अहिलेसम्म के भनिन्थ्यो भने प्रेम पाउनका लागि, 'प्यासन' का लागि महिलाहरू यौनक्रियामा संलग्न हुन्छन् । तर नयाँ अध्ययनले अर्कै संकेत गरेको छ ।
वास्तवमा महिलाहरू यस्ता कारणहरूले गर्दा यौनसम्बन्ध राख्छन्, जसको रोमान्ससँग कुनै सम्बन्ध हुँदैन ।
उनीहरू कि उदासी हटाउन त्यस्ता क्रियाकलापमा सामेल हुन्छन्, कि त ब्वाइफ्रेण्ड वा पतिको माया लागेर । कहिलेकाहीं महिलाहरू सहवासमा यस कारण 'एस' भन्छन्, किनभने उनीहरूले कहीं पढेका हुन्छन् ः माइग्रेनबाट छुटकारा पाउनु छ भने यौनक्रियामा सामेल हुनुपर्छ ।
तपाईंलाई महिलाले यौनसम्बन्ध राख्ने यी कारणहरू पढ्दा अनौठो लागिरहेको होला तर सत्य कुरा यही हो । टेक्सास विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक सिडा मेस्टनले र डेबिड बसले 'ह्वाईर् विमेन ह्याभ सेक्स' मा यसका एक सय जवाफ उल्लेख गरेका छन् ।
'धेरै अनुसन्धानमा धेरैजसो पुरुषलाई महिला सेक्सुअली अट्रयाक्टिभ लाग्छन् भनिएको छ,' लेखकद्वयले भनेका छन्, 'तर महिलालाई पुरुष सेक्सुअली अट्रयाक्टिभ लाग्दैनन् ।'
यो मामिलामा पुरुषप्रतिको आकर्षण महिलाको लिस्टमा सबैभन्दा तल पर्छ । कहिले राम्रो डिनरका लागि आभार प्रकट गर्न त कहिले शान्ति कायम राख्न महिलाहरू यौनक्रियामा संलग्न हुन्छन् । अनुसन्धाताहरूले यसका लागि एक हजार ६ महिलामा सर्भेक्षण गरेका थिए, किताब लेख्नुअघि । उनीहरूले कतिपयबाट आश्चर्यचकित पार्ने खालका जवाफ पाए । एउटीले सहवास आध्यात्मिक अनुभूतिका लागि गर्ने बताइन् । उनलाई यौन ईश्वरको सबैभन्दा नजिकको वस्तु हो भन्ने लाग्दो रहेछ । धेरै महिलाले टाउको दुखाइबाट मुक्ति पाउन यौनसम्बन्ध राख्ने गरेको बताए । अन्य महिलाले यौन दक्षता राम्रो पार्न, छालाको चहकिलोपना यथावत् राख्न यो काममा लाग्ने गरेको बताए ।
उक्त अनुसन्धानमा ८४ प्रतिशत महिलाले के स्विकारे भने उनीहरू आफ्नो पार्टरनसँग शान्तिपूर्ण जीवन बिताउने प्रयासअन्तर्गत यौनसम्बन्ध राख्छन् । कतिपय महिला घरको काममा सहयोग पाउनसमेत यौनसम्बन्ध राख्दा रहेछन् । अर्की महिलाले भनेकी छन्, 'बोर भएपछि यौनसम्बन्ध राख्छु किनभने झगडा गर्नुभन्दा यौनसम्बन्ध राख्नु राम्रो हो ।'
हरेक १० मध्ये एउटी महिलाको भनाइअनुसार उनीहरू कुनै उपहार वा अत्यन्त राम्रो लन्च/डिनरको सट्टामा उपकृत गर्न यौनसम्बन्ध राख्छन् । धेरैजसोको जवाफ रह्यो, 'मेरा पार्टनरले मेरा लागि यति धेरै खर्च गर्छ, त्यो ऋणबाट मुक्त हुन पनि मैले ऊसँग यौनसम्बन्ध राख्ने गरेकी हुँ ।'
फिगर होइन, ओठ पुरुषलाई आकषिर्त गर्न हाउभाउ मात्र पर्याप्त हुँदैन । यो काममा तपाईंका ओठले समेत मुख्य भूमिका खेल्छन् । अनुसन्धानअनुसार सपाट (फ्ल्याट) ओठको सट्टा धनुष आकारका ओठ बढी सेक्सी हुन्छन् । यति मात्र नभई, अनुसन्धानमा यो पनि भनिएको छ- धनुषाकार ओठ भएका महिला सामान्य महिलाको दाँजोमा १२ गुणा बढी सेक्सी हुन्छन् ।
पश्चिम स्कटल्यान्ड विश्वविद्यालयमा अढाइ सय महिलाको ओठको बनावट र यौन-जीवनबारे अध्ययनपछि अनुसन्धाताहरू यो निष्कर्षमा पुगेका हुन् ।

No comments:
Post a Comment