आफ्नो पति वा प्रेमीले जन्मदिनको दिन शुभकामना दिन भुल्यो भने महिलाले के गर्लान् ? नबोल्ने, रिसाउने वा घुर्काउने । तर रुसकी एक महिलाले भने जन्मदिनमा शुभकामना दिन भुलेको भन्दै आफ्नै लोग्नेको हत्या गरेकी छिन् ।दक्षिणी रुसकी ४५ वर्षकी लियालियाले आफ्नो जन्मदिन समेत भुलेको भन्दै पति खाल्पिकको हत्या गरेकी हुन् । बिहानै उठेर श्रीमानले बर्थडे विस गरोस् भन्ने लिया चाहन्थिन् । तर खाल्पिकले त्यस दिन श्रीमतीको जन्मदिन हो भन्ने कुरा बिर्सिएर सधैझैँ काममा गए ।
बिहान बिर्सिएपनि श्रीमानले दिउँसो सम्झिएलान् र बेलुकी आउँदा फूलको गुच्छा लिएर आउलान् भन्ने आशामा बसेकी लिया तब आगो भइन् जब खाल्पिक खाली हात घर फर्के । लियाले मिठामिठा परिकार पकाएको देख्दा पनि खाल्पिकले आज उनको जन्मदिन हो भन्ने पत्तो पाएनन् ।
त्यसपछि लियाको पारो चढ्दै गएको र अन्त्यमा भान्सामा प्रयोग गर्ने छुरीले श्रीमानको छातिमा रोपिन् । श्रीमतीको जन्मदिन भुल्दा ज्यानै गुमाउनुपर्छ भन्ने थाहा पाएको भए सायद खाल्पिकले जन्मदिन कण्ठस्थ पार्थे होला । तर श्रीमतिको बानी नबुझ्दा सानै निहुँमा ज्यान गुमाउनुपर्यो ।
No comments:
Post a Comment