Wednesday, August 31, 2011

१२ वर्षीय बालकले एकै परिवारका चार बालिकालाई बलात्कार

एक हप्ताको अन्तरमा घटेका दुई घटनाले धनकुटामा बहस सिर्जना गरे पनि उस्तै प्रकृतिका ती घटनाका परिणाम भने फरक थिए। दुवै घटनाले स्थानीय स्तरमा सनसनी मच्चाए। पहिलो घटना अपत्यारिलो थियो, उक्त घटनामा १२ वर्षीय बालकले एकै परिवारका चार बालिकालाई बलात्कार गरे भने अर्को राजीखुसी शारीरिक सम्बन्धपश्चात् जबर्जस्ती बलात्कार गरेको आरोप लगाई १ लाख ३० हजार रुपैयाँ लिएर मिलापत्र गरिएको घटना थियो।

पहिलो घटनाअन्तर्गत जिल्लाको तेलिया गाउँका १२ वर्षीय हर्कबहादुर विश्वकर्मा सोही गाउँका एकै परिवारका चार बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीको गिरफ्तारीमा परेपछि सनसनी मच्चियो। पक्राउ परेका विश्वकर्मा अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनामा छन्। उनले प्रहरीसामु बलात्कार गरेको स्वीकार गरेका छन्। बलात्कृत हुने पनि नाबालक र बलात्कार गर्ने पनि नाबालक नै भएपछि प्रहरीलाई मुद्दा चलाउन अप्ठ्यारो परेको प्रहरी निरीक्षक विनोद कुमार शर्मा बताउँछन्। कानुनमा १० वर्ष सम्मकालाई जबर्जस्ती करणी गरे १० देखि १५ वर्ष जेल सजाय तोकिएको छ। त्यसमा नाबालकको हकमा आधा सजाय बेहोर्नुपर्ने नियम भएकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको निरीक्षक शर्मा बताउँछन्।

विश्वकर्माले आफ्नै छिमेकी ६ वर्षीया नरी (नाम परिवर्तन), धन (नाम परिवर्तन), वर्ष ५ की लिलु (नाम परिवर्तन) एवं वर्ष ४ की केशरी (नाम परिवर्तन) लाई आफ्नै घरमा खेल्न आएको मौका पारी पालैपालो बलात्कार गरेको पीडित बालिकाहरूका बाबु बताउँछन्। नरी र धनु जुम्ल्याहा हुन्।

पीडित बालिकाका बाबुले आफ्ना नाबालिक छोरीलाई निज विश्वकर्माले आफ्नै घरमा खेल्न बोलाएर पहिलो दिन दुइटीलाई र अर्को दिन अरू दुई जनालाई बलात्कार गरेको दाबी गरेका छन्। आफ्ना नाबालिक छोरीहरूलाई फकाई-फुल्याई चकलेट दिएर पालैपालो बलात्कार गरेको आरोप पीडितका बाबुले लगाएका छन्। बालिकाहरू रुँदै-कराउँदै, चिच्याउँदै आएपछि उनीहरू बलात्कृत भएको आफूले थाहा पाएको अभिभावकहरूले बताएका छन्।

प्रहरीले पीडित बालिकाहरूका बाबुले दिएको उजुरीका आधारमा हर्कबहादुरलाई पक्राउ गरेको हो। विश्वकर्मा नाबालक भए पनि जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक शरद कुमार तामाङ बताउँछन्। चारै जना बालिका बलात्कारको सिकार भएको जिल्ला अस्पताल धनकुटाको स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ। नाबालकहरूमा यौन अराजकता बढ्नु भनेको अश्लील च्यानल एवं इन्टरनेटको प्रभाव र गलत मानसिकताको उपज भएको धनकुटा बहुमुखी क्याम्पसका समाज विकास विषयका सह-प्राध्यापक नन्द न्यौपाने बताउँन्। न्यौपाने भन्छन्- 'अहिले बालबालिकाहरूले सहज रूपमा यौनजन्य सामग्री भेट्ने हुँदा उनीहरूमा कौतूहलता बढेर यस प्रकारका घटना घट्छन्।' जिल्लामा बाल-यौनशोषणको यो पहिलो घटना भने होइन, यसअघि पनि दुईवटा यस्तै घटना घटिसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ती घटनामा भने प्रौढहरूको संलग्नता थियो।

धनकुटामै घटेको दोस्रो घटनामा आफूलाई बलात्कार गरेको आरोप लगाउँदै जिल्लाबाहिरकी एक युवतीले धनकुटा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पुनः सनसनी मच्चियो। दीपा (नाम परिवर्तन) ले गत शनिबार प्रहरीमा 'धनकुटाको एक होटलमा महेश (नाम परिवर्तन) भन्ने व्यक्तिले मलाई जबर्जस्ती बलात्कार गर्‍यो। मैले चिच्याउँदा पनि होटलको मालिकले सुनेको नसुन्यै गर्‍यो, रुँदै बाहिर निस्कँदा के भयो भनेर समेत सोधेन ? उसको पनि यसमा मिलेमतो छ, दुवैलाई पक्रेर आवश्यक कार्वाही गरियोस्' भन्ने जाहेरी दिएपछि आरोपी युवक तथा होटल मालिक दुवैलाई प्रहरी कार्यालयमा ल्याइयो। पक्राउ परेका आरोपी महेशले शारीरिक सम्पर्क भएको स्वीकार गरे पनि जबर्जस्ती गरेको भने स्वीकार गरेनन्। उनले दुवै जनाको राजीखुसीमै शारीरिक सम्पर्क भएको बयान दिएको स्रोतले जनाएको छ। उनले अघिदेखि नै ती युवतीसँग भेटघाट भैरहेको र उनलाई विवाह गर्न आफू राजी रहेको बताए पनि दीपाले नमानेको स्रोतले बतायो। उता होटल मालिकले भने दीपा र महेश दिनको ११ बजे आएर कोठामा बसेको र दुई बजे निस्किएर खाजा खाई सँगै बाहिर गएको बताएका छन्। उनले होटलमा कोही नकराएको र नरोएको पनि दाबी गरे। दुई दिनसम्म प्रहरी हिरासतमा रहेका महेशलाई जसरी भए पनि कारबाहीको भागी बनाउने अडान नछोडेकी दीपाले अन्ततः १ लाख ३० हजार रुपैयाँ लिएर उजुरी फिर्ता लिएको बताइन्छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको तथ्याङ्क हेर्दा बलात्कार र जबर्जस्ती करणीका मुद्दा थोरै परे पनि धेरै मुद्दा गाउँघरमै मिलाइने गरेको प्रहरी निरीक्षक शर्मा बताउँछन्। राजनैतिक दबाब, सामाजिक बन्धन एवं सामाजिक भयका कारण धेरै घटना प्रहरीमा आइनपुग्ने प्रहरी निरीक्षक शर्माको अनुभव छ। आएकामध्ये कतिपय घटना निवेदकको उजुरीपश्चात् पीडितले होसियारी नअपनाउँदा पीडक उम्कने गरेका छन्। शर्माका अनुसार पिडितले प्रहरीमा आउनुअघि नुहाइदिने, कपडा धोएर आउने वा फेरेर आउने, कोरीबाटी गरेर आउँदा निसानी हराएका कारण पीडकहरू उम्कने गरेका छन्। त्यसका अतिरिक्त पिडकले उजुरी दिए पनि सामाजिक डर र दबाबका कारण प्रहरीलाई नै पनि कतिपय मुद्दा चलाउन असजिलो भएको छ। शर्मा भन्छन्- 'पीडकले राम्रोसँग खुट्टा नटेकिदिँदा हामीलाई मुद्दा चलाउन अप्ठेरो हुन्छ।'

यसरी बलात्कारका घटना वृद्धि हुदै जानुमा समाज खुला रूपमा जाने क्रम रहेको तथा दोषीको मनोबल बढ्दै जानु नै मुख्य कारण भएको प्रध्यापक न्यौपानेको ठम्याइ छ। 'कतिपय मानिसमा विकृत मानसिकताले डेरा जमाउँदै लगेको छ।' प्राध्यापक न्यौपाने भन्छन्— 'यस्तो मानसिकता भएकाहरूले सामाजिक रवाफका आधारमा धम्क्याउने, तर्साउने गरेका छन्।' समाजमा उनीहरूको प्रतिष्ठा एवं राजनीतिक साँठगाँठका कारण पीडितहरू पैसा वा अन्य कुनै सर्तमा मेलमिलाप गर्न बाध्य हुन्छन्। यसरी मेलमिलाप गर्दा तत्काल पीडितले पैसा पाए पनि भविष्यमा पीडकहरूको मनोबल बढ्ने हुनाले घटना दोहोरिरहेको न्यौपानेको दाबी छ। प्राध्यापक न्यौपाने यस्ता घटनाको उपचार मेलमिलापबाट भन्दा पनि कानुनी रूपमा खोज्नु नै दीर्घकालीन समाधानको बाटो भएको बताउँछन्।

कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, म मेरै शैलीमा बाँच्न खोजेँ

मसँग आफ्नै आस्था थियो, दृष्टिकोण, हेराइ पनि आफ्नै, बुझाइ र सोचाइ पनि आफ्नै, म बाँच्न पनि आपनै तरिकाले बाँच्न चाहने मान्छे, कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, म मेरै शैलीमा बाँच्न खोजेँ र नै जिन्दगीमा धेरै रोएँ

