिक, संस्कारित र आस्तिक छु । भगवान्प्रति निकै आस्थावान् छु ।'
झरना थापा पनि निकै धार्मिक प्रवृत्तिकी नायिका हुन् । उनी हरेक दिन पूजाआजा गर्छिन् । वेलामौकामा तीर्थयात्रा पनि जाने गरेकी छिन् । बिहेपछि साउने सोमबारको व्रत बस्दै आएको बताउने उनले यसपालि पनि शिव आराधना गरिरहेकी छिन् । 'यसपालि साउनमा पाँचवटा सोमबार परेका छन् । यो एक महिना माछामासु बार्दै आइरहेकी छु,' साउने सोमबारमा लाइनमै बसेर भए पनि पशुपतिनाथको दर्शन गर्ने गरेको बताउँदै उनी भन्छिन्, 'म वेलावेलामा पशुपति दर्शन गर्न गइरहन्छु । साउने सोमबार त लाइन बसेरै भए पनि दर्शन गर्ने गरेकी छु ।' बच्चैदेखि तिजको व्रत बस्दै आइरहेकी झरना दिनभरि व्रत बसेर साँझ पहिले भगवान् र त्यसपछि पतिको पूजा गरेपछि मात्रै खाना खान्छिन् ।
नेपाली फिल्म उद्योगमा धर्मकर्म, पूजापाठ, ध्यान, जप तथा व्रतमा सबैभन्दा बढी विश्वास गर्ने नायिकामा पर्छिन् सञ्चिता लुइँटेल । आठ महिनाकी गर्भवती सञ्चिताले यसपटक भने साउनको व्रत लिएकी छैनन् । उनी गणेश भगवान् निकै मान्छिन् । धेरै वर्षदेखि उनले हरेक मंगलबार गणेशको व्रत लिँदै आएकी थिइन् । 'मलाई भगवान्प्रति निकै विश्वास छ,' सञ्चिता भन्छिन्, 'पहिला हरेक साउनमा व्रत बस्थेँ तर यसपालि मिलेन । तिजको व्रत त सानैदेखि बस्दै आएकी हुँ । तिजको व्रतमा पानीसम्म पनि पिउने गर्दिनँ ।' उनी मन्दिर पनि निकै जान्छिन् । सात महिना लागेपछि देउतालाई छुन नहुने भन्ने हिन्दू संस्कारका कारण अचेल उनी मन्दिर गएकी छैनन् । ६ वर्ष पहिला एक महिनासम्म कालीमाताको व्रत लिएकी उनी मुम्बई बस्दा हरेक शुक्रबार महालक्ष्मीको व्रत बस्ने गर्थिन् । गणेश भगवान्को २१ हप्ताको व्रत पूरा गरेकी सञ्चिता शनिको व्रत पनि बस्ने गर्छिन् । 'व्रत बस्दा बेग्लै आनन्द हुन्छ,' व्रतानुभव सुनाउँदै उनी भन्छिन्, 'मनमा खराब विचार आउनै पाउँदैन । मन स्थिर हुन्छ । दिमागमा सकारात्मक सोच मात्र आउँछ । हरेक कुरामा सन्तुष्टि मिल्छ ।' अहिले गर्भवती रहेकी अर्की नायिका अरुणिमा लम्साल पनि भगवान्प्रति आस्था राख्छिन् । तर, पूजापाठ, तीर्थ-व्रतमा भने खासै चासो नलाग्ने बताउँछिन् । प्लस टु पढ्दा हप्तामा तीन दिन विभिन्न भगवान्को नामका व्रत बस्ने गरेकी उनी ग्याष्ट्रिक बढ्न थालेपछि व्रत बस्न छाडिन् । 'पहिले सातामा तीन दिन व्रत बस्थेँ । धेरै व्रत बसेपछि ग्याष्ट्रिकलगायतका समस्या उत्पन्न भए । त्यसपछि व्रत बस्न छोडेँ,' उनी भन्छिन्, 'म भगवान् मान्छु तर मन्दिर धाएर पूजा गर्दैमा धर्म कमाइन्छ भन्ने लाग्दैन ।' निराहार व्रत बस्न नसक्ने बताउँछिन् उनी । 'तिजमा व्रत त बस्छु तर फलफूल, जुस खान्छु । म भोको पेट बस्न सक्दिनँ,' गर्भवती अवस्थामा छिन्छिन्मा खाइरहनुपर्ने भएकाले यसपालि व्रत नबस्ने भएकी छिन् उनी ।
