पश्चिमी समाजमा एकापसमा भेट हुँदा चुम्बन गर्नुलाई छड्के आँखाले हेरिदैन । तर, जर्मनीमा कार्यालय वा कामकाजको स्थानमा किस गर्न रोक्नुपर्ने आवाज उठ्न थालेको छ।
जर्मनीमा शिष्टाचार र सामाजिक व्यवहारका विषयमा सल्लाह दिने एउटा संगठनले कार्यालय वा काम गर्ने स्थानमा गरिने चुम्बन अर्थात किसमाथि प्रतिबन्ध लगायन भनेको छ। द निगे सोसाइटी नामको यो संगठनले आफ्ना सहयोगी र व्यापारिक साझेदारसँग भेट हुँदा गालामा किस गर्ने प्रथाले कयौ जर्मन नागरिकलाई असहज बनाएको छ। संगठनका प्रमुख हांस माइकल क्वाइनका अनुसार उनलाई यस विषयमा कयौ नागरिकको इमेल आएको छ । उनले कार्यालय वा कामकाजको स्थानमा परम्परागत रुपमा हात मिलाउन सल्लाह दिएका छन् । उनले बीबीसीसँग भनेका छन्, त्यसो त हामी मानिसहरुलाई कामकाजी स्थानमा चुम्बन लिनै प्रतिबन्ध त लगायन सक्दैनौ तर हामीले तिनीहरुलाई पनि बचाउनु छ जो यसो गर्न चाहँदैनन् । त्यसैले क्लाइनले सबैलाई सल्लाह दिएका छन् कि आफूलाई नराम्रो लाग्दैन भने काम गर्ने डेस्कमा कागजमा एउटा सन्देश लेखेर राखुन् ।
उनका अनुसार यो वषृ मात्र यस विषयमा ५० बढी इमेल प्राप्त भएका छन् जसमा आफूलाई कार्यालयमा सहकर्मीसँग भेट हुँदा सहकर्मीले एक वा दुवै गालामा चुम्बन लिएको गुनासो गरिएको छ। क्लाइनका अनुसार मानिसहरुको भनाइ छ कि यसो गर्नु जर्मन तौरतरिका होइन । यो इटाली, फ्रान्स वा दक्षिणी अमेरिकाजस्ता स्थानबाट आएको हो र यो एउटा खास साँस्कृतिक पृष्ठभूमिसँग जोडिएको छ। मानिसहरु भन्छन् कि यो हामीलाई पाच्य छैन ।
संगठनले यस बारेमा बैठक बोलाएर सडक र आफ्नो सेमिनारमा सर्वेसमेत गरायो । क्लाइनले भने, अधिकांश मानिसले यो मन पराएका छैनन् । उनीहरुलाई यसो गर्नु एक प्रकारको कामोत्तेजक पाटो लाग्छ, जसबाट एकप्रकारको शारीरिक सम्पर्क हुन्छ र पुरुष यसको माध्यमबाट महिलाको नजिक आउन सक्दछन् ।
उनका अनुसार युरोमा ६० सेन्टिमिटरको एउटा सामाजिक दूरीको क्षेत्र छ जसको पालना गर्नु आवश्यक छ। निगे सोसाइटी जर्मन भाषाको एउटा शब्दांशमा आधारित नाम हो, जसलाई राम्रो व्यवहारको गाइड भन्ने गरिन्छ । यो पश्चिमी जर्मनीको डार्टमन्डभन्दा ८० किलोमिटरको दूरीमा स्थित छ । समाचारहरुका अनुसार यो संगठनले पहिला पनि केही सल्लाह जारी गरिसकेको छ। जसमा सम्बन्ध अन्त्य गर्नका लागि फोनमा टेस्क्ट सन्देश पठाउनुको साथै चिसोयाममा नाम बग्दा सार्वजनिक रुपमा कसरी बच्ने भन्ने जस्ता छन् ।

No comments:
Post a Comment