झमक घिमिरे
यो संयोग हो मेरो जन्म आकाश रुने समयमा भएको रहेछ । मान्छेले पसिना बगाउनुपर्ने समयमा भएको रहेछ अनि मानो खाएर मुरी उब्जाउने समयमा भएको रहेछ । मैले आमालाई यही समयमा दुःख दिएँछु । घरमा काम गर्ने बुहारी यो मौसममा सुत्केरी बनेर बस्दा पुराना सासूहरूले के राम्रो मान्थे र ? त्यसमाथि मेरी हजुरआमा ठकुर्नी परिन् । उनले त्यो दिन पनि दिनभरि अफिसमा काम गरेर साँझ घर फर्किएको छोरालाई दैलाबाट भित्र छिर्न नपाउँदै भनेको थिइन् रे, 'कति न राम्रो कुरो पाई भनेर फुर्केलास्, मुर्कुट्टी पाएर बसेकी छे ।' मेरी हजुरआमा त त्यो समयको प्रतिनिधि पात्र मात्र हुन् । समग्र नेपाली समाजका महिलाको स्थिति कस्तो रहेछ भनेर अनुमान गर्ने जिम्मा मैले तपाईंमै छोडेँ । अँ, म त्यो वर्षा ऋतुको रमझमका कुरा गर्दै छु । हो, मैले धर्तीमा खसेर पहिलोपटक आँखा खोलेकी रहिछु । यो ऋतु मलाई साँच्चै मनपर्छ, जताततै हरियाली, त्यसमाथि आकाश रोएर भर्खर घाम देखिएको त्यो रमाइलो क्षण आफैंमा कति रमाइलो हुन्छ ।
जीवनको प्रारम्भ नै वर्षात्को समयमा भएकाले पनि होला त्यो आकाशले जस्तै मैले पनि जीवनका धेरै मोडहरूमा रोइरहनुपर्‍यो । तर, त्यो आकाश रुँदा त्यसका थोपा-थोपा आँसुले धर्ती हिलाम्य बनेर छपक्कै भिज्थ्यो, बोटबिरुवाका जरासम्म पुगेर चिसोपन दिन्थ्यो र मौलाएर आउँथे बोटबिरुवा, धरती हराभरा बनेर आउँथ्यो । ठीक त्यसको विपरीत मेरो मन साह्रो दुखेपछि म रुन्थेँ र आँखाबाट आँसुको रूपमा दर्द, पीडा बाहिर निस्केर जान्थ्यो । त्यसपछि मन हलुका हुन्थ्यो । साँच्चै म पीडा भोग्नकै लागि त्यससँग संघर्ष गर्नकै लागि जन्मेकी रहेछु क्यारे । मेरो जिन्दगीले पीडाबाहेक केही भोग्न पाएन, आँसुको दलदलको अनुभूति गर्नबाहेक केही पाएन । त्यसैले त मलाई पीडा पनि अति मनपर्छ । सायद मैले जिन्दगीमा धेरैपटक रुनु परेकाले होला मलाई आँसु पनि मनपर्छ । कसैले नदेखुन्, आँसुको आहालमा डुब्दाको क्षण रमाइलो लाग्छ । विज्ञानले पनि भन्छ, 'मान्छेलाई रुन पनि आवश्यक हुन्छ ।'
मैले हत्तपत्त रुन कहिल्यै जानिनँ, बालकमा मलाई सन्तोकी छे भन्थे । मान्छेहरू कति मज्जाले खेलिरहिछ भन्थे । जब मलाई असह्य पीडा हुन्थ्यो तब चिच्याएर रुन्थेँ । हो, रोएपछि मनलाई आनन्द हुन्थ्यो, शीतलताको आभास हुन्थ्यो । नरुनु रोएपछि बेस्सरी रुनुपर्छ, आँसुसँगै सारा पीडा बगोस् । त्यसपछि मन फूलजस्तै उन्मुक्त बनेर हाँसोस् । ओठमा बिलाएको हाँसो पुनः फर्किएर आओस्, नओभाएका आँखाहरू आँसुको दहमा चुर्लुम्म डुबेपछि ओभाओस् । म जिन्दगीमा धेरै रोए पनि हाँसेपछि मज्जाले दिल खोलेर हाँसेँ, रोमान्स पनि त्यससँग भोगेँ । आँसुसँगै मनका कुविचार, कुभावनाहरू जम्मै बगेर गए । अप्ठ्यारो समय चारैतिर पर्खालैपर्खाल उभिएको वेला म त्यसको विरुद्धमा उभिएकी मलाई आफन्तले, कोहीले साथ नदिए पनि आफ्नो आत्माले दियो, विचार र विवेकले दियो । विश्वासले दियो, त्यही बन्द समय, स्वतन्त्रता-समानताको हक खोसिएको समय मान्छेको बोल्न-लेख्न पाउने हकधरी खोसिएको समयमा त्यो समयका आततायी ऐँजेरुले मलाई चालै नपाई जेलेर सिध्याउन खोजेका रहेछन् । योजना के बनाइएको रहेछ भने मैले ०५७ सालमै राजा वीरेन्द्र जीवितै हुँदा पाएको 'प्रबल गोरखा दक्षिण बाहु चौथो' नामक पदक मलाई अझै दिइएको थिएन, मैले त्यसको खोजी खबर केही गरेकी थिइनँ, मलाई वास्ता पनि थिएन । किनभने मैले कहिल्यै पुरस्कार, सम्मान, पदकको आशा पनि गरिनँ, म आफ्ना लागि दिनभरि खट्थेँ । त्यसबाट थोरै पैसा कमाउँथेँ र बचाउँथेँ, त्यसैमा म खुसी थिएँ, सन्तुष्ट थिएँ, कसैले मलाई योग्य ठानेर पुरस्कार, मान, सम्मान, पदक दिँदा मैले भो ! मलाई योचाहिँ चाहिँदैन कहिल्यै भनिनँ, म त्यति असभ्य मान्छे कहिल्यै बनिनँ । म सबै खालका मान्छेसँग मजाक गर्थें, हाँस्थेँ, गफ गर्थें, भरपूर रमाइलो गर्थें, तर म आफ्नो विचारमा अडिग, निष्ठामा अडिग । मलाई जति जनाले भेटे कसैले नराम्रो लाग्यो भन्ने प्रतिक्रिया दिएनन् ।
राजा वीरेन्द्र जीवित हुँदै मलाई 'गोरखा दक्षिण बाहु चौथा' नामक पदक दिइँदा एक शब्द सोधिएन । त्यसवेला सायद कसैलाई पनि सोध्ने चलन थिएन । त्यो वेला दरबारवरिपरिका मान्छेले मात्र पहिलो, दोस्रो, तेस्रो श्रेणीको पदक पाउँथे । हामी नागरिकलाई त चौथो, पाँचाँ श्रेणीको दिइएर चित्त बुझाइन्थ्यो । मेरो उमेर भर्खर उन्नाइस वर्ष लागेको थियो । किशोर मन आफूले गरेको काम राम्रो भएबापत पदक दिइँदा खुसी लाग्नु स्वाभाविकै थियो । सबै साथीले त्यो पाउने घोषणा हुँदा बधाई र शुभकामना पनि दिए । किनभने यो पाउनुमा मेरो कुनै आग्रह थिएन, न त दरबारका मान्छेलाई खुसी पार्ने कामै गरेकी थिएँ मैले । कसरी दिइयो आफैंलाई अचम्म लाग्यो । पदक दिइने वेलामा बोलाइयो । म आफ्नो व्यक्तिगत कारणले त्यो समारोहमा उपस्थित भएर सो लिन सकिनँ, त्यो त्यहीँ रह्यो । न त तत्कालीन सरकारका मान्छेले खोजेर दिने काम गरे, न त मैले खोज्ने काम गरेँ । मेरो कसैले खोजेर दिन्छ ठीक छ, लिइदिन्छु दिँदैन भने वास्ता, खोजी, निन्दा गर्ने बानी छैन । जब वीरेन्द्रको वंशविनाश भयो मान्छेहरूले मलाई त्यो पदकको सन्दर्भमा नानाथरी प्रश्न गर्न थाले । केही पत्रकारलाई समाचार पनि बने । जे-जस्तो भए पनि समय बित्दै गयो । हप्ता, महिना, वर्ष ती पटक्कै खोजिएन । जब निरंकुशताले देशलाई दरोसँग अठ्यायो, तब मैले यसको विरुद्ध विचार दिन थालेँ अनि खोजी गरियो । सायद निरंकुशताका मान्छेहरूलाई लागेको थियो होला यसलाई सम्मानको भोक छ । हामीले सम्मान गरेर दिने भनेपछि यो पक्कै आउली, तर स्वतन्त्र र प्रजातन्त्रका पक्षधर मान्छेलाई त्यो अप्ठ्यारो समयमा सम्मान हुने कुरा मन्जुर थिएन । मलाई पनि मन्जुर भएन ।
त्यस्तो अप्ठ्यारो समयमा मैले अझै पाउन नसकेको पदक खोजेर ल्याएर संविधान दिवसको दिन त्यो समयका विरुद्ध उभिएकाहरूको दलबलसाथ मलाई भिराएर कलंकित पार्ने योजना रहेछ । कालो दिवस कालो समय त्यो पनि कालो सभामा गएर त्यो 'प्रबल गोरखा दक्षिण बाहु' नामको पदक भिरेर औंसाहरूलाई खुसी बनाएर आफ्नै टाउकोमा कलंकको छिर्का छर्ने काम गर्ने कुरै थिएन । यसो गर्न आत्माले मानेन । विचार, विवेक, विश्वासले केहीले पनि पटक्कै मानेन, म स्वतन्त्रताको पक्षमा उभिएकी व्यक्ति त्यो दिन तिनीहरूलाई समर्थन गर्दै आफ्नो आत्मविश्वास र स्वाभिमान कुल्चिँदै गला थाप्न जान अँ हँ सकिनँ र गइनँ । यता बाबाआमाको दिमागमा भुइँचालो गएको थियो, डरले सात्तोपुत्लो उडेको थियो । यो असतीले हाम्रो उठिबास लाउने भई भनेर पुर्पुरोमा हात राखेका थिए । त्यस दिन भक्कु गाली खाएकी थिएँ मैले, बूढाबूढीले सबै तीतो ओकले । त्यस दिन म भात खानु नपर्ने गरी टन्न अघाएँ । मेरो मन-मुटु चसक्क घोच्दाघोच्दै त्यो छियाछिया भएर भक्कानिएर आँखाबाट अविरल बगिरह्यो आँसुको भल अविरल, अविरल ।
त्यस दिन मलाई बाबाआमादेखि साह्रै रिस उठ्यो, उनीहरूसँग चरचरी बाझ्न मन लाग्यो, चिच्याउन मन लाग्यो किनभने मैले धेरै सहिसकेकी थिएँ । अब सीमा नाघेको थियो, ममा अब सहने शक्ति थिएन । के गर्नु आवाज थिएन । उफ्, कति अभिशप्त जिन्दगी ? जिन्दगी त्यतिवेलाचाहिँ साह्रो दुख्यो । अतिचारै गरे गर्न पनि बूढाबूढीले गाली । त्यो दिन रुँदै कान थुनेर बसेकी थिएँ । आस्था र विचार बचाउनका लागि पनि मैले आँसु नै बगाउनुपरेको थियो । उमेर पुगेका छोराछोरीलाई कस्तो संवेदनहीन भएर वचन गरे भने त्यसको चोट यहाँ शब्दले उतार्न सक्दिनँ म । यो असतीलाई जन्माएको यही दिन देख्न रहेछ । के गर्नु यो यहाँ बस्छे भने एक डल्लो भात दिने, यसलाई वास्तै नगर्ने, यसलाई जहाँ जाओस् जे गरोस् केही वास्तै नगर्ने भने आफ्नै जन्मदिने साख्यै आमाबाबाले । उनीहरूलाई त म बसेको पनि धेरै भएको रहेछ । नाथे एक डल्लो भात दिन कत्रो कष्ट भएको रहेछ त जस्तो लाग्यो, झनै परेलाका डिलबाट आँसुको भल बग्न रोकिएन, किन यिनीहरूको एक डल्लो भात दिँदा यस्तो चित्त दुख्यो ? त्यस दिन मलाई जिन्दगी साह्रै बोझ लाग्यो ।
बाबाआमाका रगत, पसिनाले बनेको घरमा पनि बस्न पटक्कै मन लागेन । सायद मेरो आफ्नै रगत, पसिनाले बनेको घर हुँदो हो त यस्तो अपशब्द, अपमान त गर्ने हिम्मत गर्दैनथे होला । म आफ्ना लागि आफैं बाँच्न खोज्ने व्यक्ति मलाई कसैले स्वाभिमानमाथि यस्तो निकृष्टसँग प्रहार गरेको कहिल्यै मन पर्दैैनथ्यो । यिनीहरूको रगत, पसिनामा मात्र म बाँचेकी त थिइनँ । मैले पनि श्रम गरेर अलिकति पैसा कमाएकी थिएँ । मैले जति आफ्नो कमाइ घरमा दिए पनि व्यवहारमा जति भरथेग गरे पनि कहिल्यै छोरीले दिई र भरथेग भो भनिँदैन । आखिर मैले दिनु पनि सन्तानले दिनु हो, भाइले दिनु पनि सन्तानले दिनु हो भन्ने कहिल्यै सोचिएन । किनभने भाइले कमाउन सकेर दिए बाबाआमा छाती फुलाएर भन्छन् होला, 'छोराको कमाइ खान पाइयो ।' मैले कमाएर दिँदा कहिल्यै छोरीको कमाइ खान पाइयो भन्दैनन् । त्यो कुरालाई जति सक्दो छोपछाप पार्न खोजिन्छ । किनभने बाबाआमालाई छोरीको कमाइ खाएँ, लाएँ भन्न सरम लाग्छ । त्यसको लाज र क्षोभले शिर निहुरिन्छ । किनभने श्रम र कमाइमा पनि लिंग हेरिन्छ । कुनै घरमा पनि छोराले कमाएर केही ल्याउनु पनि स्वाभाविक ठानिन्छ, छोरीले त्यही कमाएर ल्याउनु सामान्य ठानिँदैन, उसको लिंग हेरेर यसरी भनिन्छ, 'के ल्याएकी छोरी मान्छेले नानी ?'
मेरी बहिनी मीनाको आइएको भर्खर रिजल्ट भएको थियो । ऊ परीक्षामा सफल भएकी थिई । उसको त्यो सफलतामा खुसीको सीमै थिएन । हुन पनि हो, मान्छे वर्षौंसम्म गरेको मिहिनेत खेर नजाँदा साह्रै खुसी हुन्छ । मीना पनि आफूले परीक्षामा पाएको सफलताबाट यति खुसी थिई । हर्षले उसका चम्किला आँखाहरू चमक्क चम्किएका थिए, उसको गालामा एक खालको चमक नाचिरहेको थियो । उसका पातला ओठमा मन्द मुस्कान छाइरहेको थियो । मानौँ उसको अंगअंगमा खुसी ओखाइपोखाइ भएर छरपस्ट भएको थियो । ऊ साँच्चै मज्जाले रमाएकी थिई । ऊ खुसी हुँदै आफू पास भएको खबर बाबाआमालाई सुनाई । बाबाले अलिकति खुसी हुँदै भने, 'गरिछस् जिन्दगी सुधार ।' आमा भने रिसाएर तीन दिनसम्म उससँग बोलिनन् । त्यही ठाउँमा भाइले सफलता पाएको भए खुसीले भुइँमा खुट्टा हुने थिएनन् । आफ्नो सफलतामा आमा रिसाएपछि ऊ अँध्यारो मुख लाएर मनजिकै छेउमा आएर भनी, 'किन मेरो खुसीमा ती मनहरू रमाएनन् ?' मैले उसको आँखाका भाव र अनुहारको भाव पढेँ, जसमा अधिक खुसीका लहरहरू जम्मै ओइलाएर झरिसकेका थिए । ऊ आफैंमा निराश थिई, हतास थिई, तर पनि ऊ भन्दै थिई, 'कोही खुसी भए पनि नभए पनि मैले आफ्नै लागि पढेकी हुँ ।' मैले उसलाई भन्न त केही भनिनँ । मनमनै भनेँ स्याबास् तैंले आफूलाई त चिनिछस्, ती मनहरू खुसी नभए पनि म त खुसी छु । हो, हाम्रा लागि आकाश समान छैन, धर्ती समान छैन, हामी जसको कोखबाट बाहिर निस्किन्छौँ, त्यो कोखले हामीलाई तँ स्त्री जाति भनेर घृणा गर्छ । हामी जहाँ जन्मिन्छौँ, हुर्किन्छौँ, बढ्छौँ, त्यही आँगन, त्यही धर्तीको एक अंश हाम्रो हुँदैन । हामी जुन कुल-वंशका हौँ, त्यो कुलवंशका हुँदैनौँ । मान्छे भए पनि मान्छे होइनौँ, म त्यही समानान्तर आकाश र समानान्तर धर्ती चाहने व्यक्ति, समानान्तर दृष्टिकोण खोज्ने व्यक्ति त्यो मैले कहिल्यै पाइनँ ।
मसँग आफ्नै आस्था थियो, दृष्टिकोण, हेराइ पनि आफ्नै, बुझाइ र सोचाइ पनि आफ्नै, म बाँच्न पनि आपनै तरिकाले बाँच्न चाहने मान्छे, कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, म मेरै शैलीमा बाँच्न खोजेँ र नै जिन्दगीमा धेरै रोएँ । तर, सम्झौता कसैसँग गरिनँ । मैले जिन्दगीमा धेरै चिज गुमाएँ । ती गुमाएका चिजहरू सायद मेरा लागि बनेकै थिएनन् । त्यसमा कोमलपन र नरमपन पनि गुमाएँ म आफैंमा चट्टान बनेँ । मान्छेले पलपल पीडा भोगेपछि त्यो पीडा पनि मीठो लाग्दोरहेछ । मलाई पनि दुख्नु मीठो लाग्छ, किनभने म एकैचोटि शीतलताको अनुभूति गर्न सक्दिनँ । कुनै वेला केही कुराले जिन्दगीलाई घोच्नुपर्छ, त्यसले दुखेर मान्छेलाई आराम भएपछि मात्र उसले शीतलताको अनुभूति गर्न सक्छ । कष्टपछि मात्र मान्छेले आनन्दको अनुभूति गर्न सक्छ ।
मान्छे स्वयंमा पीडा हो किनभने मान्छेले आफ्नो कारणले पीडा भोग्छ, पीडा ओढ्छ, पीडा ओछ्याउँछ, पीडा सुत्छ, पीडा उठ्छ, निदाउँछ र मर्छ पनि, नपत्याए हेर्नुहोस् गोबरेकीरो ! जो बाँच्न गोबरमा पल्टिन्छ, लडिबडी गर्छ, कहिले गोबर माथि ऊ मुनि, कहिले गोबर मुनि ऊ माथि हुन्छ । उसको जिन्दगी त्यही गोबरसँग खेल्दाखेल्दै चिलिम भए तापनि त्यहाँ अनन्तकालदेखि सृष्टिले भोगेको पीडा उसले पनि भोगेको छ । त्यो बाँच्नुको, जिउनुको पीडा हो । किनभने मर्नभन्दा बाँच्न र जिउन साह्रै कष्ट छ । मर्नु पनि एउटा सुन्दर कला रे । अनि मृत्यु महाआनन्द रे, संसारका केही मान्छे यसो भन्छन् । तर म ठीक उल्टो भन्छु- 'जिउनु एउटा सुन्दर कला हो, अनि मृत्यु ? जिन्दगीको एउटा शाश्वत सत्य । जुन मृत्यु भागेर होइन, लड्दालड्दै वरण गरियोस् ।' त्यो हो महाआनन्द या परमानन्द चाहे जे भनेर बुझौँ । मैले जति धेरै आँसु बगाए, पीडा भोगे पनि मलाई बाँच्नु सुन्दर लाग्यो । त्यही आस्था बचाउनका लागि मैले आँसु धेरै चुहाउनुपर्‍यो तर पनि विभेदका पर्खालहरू उभिरहे । आँसुले त के गल्थे र ? विचारको घनले दरोसँग हानेपछि मात्र बल्ल भत्किन थाल्थे, मैले त्यही गरेँ । आँखाबाट पीडाका नदीहरू बगिरहे बाँच्ने आस्थामाथि जल मज्जाले पुग्यो । यसो भनौँ जिउने आस्था आँँसुसँगै बर्सियो । बर्सिएर आफैंलाई निथु्रक्क भिजाएर पनि मेरो बाँच्ने आस्था कहिल्यै ढलेन र गलेन ।