नायिका ऋचा घिमिरे पनि धर्मकर्ममा विश्वास गर्छिन् । उनी हरेक प्रदोषको व्रत बस्दै आइरहेकी छिन् । प्रदोषको व्रत हरेक १५ दिनमा पर्छ । उनले यसपालि साउने सोमबारको व्रत लिएकी छैनन् । अन्तिम सोमबार मात्र व्रत लिने योजना छ उनको । 'मनमा शान्ति, कार्यमा प्रगति र दाम्पत्य सुखमा अभिवृद्धिका लागि गुरुको सल्लाहमा प्रदोषको व्रत लिने गरेका हौँ,' ऋचा भन्छिन्, 'हामी -श्रीमान् शंकर घिमिरे र म) हरेक दिन बिहान पूजा गर्छाैं । प्रदोषको व्रत बस्न थालेपछि हरेक काममा सफलता र सन्तुष्टि मिल्दै गइरहेको छ ।' डेढ वर्षअघिदेखि प्रदोषको व्रत बस्दै आइरहेको बताउने ऋचा मंगलबार भने माछामासु बार्छिन् । गणेश भगवान्की असली भक्त ऋचा हरेक वर्ष तिजको व्रत बस्दै आइरहेको बताउँछिन् ।
अर्की धर्मात्मी नायिका हुन् पूजना प्रधान । विगत चार वर्षदेखि जयसंगत आश्रममा बस्दै आइरहेकी उनी चार्डपर्व विशेषमा व्रत बस्दै आइरहेको बताउँछिन् । साउने सोमबार, तिज, लक्ष्मीपूजादेखि लिएर ठूलेएकादशीको समेत व्रत बस्ने गर्छिन् उनी । आत्मसन्तुष्टिका लागि तिजको व्रत बस्ने गरेको बताउने उनी रजस्वला भएका हरेक स्त्रीले पञ्चमीको व्रत बस्न जरुरी भएको दाबी गर्छिन् । हरेक साँझबिहान जयसंगत आश्रममा आरती गर्ने गरेकी पूजना दिनको एक घन्टा ध्यान गर्छिन् । अध्यात्ममा लागेपछि साकाहारी भएकी उनी मनुष्य चोला ईश्वरको कृपा भएकाले हरेक मान्छे ईश्वर प्राप्तिमा लाग्नुपर्ने बताउँछिन् ।
रेजिना उप्रेती पनि धर्मकर्ममा औधी विश्वास गर्छिन् । साउनभरि साहाकारी बनेकी उनले यसपालि पनि व्रत लिएकी छिन् । हरेक सोमबार शिवजीको मन्दिर दर्शन गर्दै आइरहेको बताउने उप्रेती तिजमा पनि व्रत बस्छिन् । 'अरू महिला राम्रो पति पाइयोस् भनेर तिजको व्रत लिने गर्छन् तर मलाई यस्तो लाग्दैन,' उनी भन्छिन्, 'म आत्मसन्तुष्टिका लागि व्रत बस्छु । पति कस्तो पाइन्छ भन्ने कुरा भाग्यको खेल हो । सबै कुरा भगवान्ले छैठीमै निर्णय गर्दिसकेका हुन्छन् ।' सबै भगवान्प्रति उत्तिकै आस्था राख्ने रेजिना हरेक बिहान घरमा पूजा गर्ने गरेको बताउँछिन् ।
अहिले चर्चा बटुल्दै गरेकी नायिका सुष्मा कार्की पनि धर्मकर्मको मामलामा कम छैनन् । साईभक्त सुष्मालाई हरेक शनिबार डिल्लीबजारको साईकेन्द्रमा भजनमा झुमिरहेको देख्न पाइन्छ । सुष्माले पनि साउनभरि आफूलाई साकाहारी बनाएकी छिन् । सोमबारको व्रत लिँदै आइरहेकी उनले हातभरि मेहन्दी र हरिया चुरा लगाएकी छिन् । साउने सोमबार, कृष्णजन्माष्टमी, तिजलगायत हरेक मंगलबार गणेश भगवान्को व्रत लिने गरेकी उनी भगवान् निकै मान्छिन् । उनी केही समययता हरेक शनिबार भद्रकाली मन्दिरमा दुःखी-गरिबलाई पुरी-तरकारी खुवाउँदै आइरहेको बताउँछिन् । 'हरेक दिन घरमा भजन गाउँदै पूजा गर्छु,' उनले भनिन्, 'मलाई ग्रहदशामा पनि निकै विश्वास छ ।'
