Friday, August 5, 2011

सबैभन्दा जवान हजुरबुबा-हजुरआमा

२९ वर्षको उमेरमा नै हजुरबुबा-हजुरआमा हुन पाउदा यो जोडी दंग छ

सामान्यतः अन्य मानिसले २९ वर्षको उमेरमा बल्ल आफ्नो बिहेको सुरसार गर्छन् । तर, बि्रटेनका एक बेरोजगार बाबु २९ वर्षकै उमेरमा हजुरबुबा बनेका छन् । सेम डेभिस र उनकी प्रेमिका केली जोनकी १४ वषर्ीया छोरी टिया र उनका १५ वर्षे प्रेमी जोर्डन विलियमले छोरी ग्रेसीलाई जन्म दिएपछि उनीहरू २९ वर्षको उमेरमै हजुरबुबा-हजुरआमा बनेका हुन् । सेम डेभिस र केलीले पनि छोरी टियालाई १४ वर्षको उमेर जन्माएका थिए । सेम र केली बि्रटेनका सबैभन्दा जवान हजुरबुबा-हजुरआमा बनेका छन् । 
२९ वर्षको उमेरमा नै हजुरबुबा-हजुरआमा हुन पाउदा यो जोडी दंग छ । टियाका १५ वर्षे प्रेमी जोर्डन अब थप जिम्मेवार र ज्ञानी पुरुष हुनेमा पनि टिनाका बाबु सेमले विश्वास व्यक्त गरेका छन् । 
प्रसूति विभागका नर्सहरूले हजुरबुबा सेम डेभिसलाई नवजात शिशु ग्रेसीको किशोर बाबु भएको अनुमान गरेका थिए । 
हजुरबुबा सेम भन्छन्, 'ग्रेसीको स्वास्थ्य सुधार हँुदै गएको देख्दा मलाई असाध्यै खुसी लागेको छ । म छोरी टियाप्रति गर्व गर्छु । सुरुमा त १४ वर्षमा नै छोरी गर्भवती भएको मलाई मन परेको थिएन । तर, अहिले उसको संघर्ष देखेर सकारात्मक छु ।' छोरीको प्रेमी जोर्डन असल पुरुष बन्नेमा उनी आशावादी छन् । 
१४ वर्षमा नै सन्तान जन्माउन टियालाई सजिलो भएन । बच्चा जन्मन दिएको मितिभन्दा सात साताअघि नै अप्रेसन गरेर बच्चालाई जन्म दिइएको थियो । स्कुलमा विन्दास भएर साथीभाइसँग हाँसखेल गर्नुपर्ने वेलामा प्रसूतिबेथाको पीडा कहिल्यै नबिर्सने टिया बताउँछिन् । मितिभन्दा सात साताअघि जन्माएका कारण ग्रेसीको तौल अत्यन्त कम 
थियो । उनलाई अस्पतालमा करिब एक महिनाजति 
राखियो । तौल बिस्तारै बढ्दै गरेकाले ग्रेसीलाई केही दिनमा नै अस्पतालबाट घर जान दिइने बताइएको छ । छोरीलाई जन्म दिएको केही दिनपछि टियाले अस्पतालको बेडमै १५औँ जन्मदिन मनाइन् । टिया र जोर्डन डेटिङ जान थालेको १८ महिना भयो । टिया हेयर डे्रसर बन्न चाहन्छिन् । 
आफू सानै उमेरमा आमा बनेपछि छोरी ग्रेसी भने छिटो आमा बनेको हेर्न नचाहने उनले बताइन् । तर, छोरीले यस्तै चाहेमा आफूले विरोध नगर्ने उनले बताइन् । बि्रटेनलगायत कैयौँ पश्चिमा देशमा किशोरी गर्भवतीको संख्या बढेको छ । किशोरी गर्भवती बढ्दा २८/२९ वर्षमा नै हजुरबुबा-हजुरआमा बन्नेको संख्या पनि बढेको छ ।

No comments:

Post a Comment