मैले पुरस्काको आशा राखेकी थिइनँ
झमक घिमिरे०६७ सालको मदन पुरस्कार विजेता साहित्यकार
युवा उमेरमै मदन पुरस्कार पाउनुभएको छ । कस्तो अनुभूति गर्नुभएको छ ?
युवाहरूको तर्फबाट यो खुसीको कुरो हो । मैले भन्नुपर्दा यो दबिएको आवाजको स्ाारपूर्ण मूल्यांकन हो । 
पुस्तक लेखिरहँदा यसले मदन पुरस्कार जित्ला भन्ने सोच्नुभएको थियो ?
पुस्तक लेखिरहँदा त्यस्तो लागेको थिएन । लेखिसकेपछि पनि आशा त्यति थिएन । तर, योग्य छ जस्तोचाहिँ लागेको थियो ।
मदन पुरस्कार झमक घिमिरेले पाएको हो कि 'जीवन काँडा कि फूल’ पुस्तकले ?
'जीवन काँडा कि फूल'ले ।
पुरस्कार तपाईंको कृतिका लागि होइन, तपाईंकै लागि दिइएको हो भनेर आलोचना गर्नेहरू पनि छन् नि ?
यो मदन पुरस्कार गुठीलाई सोध्नुहोस् । 
तपाईं साहित्यकार पारिजातलाई आफ्नो आदर्श मान्नुहुन्छ । पारिजातले पनि मदन पुरस्कार पाउनुभएको थियो । पारिजातलाई किन आदर्श मान्नुभएको ? 
आदर्श होइन, उहाँलाई श्रद्धाचाहिँ गर्छु । 
पुरस्कारले तपाईंको आगामी लेखनमा के प्रभाव पार्ला ?
जिम्मेवारीबोध भएको छ । 
धनकुटा बस्दा काठमाडौंले मोफसलको बेवास्ता गर्छ भन्नुहुन्थ्यो । अहिले त काठमाडौंमै बसिरहनुभएको छ । के फरक रहेछ त ?
मोफसल र काठमाडौं जोड्न खोजेँ मैले । खास अहिले पनि म मोफसल (धनकुटा) मै बस्छु । 
पारिजातपछि कुनै महिला लेखकले मदन पुरस्कार पाएका थिएनन् । के यसअघिका महिलाले मदन पुरस्कारयोग्य कृति लेखेका थिएनन् ? 
यो कुरो म जान्दिनँ ।
सरकारले तपाईंलाई राष्ट्रिय विभूति घोषणा गर्ने चर्चा पनि छ । कस्तो लागिरहेको छ ?
यो विषयमा मलाई त केही थाहा छैन !
***
आफ्नै नजरमा झमक ?
संघर्ष र धैर्यताको निरन्तरता ।
तपाईंका खुसी ?
कसैले उन्मुक्त बनेर हाँसेका वेला ।
कतिवेला दुःखी हुनुहुन्छ ?
कसैले कमजोर भन्दा ।
झमकको कमजोरी ?
कसैलाई बढी विश्वास गर्ने ।
झमकका बलिया पक्ष ?
कला र विचार ।
पछुतो लाग्ने कुनै गल्ती ?
छैन, त्यस्तो ।
कतिवेला रुनुहुन्छ ?
एक्लो जिन्दगी दुःखेको वेला । 
कतिवेला भावुक हुनुहुन्छ ?
लेख्दै जाँदा कहिलेकाहीँ भावुक बनिन्छ ।
कतिवेला संयमित हुनुहुन्छ ?
दुःखको वेला ।
तपाईंका आदर्श व्यक्तित्व ?
समयले जन्माएका सबै पात्रहरू ।
तपाईंले सबैभन्दा घृणा गर्ने व्यक्ति ?
त्यस्तो मान्छे, जसले स्वाभिमान झुकाउँछ ।
मनपर्ने पुस्तक ?
जीवनको मूल्य बोकेका सबै ।

हौसला बढाउन आफु जे पनि गर्न तयार

हुनत भारतीय मोडल पुनम पाण्डेले यसअघि झुट बोलिसकेकी छिन् त्यसैले उनले भनेका कुरा पत्याउन गाह्रो हुन्छ । किनकी गएको विश्वकप क्रिकेट भारतीय टीमले जितेमा आफु नाङ्गिने घोषणा गरेकी पुनम भारतले उपाधि जित्दा आफुले बाचा पूरा गरिनन् । तर अहिले फेरि उनले अर्को पासा फ्याँकेर सबैको ध्यान आकर्षित गरेकी छिन् । पुनमले भारतीय क्रिकेट टिमको हौसला बढाउन आफु जे पनि गर्न तयार रहेको भन्दै इंगल्याण्ड विरुद्धको आसन्न टेष्ट क्रिकेटका क्रममा दुनियालाई छक्क पार्ने काम गर्ने घोषणा गरेकी छिन् । उनले सेप्टेम्बर २ देखि सुरु हुने टेष्टका क्रममा इण्डियन टीमलाई मोटिभेट गर्न हंगामा मच्चाउने बताएपनि कस्तो हंगामा हो भन्ने कुरा बताएकी छैनिन् । आफुले स्वदेशी क्रिकेट टीमलाई शिर्ष स्थानमा देख्न चाहेको भन्दै पुनमले आफ्नो टि्वटर वालमा त्यसको लागि आफुले बबाल गर्ने बताइन् ।
पुनमले मच्चाउने हंगामा कस्तो हो त्यो अहिले कसैलाई थाहा छैन । तर अनुमान के पनि गरिएको छ भने उनले त्यस दिन आफ्नो नग्न तस्वीर सार्वजनिक गरेर हंगामा मच्चाउने सम्भावना छ । पहिलेको बाचा पनि पूरा गर्ने र अहिले भारतीय टोलीलाई पनि हौसला दिने पुनमको काइदा हुनसक्छ त्यो । तर आफ्नी चेलीको नांगो फोटो देखेर भारतीय खेलाडि कति हौसिने हुन् ? त्यो भने हेर्न बाँकी छ ।

युवा महिला म्यानेजरले पुरुषको भन्दा बढी तलब पाउन थाले


एक दशकयता महिला शिक्षामा हासिल गरेको उपलब्धिका कारण युवा महिलाले बढी कमाउन थालेका छन्

बि्रटेनमा युवा महिला म्यानेजरले पुरुषको भन्दा बढी तलब पाउन थालेको सर्वेक्षणले देखाएको छ । मंगलबार सार्वजनिक भएको सर्वेक्षणको प्रतिवेदनअनुसार युवा महिला म्यानेजरको वाषिर्क तलब २१ हजार नौ सय ६९ पाउन्ड रहेको छ । यो तलब उही उमेर समूहका पुरुष म्यानेजरको भन्दा करिब ६ सय पाउन्ड बढी हो । 
तर, चार्टर्ड म्यानेजमेन्ट इन्स्िटच्युटका अनुसार सबै समूहका महिला म्यानेजरको हिसाब गर्दा भने अहिले पनि महिलाले पुरुषको तुलनामा २५ प्रतिशत कम तलब पाउँछन् । सर्वर्ेक्षण करिब ३४ हजार म्यानेजरमा गरिएको थियो । यसैगरी, सर्वेक्षणमा तलबमा भेदभावसम्बन्धी सरकारी तथ्यांकको पनि प्रयोग गरिएको थियो । 
सर्वेक्षणअनुसार गत वर्ष २० नाघेका फुलटाइम काम गर्ने महिला म्यानेजरले आफ्नै उमेर समूहका पुरुषले भन्दा २.१ प्रतिशत बढी कमाएका थिए । एक दशकभन्दा बढीदेखि महिला शिक्षामा हासिल गरेको उपलब्धिका कारण युवा महिला म्यानेजरले पुरुषको भन्दा बढी कमाउन सफल भएको सर्वेक्षणकर्ताले बताएका छन् । 
तर, पुरुष कार्यकारी प्रमुखले महिलाको तुलनामा वाषिर्क रूपमा दश हजार पाउन्ड बढी कमाउने गरेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा करिब ३५ हजार कार्यकारी प्रमुखको तलबको अध्ययन गरिएको थियो । पुरुष र महिला कार्यकारी प्रमुखबीचको पारिश्रमिकको खाडल गत वर्षभन्दा यो वर्ष ५ सय पाउन्ड बढी भएको छ । महिला कार्यकारी प्रमुखको तलब पनि पुरुषको तुलनामा बढी रहेको छ । महिला कार्यकारी प्रमुखको तलब यही दरमा बढेको खण्डमा अबको सय वर्षमा मात्र महिला र पुरुषको तलब समान हुने चार्टर्ड म्यानेजमेन्ट इन्स्िटच्युटले बताएको छ । 
तर, निम्नस्तरका महिला कार्यकारी निर्देशकको हकमा भने पुरुषको तुलनामा महिलाले केही बढी कमाएको देखिएको छ । 
चार्टर्ड म्यानेजमेन्टका पोलिसी तथा रिसर्च निर्देशक पेर्टा विल्टन भन्छिन्, 'निम्नस्तरका महिला निर्देशकले पुरुष सहकर्मीबराबर कमाउँदा हामी खुसी भएका छौँ । तर, यस वर्षको सर्वेक्षणअनुसार निजी व्यापारिक संस्थाले महिला र पुरुषबीचको तलबको भेदभाव बढाइराख्न सहयोग गरेको देखिएको छ । पुरुष कार्यकारी प्रमुखलाई बढी तलब दिँदा सम्भावित महिला क्षमता एक्लिएको छ ।' 
यस्तो भेदभावपूर्ण व्यवस्थापनले बि्रटिस बिजनेसलाई नराम्रो असर गरेको पनि उनले बताइन् । यस्तो भेदभाव हटाउन सबैले पहल गर्नुपर्ने पनि पेर्टाले बताइन् ।