हिरोइनहरू धर्मकर्म, पूजापाठ, तीर्थव्रत, ध्यानमा मात्र होइन, ग्रहदशामा विश्वास गर्ने मामलामा पनि कम छैनन् । रेखाले हातभरि ग्रहका औंठी लगाएकी छिन् भने झरना, ऋचा, सञ्चिता, रेजिना, पूजना, सुष्माहरूले पनि आ-आफ्नो राशि र ग्रहअनुसार ज्योतिषीको सल्लाहमा रत्नजडित औंठी लगाएका छन् । मेष राशिकी रेखाले हीरा, नीलम र मोतीको औंठी लगाएकी छिन् । झरना थापाले भने मुगा, पुष्पराज, हीरा र मोतीको औंठी लगाएकी छिन् । मीन राशिकी सञ्चिताले पहिला राशि र ग्रहदशाअनुसार हीरा, पन्ना र पुष्पराजको औंठी लगाएकी थिइन् । पत्थरमा पूरै विश्वास नभई आत्मसन्तुष्टिका लागि मात्र औंठी लगाउने गरेकी सञ्चिताले अचेल भने 'ऊँ' लेखिएको शिजजीको औंठी मात्र लगाउने गरेकी छिन् ।
वृश्चिक राशिकी अरुणिमा पनि ग्रहदशा र भाग्यमा भने विश्वास गर्छिन् । उनले आफ्नो राशिअनुसारका रत्नजडित औंठी लगाएकी छिन् । कलाकारितामा फलिफाप हुन्छ भनेर पुष्पराज र सुख-शान्ति र प्रगतिका लागि रुवी र मुगाको औंठी लगाएकी छिन् । औंठी लगाएपछि प्रगति भएको महसुस भएको छ रे उनलाई । ऋचाले केहीअघि मुगाको औंठी लगाएकी थिइन् । मेष राशिकी ऋचालाई मुगाको औंठी लगाएपछि धेरै रिस उठ्न थालेछ । त्यसपछि उनले त्यो औंठी लगाउन छाडिदिइन् । 'मलाई हीराको औंठी मन पर्छ,' ऋचा भन्छिन्, 'पत्थरमा खासै विश्वास लाग्दैन । तर, हीरा भने मलाई निकै मन पर्छ । हीराको औंठी लगाउनु मेरो सोख हो ।'
कुम्भ राशिकी रेजिना भन्छिन्, 'अचेल मेरा ग्रह बिगि्रएका छन् । त्यसकारण अचेल क्याट्स आई र गोमेदको औंठी लगाएकी छु ।' काम बिग्रने र अनावश्यक झन्झट आइलाग्न थालेपछि उनले एकजना गुरुको सल्लाहमा बुटी बाँधेकी छिन् । बुटी बाँधेपछि दिन सप्रँदै आइरहेको महसुस गरेको बताउँछिन उनी । पूजनाले मंगल नियन्त्रणमा राख्नका लागि मुगाको औंठी लगाएकी छिन् । कन्या राशिकी उनले पन्ना र शनिको खराब छायाबाट बचाउनका लागि घोडाको टापको औंठी पनि लगाएकी छिन् । औंठी लगाएपछि उनले राहत महसुस भएको बताइन् । अर्की नायिका सुष्मा पनि ग्रहदशा, पत्थर, औंठीप्रति आस्थावान् छिन् । आफ्नै पारिवारिक गुरुको सल्लाहमा उनले पुष्पराज, हीरा र मुगाको औंठी लगाएकी छिन् । औंठी लगाएपछिका दिन फलिफापमय हुँदै गएको महसुस उनलाई पनि रहेछ ।
No comments:
Post a Comment