महिलाका रौँ खौरिँदा पानीको सत्यनाश

एउटा पुरुषले दाह्री जुँगा खौरिँदा कति पानी उपयोग गर्छ होला ? अवश्य पनि निकै कम। एकचोटीमा एकदुइ लिटर।महिलाको त दाह्री जुँगा नै नआउने त्यसैले दाह्री खौरिँदा पानी सकिने कुरै आएन।त्यसैले महिला मित्रहरु यहीँ कुरालाई समातेर पुरुषलाई पानीको खर्चालु भनेर आरोप लगाउनुहुन्छ होला ।
तर अब फुर्ति नलगाए हुन्छ ।अनुहारमा दाह्रीजुँगा नआएपनि अरु ठाउँका रौँ खौरिँदा महिलाले पुरुषले भन्दा कैयौँ गुणा पानीको नोक्सान गर्ने गरेको तथ्य हालै सार्वजनिक भएको छ । बेलायतमा गरिएको अध्ययनका अनुसार त्यहाँ महिलाले खुट्टाका रौँ खौरिँदा वर्षेनी करोडौँ लिटर पानी खर्च हुनेगर्छ।पानी वितरक सस्था थेम्स वाटरका अनुसार बेलायतका महिलाले खुट्टाका रौँ खौरिँदा मात्र वर्षको ५० अर्व लिटर पानी खर्च गर्छन् । बेलायतभरीका महिलाले सरिरका रौँ खौरिँदा यति धेरै पानी खर्च गर्छन् की त्यसले पूरै लण्डन सहरका बासिन्दालाई एक महिनाभरी उपयोग गर्न पुग्छ।
वास्तवमा तीनमा एक जना महिलाले रौँ खौरिँदा नभ्याउन्जेल धारा बन्द नगर्ने गरेकाले पानी बढि खपत हुने गरेको थेम्स वाटरको भनाइ छ । यसो गर्दा महिलाले प्रति मिनेट १० लिटर पानी नोक्सान गर्दा रहेछन् । यसरी दुबै तिघ्राका रौँ खौरिँदा औषतमा तीन मिनेट लाग्ने र हप्तामा तीन चोटीका दरले हिसाब गर्दा एउटी महिलाले वर्षमा रौँ खौरिनका लागि मात्र ४ हजार ६ सय ८० लिटर पानी खर्च गर्ने बताइएको छ । थेम्सले रौँ खौरिँने बेला धारा खुलै नछाड्न र पखाल्ने बेलामा मात्र धारा खोल्न महिलालाई आग्रह गरेको छ । हामीले महिलालाई रौँ खौरिनु हुँदैन भनेका छैनौँ, खौरिने कार्य गर्दा पानीको बढि नोक्सान नगरौँ मात्र भनेका छौँ , थेम्स वाटरका प्रवक्ता सिमोस इभान्सले भनेका छन् ।

घर पालुवा जनावरसँगै ....................

के तपाइर्ं आˆना बालबालिकाको रहर पूरा गरिदिने नाममा कुकुर वा बिरालोजस्ता घर पालुवा खरिद गरिदिने सोचमा हुनुहुन्छ ? त्यसो हो भने होस गर्नुहोस् है घर पालुवासँग हुर्किएको तपाईंको बच्चामा भोलि कतै घुर्ने समस्या देखा नपरोस् । विशेषहरूले गरेको पछिल्लो अध्ययन अनुसार घर पालुवा जनावरसँग हुर्किएका बालबालिकामा पछि गएर अधिक घुर्ने समस्या देखापर्ने र यसबाट अल्पायुमै मृत्युको शिकार हुनुपर्ने स्थिति समेत निर्माण हुनेछ । स्वीडेनस्थित युनेआ विश्वविद्यालयका प्राध्यापक कार्ल ˆ्रयांकलिनको नेतृत्वमा भएको सो अनुसन्धानमा घुर्ने आदत भएको १५ हजार पाँच सय जनालाई सहभागी तुल्याएको थियो र उनीहरूको बाल्यावस्थाका बारे समेत सोधपुछ गरिएको थियो । सहभागीमध्ये झण्डै ८० प्रतिशतभन्दा बढीले आˆनो बाल्यावस्था घर पालुवा जनावरसँगै बितेको जवाफ दिएका थिए ।
चिकित्सकहरूका अनुसार घर पालुवा जनावरसँगै खेल्ने र सुत्ने बानीले बालबालिकामा श्वास प्रश्वाससम्बन्धी र कानसम्बन्धी समस्या उत्पन्न हुने बताएका छन् । घुर्ने आदत प्रकरान्तरले श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो र यो आदतले मानिसमा मुटु रोगको जोखिम बढाउने पनि चिकित्सकहरूको भनाइ छ ।

अग्लो सन्तान चाहनु हुन्छ भने ....................

 सुन्दा अनौठो लाग्छ सक्छ । तर पोल्याण्डका बैज्ञानिकहरुको दावीअनुसार यदि श्रीमान श्रीमतिको जन्म एकै सहरमा भएको छ भने उनीहरुबाट जन्मने बच्चाको उचाई कम हुने गर्दछ । त्यसैले यदि तपाई पनि अग्लो सन्तान चाहनु हुन्छ भने श्रीमति यस्ता छान्नुस् जसको माइत तपाईको गाउँसहरभन्दा निकै ढाटा होस् ।
 पोल्याण्डका बैज्ञानिकहरुले जेनेटिक्समा गरेको अध्ययनअनुसार यदि श्रीमान श्रीमति एउटै सहर वा गाउँका छन् भने उनीहरुको सन्तान तुलनात्मक रुपले टाढा जन्मिएका आमाबाबुबाट जन्मने सन्ताभन्दा कम उचाईका हुन्छन् । यसको कारण जेनेटिक बताइएको छ । शोधका अनुसार अलग अलग क्षेत्रमा जन्मेका आमाबाबुको जीन्समा एकै सहरमा जन्मे जोडीको तुलनामा कम समानता हुने गर्दछ । पोलिस एकेडेमी अफ साइन्सेजका एन्थ्रोपोलजी विभागका दारियुज ड्यानलले यो शोध गरेका हुन् ।
 उनका अनुसार जेनेटिक विविधताबाट बच्चाको शरीर अन्य बच्चाको तुलनामा बढी प्रभावी ढंगले काम गर्दछ । ‘लाइभ साइन्सेसमा प्रकाशित अध्ययनमा ड्यानलले यो प्रभाव बच्चामा ६ देखि १८ वर्षकाबीच विकास अवधिमा देखिने गर्दछ । शोधार्थीहरुका अनुसार कुनै बच्चाको उचाई उसको आमाबाबुको उचाई र सामाजिक, आर्थिक स्थितिमा निर्भर रहने गर्दछ ।

भगवानले बोनसको ४ वटा थप औँला

सामान्य मानिसका हरेक हात खुट्टामा ५-५ वटा गरी २० वटा औँला हुन्छन् । तर क्युवामा एक जना यस्ता मानिस छन् जसका हरेक हात र खुट्टामा ६-६ वटा औँला छन् । २४ वटा औँला भएको योआन्द्री हर्नान्डेज ग्यारिडोले आफुलाई भगवानले बोनसको रुपमा दिएका ४ वटा थप औँलाप्रति ठूलो गर्व छ ।
बोनसमा औँला पाउँदा ग्यारिडोलाई जिवन निर्वाह गर्न सहज भएको छ किनकी आफ्नो फोटो खिच्नेहरुबाट पैसा असुलेरै उनले सानदार जिवन बिताएका छन् । नगरुन् पनि किन ? ग्यारिडोले कसैले आफ्नो फोटो खिच्न मन गर्यो भने दश डलर लिएर एक चोटी क्लिक्क पार्न अनुमति दिन्छन् । जबकी क्युवाका सामान्य नागरिकको औषत मासिक आम्दानी २० डलर मात्र छ । मेरो जागिर छैन , त्यसैले यिनै औँलाका कारण बाँचेको छु , ग्यारिडो भन्छन् ।
मानिसमा धेरै औँला हुनु सामान्य हो तर हरेक हातखुट्टामा १-१ ओटा थप सग्ला औँला हुनु भनेको निकै दुर्लभ छ । त्यसैले झ्वाट्ट हेर्दा उनका हात औँला नगने सम्म थप औँला छ भन्ने छुट्टाउन गाह्रो हुन्छ ।

ग्यारिडो एकचोटी आफ्नो उपचार गराउन एकजना डाक्टरकोमा गएका रहेछन् । संयोगले ती डाक्टर राष्ट्रपति फिडेल क्यास्ट्रोको पनि उपचार गर्ने डाक्टर रहेछन् । त्यसपछि ती डाक्टरले ग्यारिडोलाई २४ वटा सग्ला औँला भएको एकमात्र व्यक्ति घोषणा गरेपछि ग्यारिडोको चर्चा सुरु भएको थियो ।
ग्यारिडोलाई बाल्यकालमा आफ्नो औँलाको कारण बेहोर्नुपरेको पीडाको सम्झना रहेछ । एकदिन उनलाई विद्यालयमा शिक्षकले ५ मा ५ जोड्दा कति हुन्छ ? भनेर सोध्दा उनले नजानेपछि दुइ हातका औँला गनेर जवाफ दिन शिक्षकले अह्राएछन् । तर ग्यारिडोले दुइ हातका सबैँ औला गन्ोर १२ भन्ने उत्तर दिएछन् । हातका औँला गन्न समेत नजानेको भनेर शिक्षकले उनलाई गाली गरेछन् तर उनका हातमा ६-६ वटा औँला भएको पत्तो पाएनछन् ।
सानो हुँदा ६ वटा औलाका कारण अरुले घृणा गर्ने गरेको भएपनि अहिले भने ग्यारिडोलाई बोनसका औँला वरदान बनेका छन् ।

यस्तो लिपिस्टिक

धेरै पुरुष साथीहरुलाई आफ्नी प्रेमिका, पत्नी वा सेक्स पार्टनरको यौनचाहना वा सम्भोगकोे मूड नबुझेर हैरान भएको हुनसक्छ । कहिलेकाहीँ उनलाई सेक्स गर्ने इच्छा नभएको बेला कर गर्नुहुन्छ होला र कहिलेकाहीँ उनको चाहना बढेको बेला ध्यान दिनुहुन्न होला । तर अब यस्तो हैरानीबाट मुक्त हुने बेला आएको छ ।
अमेरिकाको एक कम्पनीले यस्तो लिपिस्टिक (लाली) को उत्पादन गरेको छ जसबाट महिलाको सेक्स गर्ने मूड बुझ्न सकिन्छ । क्यालिफोर्नियाको एक कम्पनीले उत्पादन गरेको लिपिस्टिक महिलाको ओँठमा लगाएपछि महिलाको मूड अनुसार त्यसको रंग बदलिन्छ । त्यसैले लिपिस्टिकको रंग हेरेर तपाइँले आफ्नो महिला पार्टनर सेक्सको लागि मानसिक रुपमा तयार छिन् की छैनन् भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ ।
समाचारका अनुसार महिलाको यौन उत्तेजना वा चाहना बढेको बेला वा महिला सम्भोगका लागि इच्छुक भएको बेला लिपिस्टिकको रंग गाढा बन्दछ भने महिलामा यौन चाहना नभएको बेला यसको रंग फिक्का हुन्छ ।
यो लिपिस्टिक किन्दा एक कलर चार्ट पनि पाइन्छ जसमा लिपिस्टिकको रंग कस्तो हुँदा यौन चाहना कस्तो हुन्छ भन्ने जानकारी दिइएको हुन्छ । त्यसकारण महिलाको ओँठमा लगाएको लिपिस्टिकको रंग हेरेर आफुसँग भएको चार्टसँग दाँजेपछि पुरुषले आफ्नी सेक्स पार्टनरको यौन चाहनाको बारेमा बुझ्न सक्छन् । जसको कारण महिलालाई मन नलागेको बेला कर गर्ने र मन लागेको बेला ध्यानै नदिएर निरास पार्ने पीडाबाट मुक्त हुन सकिन्छ ।
१२ पाउण्ड मूल्य पर्ने यो लिपिस्टिक अमेरिका र बेलायतमा चर्चित भैसकेको छ । यदि यसको बजार विस्तार गर्न सके अरु देशमा पनि यसको माग उच्च हुने पक्का छ । अझ नेपालमा आयो भने यसको खपत कति होला कुन्नी ?

यौन उत्तेजना र स्तनबीचको सम्बन्ध

 
 सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने गर्दछ । तर, यस्तो किन हुन्छ ? यो कुरा अहिलेसम्म कसैले पनि भन्न सकेको थिएन ।
तर अब चिन्ता गर्न आवश्यक छैन । किनभने अमेरिकाको रट्गर्स युनिभर्सिटीका मनौवैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् । उनीहरुका अनुसार निप्पल पनि महिलाहरुको दिमागको त्यही भागमा संवेदना संचार गराउँछ, जुन हिस्साबाट महिलाको अन्य जनन अंग जोडिएका हुन्छन् ।
शोधकर्ताहरुले यो कुरा पनि पुष्टि गरेका छन् कि आफ्नो यौन जीवनको सुरुवाती दिनमा कयौ महिलाको निप्पल पनि कामोत्तेजक अंगको रुपमा अधिक सक्रिय रहन्छ ।
शोधकर्ताहरुले यसको जाँचका लागि २३ देखि ५६ वर्ष उमेर समूहका ११ जना महिलाको ब्रेन स्क्यान गरे र यस सम्बन्धमा महत्वपूर्ण जानकारी एकतृत गरेका थिए

Monday, August 29, 2011

व्यक्ति जति सुन्दर हुन्छ उ त्यति नै स्वार्थी

अब अनुहारको सुन्दरताबाट धोका नखानुस्, बरु अनुहारबाट मानिसको पहिचान गर्नुस् ।
यदि तपाई आफ्नो वरपर कुनै सुन्दर अनुहार छ भने मोहित हुनु आवश्यक छैन । उसको सुन्दरताको प्रशंसा गर्नुअघि उसको आनीबानीमा ध्यान दिनुस् । बेलायतको बार्सिलोना युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार व्यक्ति जति सुन्दर हुन्छ उ त्यति नै स्वार्थी हुने गर्दछ ।
यति मात्र होइन, उ कसैलाई सहयोग वा सद्भाव राख्नुमा समेत विश्वास गर्दैनन् । यही कम सुन्दर मानिस सहयोग र सद्भावका लागि सधैं अघि सर्ने गर्दछन् ।
अनुसन्धानकाअनुसार यो सबै दावी ‘प्रीजनर्स डैलीमा’ मोडलमा आधारित छ । यसमा प्रत्येक खेलाडीलाई बाज र परेवा बन्ने अवसर दिइएको थियो । अनुसन्धानमा भर्निको छ कि कतै न कतै हर कुनै व्यक्ति आफ्नो सुन्दर शरीरको कामना गर्दछ ताकि उ चुस्त रहन सकोस् ।

किशोर अवस्थामा सेक्स सम्बन्ध ,विच्छेद चाँडै


युनिभर्सिटी अफ इवोआको एउटा शेधका अनुसार विवाहअघि किशोर अवस्थामा सेक्स सम्बन्ध कायम
गर्ने महिलाहरुको सम्बन्ध विच्छेद चाँडै हुने गर्दछ । सर्वेक्षणका अनुसार जुन ३१ प्रतिशत महिलाले
आफ्नो किशोर अवस्थामै पहिलो पटक सेक्स गरे, उनीहरुको वैवाहिक जीवनमा सम्बन्ध विच्छेद
विवाहको पाँच वर्षभित्रै भयो, जबकि ४७ प्रतिशत महिलाको सम्बन्ध विच्छेद १० वर्षभित्र भएको पाइयो ।
यो सर्वेक्षणबाट जुन महिलाले विवाहअघि वयस्क हुँदासम्म सेक्स गरेनन्, उनीहरुको केवल १५ प्रतिशत

मात्रैको सम्बन्ध विच्छेद पाँच वर्षमा भयो, २७ प्रतिशतको १० वर्षभित्र भयो । यो सर्वेक्षण म्यारिज
एण्ड फ्यामिली जनरलको अप्रील अंकमा प्रकाशित छ ।

आमाबुबा बन्न चाहनुमा मुख्यतः तीन कारण

सन्तानको चाहना महिलामा मात्र हुँदैन । पुरुषमा समेत पिता बन्ने तीव्र लालसा हुन्छ । तर पुरुष यो इच्छाको दाँजोमा यौनलाई बढी महत्त्व दिने गर्छन् । यो अर्को कुरा हो । कन्सास स्टेट युनिभर्सिटीको एक दलका अनुसार बेबी फिभर -सन्तानको इच्छा) सामान्यतः महिलामा हुन्छ । तर पुरुष पनि यसबाट मुक्त रहँदैनन् । उक्त अध्ययन दलमा सम्बद्ध प्रा. मेरी ब्रास भन्छिन्, 'बेबी फिभरबारे के धारणा थियो भने व्यक्तिविशेषलाई अचानक बच्चाको चाहना हुन्छ । यसलाई सामान्यतः महिलासँग जोड्ने गरिए पनि हामीले पुरुषको मामिलामा समेत यो कुरा लागू हुने पायौं ।' अनुसन्धाताहरूका अनुसार आमाबुबा बन्न चाहनुमा मुख्यतः तीन कारण हुन्छन् । पहिलो हो- सामाजिक-सांस्कृतिक पाटो । व्यक्तिविशेष किन बच्चा चाहन्छन् भने उनीहरूलाई सानैदेखि कुटुम्वबारे पढाइएको हुन्छ । महिलाचाहिँ समाजले उनीहरू आमा बन्ने अपेक्षा राख्ने गरेकाले सन्तान चाहन्छन् । 
दोस्रो कारण हो- पतिपत्नीबीच अंशको अवधारणा । अरूहरूका सुन्दर शिशुलाई देखेपिच्छे उनीहरू त्यसप्रति आकर्षण जाग्छ र आपmना पनि छोराछोरी हुन् भन्ने सोच्छन् ।
तेस्रो कारणचाहिँ भावनात्मक हुन्छ । विवाहित जोडीको मस्तिष्कको एक खण्डबाट अर्को खण्डमा सन्देश जान्छ- बच्चा जन्माउने उद्देश्यले समय राम्रो छ ।
प्रा. ब्रास भन्छिन्, 'कहिले तपाईंलाई बच्चाको चाहना हुन्छ, कहिले तपाईं आफूसँग धनसम्पत्ति होस् भन्ने चाहनुहुन्छ, कहिले प्रसिद्घकिो कामना गर्नुहुन्छ, अथवा कहिले यौनको चाहना गर्न थाल्नुहुन्छ । हामीले धेरै महिला-पुरुषलाई उपर्युक्त चाहनाहरू तिनमा कुन क्रममा छ भनी सोधेका थियौं ।'
पहिलो नम्बरमा बालबालिका नै रहेको जवाफ आयो । बेबी फिभर पुरुष र महिला दुवैमा समान रूपले पाइन्छ । महिलालाई यौनभन्दा बढी चाहना बच्चाको थियो भने पुरुषको सोच यसभन्दा विपरीत थियो । उनीहरूसँग बच्चाको चाहना हुनु वा यसको इच्छा नहुनुको कारण के हो भनेर पनि सोधिएको थियो । प्रा. ब्रासका अनुसार बालबालिकाप्रति सकारात्मक  र नकारात्मक दुइटै धारणा राख्ने मान्छे भेटिए ।
बालबालिका रुचाउनुको सकारात्मक कारण थियो- बच्चालाई काखमा बोक्नु, उसको देखभाल गर्नु, उसका खेलौना वा कपडाको चिन्ता आदि । नरुचाउनुको कारण थियो- बालबालिको रुवाइ, उनी दिसापिसाब सफा गर्ने टेन्सन आदि । तेस्रो पाटो बच्चा हुनासाथ उसको शिक्षा, करिअर, धन र सामाजिक जीवनसँग जोडिएको थियो ।  रसायन कमीले चिढिन्छन् पुरुष बि्रटिस वैज्ञानिकहरूका अनुसार पुरुषमा चिढिने बानी मस्तिष्कमा पाइने एक प्रकारको रसायनको अभावले विकसित हुन्छ । उनीहरूले केही पुरुष किन आवेशमा आएर तुरुन्त निर्णय लिन्छन् भन्ने समेत अध्ययन गरे । त्यसले के देखायो भने आवेशमा रहने पुरुषको मस्तिष्कमा गाबा (जिएबिए) नामक रसायन अनुपस्थित हुन्छ ।
यो रसायनको काम मस्तिष्कको कोषिकालाई सूचना पठाउनुहुन्छ । कार्डिफ विश्वविद्यालयका केही विद्यार्थीको निर्णय लिने परिस्थितिमा निरीक्षण गरियो र त्यही समयमा उनीहरूको मस्तिष्कको गतिविधिलाई समेत नापियो । परिणाम के पाइयो भने मस्तिष्कको गतिविधि कम हुनेहरूमा तुरुन्त निर्णय लिने सम्भावना धेरै बढी थियो । अध्ययनकर्ता प|mेडरिक ब्वाई भन्छन्, 'पुरुषलाई आवेग नियन्त्रण राख्न किन कठिनाइ हुन्छ भन्नेबारे खोजी गरिसकेका छौं ।'
सुन्दर चिजले पक्कै पनि सबैलाई लोभ्याउँछ । तपाईं सुन्दर अनुहारको राम्रो साथीको खोजीमा हुनुहुन्छ भने अब ध्यान दिनुहोला किनकि एउटा नयाँ अनुसन्धानले सुन्दरतालाई स्वार्थीपनसँग जोडेको छ । बि्रटेनको एडिनबर्ग विश्वविद्यालयले गरेको एक अनुसन्धानले अनुहारको सुन्दरताबाट मानिसको पहिचान गर्न सकिने यस्तो दाबी गरेको हो । अनुसन्धान अनुसार व्यक्ति जति सुन्दर हुन्छ ऊ त्यति नै स्वार्थी पनि हुन्छ । यति मात्र होइन, ऊ कसैको सहयोगमा समेत विश्वास राख्दैन तर कम सुन्दर मानिस सहयोग गर्न सदैव तत्पर रहन्छ । अनुसन्धानले राम्रो साथीको खोजी गर्दा उसको हाउभाउ र व्यवहारमा समेत ध्यान दिनुपर्ने बताएको छ ।
अनुसन्धानका क्रममा ८३ वर्ष उमेर समूहसम्मका २ सय ९२ व्यक्तिको अनुहार अध्ययन गरिएको थियो । अध्ययनमा अनुहारको मुख्यतः १५ वटा विशेषतामा ध्यान दिइयो । यसअन्तर्गत आँखा, मुख नाक र कानको स्थितिलाई सामेल गरिएको थियो । उनीहरूको अनुहारमा यी पक्षको उपयुक्त सामाञ्जस्य पाइएको थिएन । जसको अनुहारमा विषमता पाइयो उनीहरूको जीवन संघर्षपूर्ण रहेको र बाल्यकाल अप्ठ्यारोमा व्यतीत भएको थियो ।
आकर्षक देखिने व्यक्तिहरू आफनो बारेमा मात्रै सोच्ने गरेको अनुसन्धानको दाबी छ । अनुसन्धानको यस्तो  दाबी 'पि्रजनर्स डेलीमा' मोडेलमा आधारित छ । यसमा प्रत्येक खेलाडीलाई बाज र परेवा हुने मौका दिइन्छ । अनुसन्धानमा हरेक व्यक्ति आपmनो सुन्दर शरीरको कामना गर्छ ताकि फिट रहन सकियोस् ।

बिहेपछि किन मोटाउँछन् महिला ?

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ । त्यसैले अहिले भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो ।
महिलाहरुले बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् ।
अध्ययनकर्ताहरुले पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । बिहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।

Saturday, August 27, 2011

यौनले शारीरिक सन्तुष्टि प्रदान मात्र गर्दैन


बाल्यावस्थादेखि नै केही कुरामा हाम्रो नकारात्मक धारणा बनेको पाइन्छ, जसका कारण हामी यिनबाट टाढा रहन्छौं तर अनेकौं शोधअनुसार नराम्रा मानिएका केही कुरा स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छन्।

घिउ : स्वास्थ्यप्रति सजग आधुनिक मानिसहरू घिउलाई विष सरह मान्छन् र बोसो बढाउने तत्वको दर्जा दिएर त्यसलाई नकार्छन्। यसो गर्नु राम्रो होइन। आयुर्वेदमा घिउलाई अमृतको दर्जा दिइएको छ। घिउ मात्र फ्याट होइन। पानी निकालिएको बटर मिल्क भएकाले पचाउन सजिलो छ। यसबाहेक घिउमा एन्टी बीटा कोरोटिन र भिटामिन 'इ' पाइन्छ जसले शरीरलाई फ्री रेडिकल्ससित लड्ने शक्ति प्रदान गर्छ। घिउले मस्तिष्कको विकासमा सहायक भूमिका खेल्नुका साथै पेटको भ्युस लाइनिङलाई ठीक राख्छ। यसले एसिड एल्कालाइन्को सन्तुलन कायम गर्छ। यसको फाइदा तब मात्र प्राप्त हुन्छ जब यसलाई आगोमा पकाइँदैन त्यसकारण घिउलाई धूवाँ निस्कने गरी पकाउनु हुँदैन।

ब्याक्टेरिया : प्राय: ब्याक्टेरियालाई बिरामी र फोहोरसित जोडेर हेरिन्छ तर यो सोच पूर्णरूपले ठीक होइन। हालै गरिएको शोधबाट के सिद्ध भएको छ भने कतिपय ब्याक्टेरियाबाट स्वास्थ्य राम्रो हुन्छ। वैज्ञानिकहरूका अनुसार प्रोबायोटिक र पि्रबायोटिक ब्याक्टेरियाको सेवनले कोलोन क्यान्सरको खतरा कम हुन्छ। यसले व्यक्तिको इम्युनसिस्टम र पाचन प्रणालीलाई बलियो बनाउँछ। केही शोधकर्ताका अनुसार ब्याक्टेरियायुक्त खाना सेवन गर्नाले मोटाबोलिक तथा इम्युनसम्बन्धी समस्या हुँदैन। एन्टिबायोटिक औषधि खाएपछि यसको सेवन गर्नाले डायरिया हुने खतरा कम हुन्छ।

कफी : सामान्यतया कफी स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्तो सोच पनि पूर्णरूपमा सही होइन। वास्तवमा कफी हाम्रो स्वास्थ्यका लागि लाभदायक छ। चिकित्सकहरूका अनुसार केफटिन हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ। केफटिनमा भएको एन्टी अक्सिडेन्टले डायविटिजको खतरालाई कम गर्छ। यसले लिभर र आमाशयमा हुने गम्भीर रोगबाट पनि जोगाउँछ। कफी सेवनले पुरुषको तुलनामा महिलालाई बढी फाइदा गर्छ। हालै गरिएको एक शोधअनुसार दिनमा तीन-चार कप कफी पिउने महिलाको स्मरण शक्ति तुलनात्मक रूपले कफी नपिउने महिलाको भन्दा राम्रो हुन्छ। यति मात्र होइन कफीले हृदयाघात एवं कोलोन क्यान्सरको खतरा पनि कम गर्छ।

चकलेट : डार्क चकलेट स्वास्थ्यका लागि फाइदाजनक छ। चकलेटमा फ्लावनोल र प्रोसाइनिडिन्स नामक एन्टी अक्सिडेन्ट हुन्छ। यसले मुटु र रक्तबाहिकाको रक्षा गर्छ र विशेष प्रकारको क्यान्सर हुन दिँदैन। यसबाहेक यसले डिमेन्टिया -मस्तिष्क रोग) बाट पनि रक्षा गर्छ।

क्रोध : भनिन्छ क्रोध ठीक होइन। अत: क्रोधलाई दबाएर राख्नुपर्छ। यद्यपि क्रोधलाई शरीरभित्र दबाएर राख्नु स्वास्थ्यका दृष्टिले राम्रो होइन। विशेष कारणवश उत्पन्न क्रोध शरीर भित्रै रहे ब्लडप्रेसर बढ्छ। आफूभित्र क्रोध दबाएर राख्दा उसले आफ्नो स्वभाव बदल्नुपर्छ। हालै गरिएको शोधका अनुसार मनको द्वेष निकालेर फाले मानिस बढी संयमित हुन्छ र उसले आशावादी जीवन बिताउन सक्छ। शोधअनुसार मनको रिस निकाल्नु रिस दबाउनु र लामो समयसम्म पाल्नुभन्दा राम्रो हो। धेरै समयसम्म क्रोधित रहनाले हाई ब्लडप्रेसर, अनिद्रा, फोक्सो तथा मुटुको समस्या हुने खतरा बढ्छ।

यौन : हाम्रो समाजमा यौनलाई मात्र आनन्द र मस्तीसित जोडेर हेरिन्छ। यौन स्वास्थ्यका लागि कति फाइदाजनक छ, यस विषयमा कमै चर्चा गरिन्छ। यौनले शारीरिक सन्तुष्टि प्रदान मात्र गर्दैन, यसले कतिपय शारीरिक फाइदा पनि प्रदान गर्छ। वैज्ञानिकहरूका अनुसार सुखी वैवाहिक जीवन बिताउनेहरूको आयु लामो हुन्छ। तिनलाई क्यान्सर, हृदयसम्बन्धी रोग आदि हुने खतरा कम हुन्छ। यौनले शरीरमा अक्सिटोसिनको मात्रा बढाउँछ, यसबाट आराम र शान्ति प्राप्त हुन्छ। जो सातामा दुई-तीन पटक यौन क्रियामा संलग्न रहन्छन्, तिनलाई हृदय रोगको खतरा अरूलाई भन्दा ५० प्रतिशत कम हुन्छ।

आलस्य : हालै गरिएको एक अनुसन्धानअनुसार आरामदायक दैनिकी निर्वाह गर्ने व्यक्तिले स्वस्थ जीवन बिताउँछन्। पूर्ण निद्रा, आराम, मन मुताविक काम र कुनै प्रकारको चिन्ता नहुनु स्वस्थ जीवनका लागि आवश्यक छन्। निद्राले स्ट्रेसलाई कम गर्छ। त्यसैले ८ घन्टाको निद्रा अत्यावश्यक मानिन्छ। यसले डायविटिज, हाई ब्लडप्रेसर, मोटोपन, हृदयसम्बन्धी रोग आदिको खतरा कम गर्छ। आराम गर्नाले तनाव कम हुन्छ र डिप्रेसन हुँदैन।

छेडछाड र मस्ती : फ्लर्टिङ र मस्ती गरेर पनि स्वस्थ रहन सकिन्छ। यद्यपि फ्लर्टिङ हल्काफुल्का हुनुपर्छ। ख्यालटट्टा सीमित हुनुपर्छ। ख्यालठट्टा एवं मस्ती गर्नाले स्ट्रेस कम हुन्छ र मस्तिष्कले पोजेटिभ ढंगले काम गर्न थाल्छ। फ्लर्टिङ मानसिक र शारीरिक रूपमा स्वस्थ महसुस गर्ने एउटा उपाय हो। हालै गरिएको अनुसन्धानमा ८५ प्रतिशत मानिसले फ्लर्टिङ अर्थात् ख्यालठट्टा गर्दा आफू योङ र सेक्सी महसुस गरेको बताए। त्यसैगरी ३६ दशमलव ५ प्रतिशतले फ्लर्टिङबाट हल्का महसुस गरेको जिकिर गरे।

रुवाइ : धेरै रुनुलाई राम्रो मानिदैन। यद्यपि आँसुले मानसिक तनाव कम गर्छ र शरीरबाट टक्सिन बाहिर निकाल्न सहयोग गर्छ। मानिसहरू रोएर आफ्नो दु:ख व्यक्त गर्छन् र शारीरिक एवं मानसिक रूपबाट बढी स्वस्थ हुन्छन्। हाँस्दा जस्तै रुँदा पनि तनाव कम हुन्छ। रुँदा मस्तिष्कको पीडा कम गर्ने इन्जाइम स्राव हुन्छ। अत: रोएर आफ्नो दु:ख-पीडा कम गर्नु राम्रै हो।

रेड वाइन : रेड वाइन स्वास्थ्यका लागि राम्रो हुन्छ। रेड वाइनमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ र त्यसले हृदयको धमनीको रक्षा गर्छ। रेड वाइन अंगुरबाट बनाइन्छ र अंगुरमा बाहिरी मात्रामा रेस्वराट्रल र एन्थेसियानिस नामक दुई प्रकारका एन्टी अक्सिडेन्ट पाइन्छन्, जसले हृदयको रक्षा गर्छन्। यसबाहेक रेड वाइनले रेस्वाट्रल, अल्जाइमर तथा गिजाको पीडाबाट पनि रक्षा गर्छ। एक शोधअनुसार जसले तीन ग्लास रेड वाइन सेवन गर्छन् तिनलाई अरूको तुलनामा कोलोन क्यान्सरको खतरा कम हुन्छ। यसबाहेक रेड वाइनमा पाइने एन्टी अक्सिडेन्टले रगतमा चिनीको मात्रालाई सन्तुलित राख्छ। ह्वाइट वाइनमा पाइने एन्टी अक्सिडेन्टले पनि हृदयाघातको खतरा कम गर्छ।

कतिपय किशोरी स्लिम हुने रहरले व्रत बस्छन्.......


महिलाहरू व्रत बस्न निकै रुचाउँछन्। उनीहरू जति धेरै व्रत बस्यो उति नै श्रीमान्की प्यारी हुन पाइन्छ भन्ने मनस्थितिका कारण पनि सकिनसकी व्रत बस्छन्। महिलाहरूले बस्ने वाषिर्क व्रत जोड्दा सालाखाला ५२ देखि १ सय २५ दिन हुँदो रहेछ। यो अंक केही थोरै वा अझ बढी हुनसक्छ। व्रत बस्ने कारण विभिन्न भए पनि अधिकांश हिन्दू महिलाको व्रतको उद्देश्य आफ्ना श्रीमान् तथा सन्तानको सु-स्वास्थ्य तथा दीर्घायुको कामना हुन्छ। कतिपय किशोरी स्लिम हुने रहरले व्रत बस्छन्।

महिलाहरूले लिने व्रतमध्ये एउटा व्रत भाद्र शुक्ल पक्ष पञ्चमीका दिन पर्छ। यो दिन खासगरी महिलाहरू अरुन्धतीसहित कश्यप आदि गरिएका ऋषिको पूजा-आराधना गर्छन्। यो दिनको व्रत तथा पूजा गरेपछि महिलाहरूले आफू महिनावारी भएको बेला जानी-नजानी गरेको छातछुतको पाप मोचन हुन्छ भन्ने शास्त्रीय एवं लौकिक मान्यता छ। ऋषिपञ्चमीका अवसरमा महिलाहरू पूजाआजा मात्र गर्दैनन्। नाचगान गरी निकै रमाइलो पनि गर्छन्। महिलाहरूले गर्ने यही पूजा तथा नाचगानको अवलोकन गर्ने सिलसिलामा ऋषिपञ्चमीको एक बिहान म काठमाडौंको कुलेश्वरस्थित ऋषेश्वर मन्दिर पुगें। त्यहाँ महिलाहरू विशेष स्नान गरी रातो पहिरन, चुरा तथा पहेंला-हरिया पोतेमा सजिएर महादेवको दर्शनका लागि लामो लाइनमा उभिएका थिए। त्यही लाइनमा उभिई महादेवको दर्शन गरी फर्किर्एका केही महिलासँग अलग-अलग गरी आफ्नो जिज्ञासा राखें,

'तपाईं ऋषिपञ्चमीको व्रत किन बस्हुन्छ ? सबै महिलाबाट एउटै उत्तर आयो-'महिनावारीका बेला जानी-नजानी गरेको पाप पखाल्न।' यही जिज्ञासा मैले त्यहाँ आएका किशोरीहरूसँग राखें। उत्तरमा उनीहरू हि हि हि गर्दै हाँसे र भने 'हाम्रा सबै साथी बस्छन् त्यसैले'

८-१० जनासँग सामान्य कुरा गरेपछि त्यहाँ पुग्ने किशोरी तथा महिलाका कुरा मैले बुझिहालें। ऋषिपञ्चमीको पूजा मन्दिरमा मात्र नभई घरटोलमा समेत गरिन्छ। थप केही महिलाको मनसाय बुझ्न म विशालनगरस्थित एउटा ठूलो घरमा पुगें। संभ्रान्त तथा शिक्षित देखिने महिलाहरू त्यो घरको आँगनमा बडो भक्तिभाव तथा उमंगका साथ पूजामा व्यस्त थिए। ब्राह्मणले पूजाविधि पढ्दै थिए। महिलाहरू उनले भनेअनुरूप गर्दै थिए। यो विधि लामै रह्यो। अन्त्यमा पूजा सकेर बाहिरिएका महिलाहरूमध्ये मैले एउटीसँग कुरा गरें। उनी थिइन्-कलेजमा अर्थशास्त्र विषय पढाउने शिक्षिका। ती शिक्षिकाका शब्दहरू अघिल्ला महिलाहरूका भन्दा फरक थिए, तर सार उही थियो। एउटै सार 'परम्परादेखि चलिआएको चलन गर्नैपर्‍यो नि।'

मैले अन्य केही व्रतालु महिलाको कुरा पनि सुनें। अब यो पूजा गराउने गुरुका कुरा के होलान् भनी म पुगें गुरुकहाँ। ती धर्मगुरु थिए-संस्कृतमा उत्तरमध्यमा उत्तीर्ण। शास्त्र-पुराणको ज्ञान भएका। विद्वान् गुरुका रूपमा पुजिएका। मैले उनलाई महिलाहरूसँग सोधिएको उही प्रश्न सोधें। मेरो जिज्ञासाको उत्तरमा उनले शास्त्रमा रटेका कुरा सुगाले झैँ दोहोर्‍याउँदै गए-'त्रेता युगमा देवराज इन्द्रले वृत्रासुर नामको एक राक्षसको हत्या गरे। वृत्रासुर ब्राह्मणकुलीन थियो तसर्थ देवराजलाई ब्रह्महत्याको पाप लाग्यो। यसबाट त्रसित हुँदै देवराज इन्द्र ऋषिहरूलाई लिएर ब्रह्माकहाँ पुगे र पाप मोचनको उपाय सोधे। ब्रह्माले त्यो पापलाई चार भागमा बाँडे। पहिलो भाग आगोको ज्वालामा पठाए। दोस्रो नदीको बाढीमा। तेस्रो पर्वतमा तथा चौथो नारीको मासिक रक्तस्रावमा बाँडे। त्यसपछि ऋषिहरूले महिलाहरू महिनावारी भएका ३ दिनमध्ये पहिलो दिन चण्डालस्वरूपा, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी सरह हुनेछन् भनी बताए। यी तीन दिनमा नारीले पुरुष वा अरू कसैलाई छोए ऊ सोहीअनुरूप पाप भागिनी हुनेछ भनी बताए।' गुरुको यस्तो शास्त्रीय कथन सुनेर म अलमल्ल परें। अझ स्पष्ट रूपमा बुझाउन गुरुजीले पुराणमा लेखिएको अर्को कथा सुनाए-'सुमित्र नामक ब्राह्मणकी पत्नी जयाश्री महिनावारी भएका बेला छातछुत गर्दै हिँड्थिन्। एकपटक सुमित्रका छोरा सुमित आफ्ना मृत बाबुआमाकोे श्राद्ध गर्न बसेका थिए। त्यसैबेला आफ्नो घरको कुकुरले उनको भान्सा छोयो भनी त्यसलाई नराम्रोसँग कुटे। त्यसैदिन खेतमा घरको गोरु पनि दिनभर जोतिएको थियो। राति गोठमा ती दुई कुकुर र गोरु आपसमा कुरा गरिरहेको सुनेपछि ओहो यी त मेरा मातापिता पो रहेछन्। कुन पापले यो जुनीमा गए भनी बुझ्न अरुन्धती -वशिष्ठ पत्नी) कहाँ पुगे। अरुन्धतीले जयाश्रीले आफू महिनावारी हुँदा पतिलाई छोई जथाभावी गरेको हुँदा कुकुर्नीकोे जुनी तथा पति गोरुको जुनीमा गएको बताइन्। यो जानकारीबाट दु:खी भै आफ्ना मृत बुवाआमालाई पशु योनिबाट मुक्ति दिलाउने उपाय खोज्दा अरुन्धतीले भाद्र शुक्ल पञ्चमीका दिन महिलाहरूले शुद्ध भएर सप्तऋषिको पूजा-आराधना गरे पशु योनिबाट मुक्त हुनेछन् भनी बताइन्। सुमितले सोहीबमोजिम गरी मृत बुवाआमालाई कुकुर र गोरुको जुनीबाट मुक्ति दिलाए। त्यसपछि यो व्रत महिलाहरूले लिंदै आएका छन्।'

महिनावारीका बेला भएको पाप मोचनका लागि गरिने ऋषिपञ्चमीको व्रत विधि विशेष प्रकारको हुन्छ। व्रतालुहरू हात-गोडाका नङ काटी सफा पार्छन्, गंगाको तिरमा गएर ३ सय ६५ दतिवनका कुड्का प्रयोग गरी त्यति नै पटक दाँत माझ्छन्। हात-गोडामा गोबरमाटो लगाई पखाल्छन्, ३ सय ६५ पटक स्नान गर्छन्। शरीरका अंगअंग सफा गर्छन्, दतिवनको पात प्वालप्वाल परेको भाँडोमा राखी छहरा बनाई नुहाउँछन्। यस किसिमले शारीरिक शुद्धता अपनाइसकेपछि महिलाहरू मन्दिर वा घरमा समूहमा बसी सप्तऋषिको पूजा-आराधना गर्छन्। पूजा विधिका लागि प्रयोग हुने सामग्री दूबो, फूल, जौ, तिल, अक्षता धूप, बत्ती, फलफूल आदि सबै ३ सय ६५ वटा गनेर चढाइन्छ। हरेक कुरा ३ सय ६५ पटक गर्नुपर्ने हुँदा पूजा विधि लामो हुन्छ। पूजा सकिएपछि महिलाहरू सानो केराउको दाना मिसाई पकाइएको कर्कलोसँग भात खान्छन्। मन्दिरमा गएका महिलाहरू दिनभर काँक्रो तथा फलफूल खाँदै नाचगान गरी रमाइलो गर्छन्।

ऋषिपञ्चमीको यथार्थ सन्देश

हाम्रो संस्कृतिका हरेक चलनले स्वस्थ जीवनका लागि विशिष्ट सन्देश दिएका छन्। यसको सही व्याख्या गर्न नजान्दा हामी पाप र धर्म दुई शब्दमा कुरा टुंग्याउँछौं। ऋषिपञ्चमीको व्रतले खासगरी महिलालाई स्वस्थ र प्रसन्न रहन महत्वपूर्ण सन्देश दिएको छ। तसर्थ यसभित्रका यथार्थ कुरालाई पन्छाएर वैज्ञानिक आधारबिनाका कथाका आधारमा पर्वको व्याख्या गर्नु समयानुकूल हुँदैन। हरेक दिन गर्नुपर्ने सरसफाइका क्रियाकलाप वर्षको एकदिन गरेर हुँदैन। सचेत मानवले हरेक कुरालाई स्वीकार गर्नुअघि यसको वैज्ञानिक रहस्य पत्ता लगाउनुपर्छ।

ऋषिपञ्चमीले दिएका केही महत्त्वपूर्ण सन्देश निम्नानुसार हुन सक्छन् :

व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने

एक वर्षमा ३ सय ६५ दिन हुन्छन्। हरेक अंगलाई ३ सय ६५ पटक धुनुपर्नेे व्रतको यो विधिले महिलाले आफ्नो दैनिक सरसफाइमा सधैं ध्यान दिनुपर्छ भन्ने कुरा बताइएको छ। महिलाहरूले आफू महिनावारी भएका बेला व्यक्तिगत सरसफाइमा अझ बढी ध्यान दिनुपर्छ। यस्तो बेला शरीरका अंगहरू ख्ाासगरी गुप्ताङ्ग पटकपटक सफा पानीले धुनुपर्छ। महिनावारीका बेला अघिपछिभन्दा बढी पसिना बग्ने तथा रक्तस्राव हुने हुँदा शरीर फोहोर हुन्छ र गन्ध आउँछ। शरीरलाई सफा राख्न दिनहुँ नुहाएर कपडा फेर्नुपर्छ भन्ने यो पर्वको पहिलो र अत्यन्त महत्त्वपूर्ण सन्देश हो।

पोषिलो खाना खाने

स्वस्थ हुन पोषिलो खाना खानुपर्छ। पटकपटक व्रत बसिरहँदा तथा खानामा ध्यान नदिँदा महिलाहरू दुर्बल हुन्छन्। पोषिलो खानाको अभावमा हाम्रो देशमा धेरै महिला रक्तअल्पताको सिकार भएका छन्। ऋषिपञ्चमीका दिन खाइने कर्कलोमा रगत बढाउने लौहतत्व धेरै हुन्छ। महिनावारीसँग जोडिएको यो व्रतले यो अवस्थामा महिलाहरूको शरीरबाट रगत बग्ने हुँदा शरीरमा रगतको कमी हुन नदिन पोषिलो खाना खानुपर्छ भन्ने दोस्रो सन्देश दिएको छ।

मन प्रसन्न राख्ने

चिकित्सकहरू भन्छन्-महिलाका ५० प्रतिशत रोग मनको दिक्दारीका कारण लाग्छ। मन प्रसन्न नहुँदा शरीरमा एक किसिमको हार्मोन उत्पन्न हुन्छ जुन शरीरको कुनै ठाउँमा गएर गाँठो पर्छ। टाउको दुख्ने, पेट दुख्ने, शरीर भारी भएको अनुभव हुने आदि दिक्दारीका परिणाम हुन्। तीज तथा ऋषिपञ्चमीमा महिलाहरू मनको बह पोख्दै गीत गाउँछन्, नाच्छन् र रमाउँछन्। यो पर्वको तेस्रो सन्देश हो।

महिलाहरू एकजुट हौं

ऋषिपञ्चमीको पूजा महिलाहरू समूहमा बसेर गर्छन्। समूहमा गर्दा छुटपुट भएका पूजा सामग्री साम्य हुन्छ भन्ने भनाइ छ। समूह भनेको बल हो। आपसमा मिले बलियो भइन्छ। महिलाहरू एकजुट भै मिलेर गरे कुनै पनि काममा सफलता पाइन्छ भन्ने बलियो सन्देश यो पर्वको चौथो सन्देश हो।

पर्वले दिएका यी महत्त्वपूर्ण सन्देशलाई मनन गर्न सके 'हरहर पाप हर ' को सुनुवाइ अवश्य हुनेछ


Monday, August 22, 2011

आफन्तबाटै बलात्कृत हुन्छन् नाबालक

Add caption

कोटेश्वरमा बस्दै आएका हेटैडाका दिदीबहिनी पिंकी र रश्मी पछिल्ला पाँच वर्षदेखि निरन्तर आफ्नै बाबुबाट बलात्कृत हुँदै आए। उनीहरूले भोगेको मानसिक र शारीरकि यातनाको कथा बयान गरसिाध्ये छैन। विश्वास नै गर्न नसकिने यस्ता घटनाले दमित यौन भोकका विकृत स्वरूप मात्रै उजागर गर्दैनन्, समाजभित्रको मौलाउँदो हिंस्रक यौन व्यवहारको प्रवृत्ति पनि प्रस्ट पार्छन्। समाजशास्त्रीहरू यस्ता घटनालाई सिंगो समाजको प्रतिविम्बभन्दा पनि व्यक्तिमा निहित मनोविज्ञानलाई कारक ठान्छन्।

यस्ता कतिपय घटना संयोगले मात्रै सार्वजनिक हुने गरेका छन्। गत वैशाख पहिलो साता काठमाडौँको कालीमाटीकी तीन वर्षकी बालिका आफ्नै काकाको छोराबाट बलात्कृत भइन्। घरमा अरू कोही नभएका बेलामा बलात्कृत भएकी बालिकाले पिसाब गर्ने बेलामा योनिबाट रगत आएपछि मात्रै घटनाको रहस्योद्घाटन भएको थियो। बलात्कारी दाजुले कसैलाई भनेमा मारििदने धम्की दिएपछि उनी मौन रहेकी थिइन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको फरेन्सिक मेडिसिन विभागमा चैतयताका चार महिनामा मात्रै २० वटा बालयौन दुराचारका घटनाको चिकित्सकीय परीक्षण भएको थियो। विभागका डाक्टर मनोज श्रेष्ठका अनुसार परीक्षण गरिएका अधिकांश घटनाका पीडित १५ वर्षभन्दा मुनिका नाबालक थिए। डा श्रेष्ठ भन्छन्, "अधिकांश पीडित आफन्तबाटै यौन हिंसाका सिकार बनेका छन् र अधिकांश आफ्नै घरमा बलात्कारको सिकार बनेका छन्।"

नाबालकमाथिको यौनहिंसाको अवस्था कतिसम्म डरलाग्दो छ भन्ने अर्को उदाहरण हो, काठमाडौँकै महाराजगन्जको घटना। वर्षौंदेखिका चिनेजानेका छिमेकका एक सेक्युरटिी गार्डबाट आफ्नी साढे तीन वषर्ीया छोरी बलात्कृत भएपछि तरकारी व्यापार गर्दै आएकी आमा सुशीला चिकित्सकीय परीक्षणका लागि फरेन्सिक मेडिसिन विभागमा पुगेकी थिइन्। सुशीला भन्दै थिइन्, "सधैँ आउने, माया गर्ने, चक्लेट किनिदिने मान्छेले नै यस्तो घीनलाग्दो काम गर्ला भनेर सोचेकै थिइनँ।"

बालबालिकाको क्षेत्रमा काम गररिहेको गैरसरकारी संस्था चिल्ड्रेन ओमन एन्ड इन सोसल सर्भिस एन्ड ह्युमन राइट्स -सीडब्लूआईएसएच)ले सन् २०१० मा काठमाडौँ उपत्यका र बनेपामा मात्रै ४९ वटा बालयौन दुराचारका मुद्दा हेरेको थियो। तीमध्ये २७ वटा मुद्दा अदालती प्रक्रियामा प्रवेश गरेका थिए। संस्थाका अनुसार अधिकांश यस्ता घटनामा बालबालिका आफन्तबाटै यौनहिंसाको सिकार भएका थिए। संस्थामा दर्ता भएका घटनालाई हेर्दा ७६ वर्षका वृद्धले १२ वर्षकी बालिकालाई बलात्कार गरेका घटनादेखि ४२ वर्षका अधबैँसेले साढे दुई वर्षकी बच्चीलाई बलात्कार गरेकासम्मका घटना छन्।

भ्वाइस अफ चिल्ड्रेन नामक गैरसरकारी संस्थाले केही वर्ष पहिले गरेको एक अध्ययनले ६३ प्र्रतिशत बालबालिका विभिन्न खालका यौन दुराचार खेप्न बाध्य भएको नतिजा निकालेको थियो। महिला तथा बालबालिका सेवा निर्देशनालयकी डीआईजी किरण बज्राचार्य समाजमा बढ्दो पश्चिमाकरण र बढ्दो अपराधीकरणसँगै बालयौन दुराचारको घटना पनि बढेको बताउँछिन्। उनका अनुसार प्रहरीमा आउने घटना त ४० प्रतिशत मात्रै हुन्।

नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रको वाषिर्क प्रतिवेदन अनुसार विद्यालय गइरहेका ३३ दशमलव ५ देखि ४५ प्रतिशत बालबालिका यौन दुव्र्यवहारबाट प्रभावित छन्। त्यस्तै विद्यालय जाने अवसरबाट वञ्चित काठमाडौँ उपत्यकाका घरेलु बालश्रमिकमध्ये करबि ५६ प्रतिशत बालबालिका यौन दुव्र्यवहारबाट प्रभावित छन्। प्रतिवेदनका अनुसार १३ देखि १८ प्रतिशत बालबालिकालाई प्रत्यक्ष खालका यौन दुव्र्यवहारको सिकार भइरहेका छन्।

अस्थिर सामाजिक जीवन र कमजोर आर्थिक धरातलमा उभिएको नेपाली समाजमा पछिल्ला वर्षका पाशविक प्रकृतिका यौनहिंसाका घटनामा बढोत्तरी भएको तथ्यांकले देखाउँछ। नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रको वाषिर्क प्रतिवेदनका अनुसार आर्थिक वर्ष ०६४/६५ मा भएका जबरजस्ती करणीका ३ सय ८२ घटनामध्ये २ सय ६५ वटा घटनामा १६ वर्षमुनिका बालबालिका पीडित रहेका थिए। प्रतिवेदनका अनुसार ती घटनामा १ सय ९ जना १३ देखि १६ वर्ष उमेरका, एक सय जना ८ देखि १२ वर्ष उमेरका र ५६ जना सात वर्षभन्दा कम उमेरका बालबालिका रहेका थिए। प्रतिवेदन अनुसार बलात्कारका घटनामा संलग्न अभियुक्त ३६ देखि ४५ वर्ष उमेर समूहका ६१ जना र ४६ वर्षभन्दा बढी उमेर समूहका २८ जना रहेका थिए। वयस्क उमेर समूहबाट हुने बलात्कारका घटनाले दमित यौनइच्छाभन्दा पनि हिंस्रक यौन मनोविज्ञानको यस्ता घटनाका निम्ति कारक रहेको मान्न सकिन्छ।

केन्द्रको तथ्यांक अनुसार ०६४/६५ को तुलनामा आर्थिक वर्ष ०६५/६६ यौन दुव्र्यवहारका अपराधमा २२ प्रतिशतले वृद्धि भएको देखिन्छ। यस्तो वृद्धि ०६५/६६ मा भन्दा ०६६/६७ झन्डै ३५ प्रतिशत बढी देखिन्छ। आर्थिक वर्ष ०६६/६७ मा मात्र ३ सय ७६ वटा जबरजस्ती करणीका उजुरी केन्द्रमा दर्ता भएका थिए। ०६६/६७ मा दर्ता भएका यौनहिंसाका ४ सय ८६ जना पीडितमध्ये ३ सय ६९ जना -७६ प्रतिशत) १८ वर्षभन्दा कम उमेरका बालबालिका रहेका थिए। यस्तो तथ्यले बाल यौनहिंसाको भयावह तस्िबरलाई सार्वजनिक गर्छ।

सामाजिक र महिलाका क्षेत्रमा विभिन्न अध्ययन-अनुसन्धान गरेका पूर्वअतिरक्त प्रहरी महानिरीक्षक गोविन्दप्रसाद थापाका अनुसार अपरििचतभन्दा पनि आफन्तबाटै बालबालिका यौनशोषणमा परेका छन्। आफ्नै बाबुबाट वर्षौंदेखि यौनशोषणमा पर्दै आएकी कोटेश्वरकी दिदीबहिनी यसैका उदाहरण हुन्। त्रिवि शिक्षण अस्पतालमा आउने बाल यौनहिंसाका घटनामध्ये अधिकांशमा आफन्त र नातेदारकै संलग्नता रहेको देखिन्छ। डा श्रेष्ठ भन्छन्, "कतिपय विश्वास गर्न नसकिने मान्छेबाट वषार्ंैदेखि लगातार यौनशोषण भइराखेका घटनासमेत सार्वजनिक हुने गरेका छन्।"

पूर्वअतिरक्त प्रहरी महानिरीक्षक थापाले सन् २००७ देखि सन् २००९ सम्म रूपन्देही, कपिलवस्तु र नवलपरासीमा बाल यौन दुव्र्यवहारका २१ वटा घटनाको वषार्ंैसम्मको मिहीन अध्ययनले त्रुटिपूर्ण कानुनी प्रणालीकै कारण यस्ता घटनाका पीडितले न्याय पाउन नसकेको निष्कर्ष निकालेका थिए। थापा भन्छन्, "अधिकांश घटना कानुनी प्रक्रियामै प्रवेश गर्दैनन् र गरेकाहरू पनि निष्कर्षमा पुग्दैनन्।" उनको अध्ययनमा सौतेला बाबुबाट सात वर्षदेखि यौनशोषणमा परेकी बालिकादेखि शिक्षित परिवारमा समेत यौनहिंसाका सिकार खेपेका सन्तानसम्म थिए। उनले गरेको अध्ययनमा तीनवटा घटनामा आफ्नै बाबुबाट छोरी बलात्कृत भएका घटनासमेत थिए। पाँचवटा घटना त पुलिसकहाँ दर्ता नै भएनन्। थापा भन्छन्, "यस्तो तथ्यले नेपाली समाजभित्र रहेको अपत्यारलिो र क्रूर यौनहिंसा र त्यसलाई समाजभित्रै लुकाउने परपिाटीको उजागर गर्छ।" आफ्नै बाबुबाट वषार्ंैदेखि बलात्कृत हुँदासमेत घटना सार्वजनिक गर्न डराउने तथ्य यसैको एउटा उदाहरण हो।

पिंकी र रश्मीको घटनाको अध्ययन गररिहेका प्रहरी निरीक्षक कुमारविक्रम थापा भन्छन्, "पत्यार नै गर्न नसिकने यस्ता घटना दमित हिंस्रक यौन व्यवहारका परिणाम हुन्।" पिंकीका बाबुले अपराध स्वीकारसिकेका छन्। तर, अधिकांश यस्ता घटनामा भने पीडक पक्राउ पर्दैनन्। बालिका बलात्कार गरेपछि फरार रहेका महाराजगन्जका सेक्युरटिी गार्ड यसका उदाहरण हुन्।

अधिकांश नाबालक बलात्कारका घटनामा पीडितले पर्याप्त प्रमाणको अभावमा कानुनी उपचार पाउँदैनन्। बलात्कृत भएका अधिकांश घटना समयमै प्रहरी कार्यालयमा दर्ता हुँदैनन्। दर्ता भएका घटनामा पनि पर्याप्त प्रमाणको संकलन विधिको अपर्याप्तताका कारण मुद्दा निष्कर्षमा पुग्न सक्दैनन्। कतिपय अवस्थामा त चिकित्सकको लापरबाहीका कारण पीडितले न्याय पाउन सक्दैनन्। ललितपुरको टोखाकी बालिकाको घटना यसै सन्दर्भको उपयुक्त उदाहरण हो।

गत माघ पहिलो साता टोखाका दुई दिदीबहिनीलाई उनीहरूकै होटलबाट चिनेजानेकै चार जना स्थानीयले अपरहणपछि नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। घटनापछि १६ मंसिर ०६७ मा प्रसूति गृहमा गरिएको चिकित्सकीय परीक्षणले उनीहरूको बलात्कार नभएको ठहर गर्‍यो। तर, २८ मंसिर ०६७ मा त्रिभुवन विश्वविद्यालय, फरेन्सिक मेडिसिन विभागमा गरेको परीक्षणले भने उनीहरू बलात्कृत भएको ठहर गर्‍यो। बालयौन दुराचारको विषयमा काम गररिहेको गैरसरकारी संस्था चिल्ड्रेन ओमन एन्ड इन सोसल सर्भिस एन्ड ह्युमन राइट -सीडब्लूआईएसएच)को कानुनी शाखाकी विकिता बस्नेत भन्छिन्, "कैयन् यस्ता परीक्षणले पीडितलाई कानुनी उपचारबाट वञ्चित गरेको छ।" उनका अनुसार यस्तो प्रवृत्तिले फलत: अधिकांश मुद्दामा प्रतिवादीहरूले मुद्दा मात्रै हार्दैनन्, मनोवैज्ञानिक समस्यासमेत खेप्न बाध्य हुन्छन्।

प्रसूति गृहलगायत अन्य अधिकांश अस्पतालमा बलात्कारजन्य घटनाको चिकित्सकीय परीक्षणमा बालिकाको कन्याजाली च्यातिएको छ कि छैन भन्ने कुरालाई मात्रै आधार मानिन्छ। रमाइलो त के भने योनिमा बाहेक अन्यत्र गरिएको अप्राकृतिक बलात्कारलाई चिकित्सकले बलात्कार नै मान्दैनन्। बालयौन दुराचारको क्षेत्रमा काम गररिहेका अधिकारकर्मी प्रशिक्षार्थी चिकित्सकले गर्ने परीक्षणका कारण बलात्कारजस्तो घटनामा पनि खेलवाड गरेको बताउँछन्। डा श्रेष्ठका अनुसार प्राविधिक रूपमा अदक्ष चिकित्सकका कारण पनि यस्ता घटनाको सही परीक्षण हुँदैन।

अधिकांश बलात्कारका चिकित्सकीय परीक्षण स्त्रीरोग विशेषज्ञ -गाइनोकोलोजिस्ट)ले गर्ने गर्छन्। चिकित्साशास्त्रको परभिाषा अनुसार गाइनोकोलोजिस्टको काम भनेको गर्भवतीसम्बन्धी अध्ययन गर्ने हो। महिला तथा बालबालिका सेवा निर्देशनालयकी डीआईजी किरण बज्राचार्यका अनुसार यस्ता चिकित्सकीय परीक्षणपश्चात् अदालतमा दायर भएका मुद्दामा डाक्टर स्वयंले अदालतमा उपस्थित भएर आफूले गरेको चिकित्सकीय परीक्षणको विषयमा बयान दिनुपर्ने हुन्छ। यही झन्झटबाट उन्मुक्ति पाउन पनि अधिकांश चिकित्सकले बलात्कार नभएको नतिजा निकाल्छन्। त्यसो त पीडितको बयान, उसको स्वास्थ्य, घटनास्थलमा भेटिने प्रमाण जस्तै : वीर्य, रगत आदिको संकलन गर्ने व्यवस्थित प्रणालीको अभावमा बालयौन दुराचारका मुद्दाहरू कमजोर बन्ने गर्छन्।

थोरै मात्र सार्वजनिक हुने यस्ता बालयौन दुराचारका घटना कमजोर चिकित्सकीय परीक्षणका कारण बीचमै तुहिन्छन्। डा श्रेष्ठका अनुसार अस्पतालमा परीक्षणका लागि आएका घटना लामो समयावधिका कारण घटनाका सबुत मेटिने सम्भावना बढी हुने गरेको छ।

समिति नै सही बालयौन दुराचारसम्बन्धी भएका अध्ययनले समाजको यौन मनोविज्ञान विकृत हुँदै गएको देखाएको छ। बालबालिका आफन्तबाटै बलात्कारको सिकार हुने प्रवृत्ति बढ्नु भनेको नैतिकता र सामाजिक मान्यतामा ह्रास पनि हो। यसका ठोस कारण र समाधानका उपायको गहन अध्ययन नभए समाज अनुशासनहीन हुँदै जाने निश्चित छ।

(सबै पीडितको नाम र ठेगाना परविर्तन गरिएको छ।)

एउटा सामान्य बहरले जिवनकालमा औषतमा ५० पटक सम्भोग गर्छ

धेरै हिरो हिरोइनहरु फलानो फिल्म खेल्ने भनेर आउँदो वर्षका लागि समेत अनुबन्धित हुन्छन् । तर भारतको हरियाणामा भने एउटा साँढे नै विशेष काम गर्न आगामी २ वर्षका लागि बुक भएको छ । गोपाल नाम गरेको त्यो साँढे कुनै फिल्म खेल्न बुक भएको होइन । उन्नत जातका गाइलाई गर्भवती बनाउनु उसको एकमात्र काम हो ।
अहिले सम्म ४ सय ८६ पटक सम्भोग गरिसकेको १४ वर्षे गोपालको माग हरियाणामा मात्र नभएर गुजरात र पञ्जावमा समेत ठूलो माग छ । त्यसैले सन् २०१३ सम्मको आफ्नो व्यस्त सेड्युलमा उसले पंजाब र गुजरात सम्मका यौन साथीसँग रमाइलो गर्नुपर्नेछ ।
हरियाणाको सानोश्रा गौशालामा रहेको यो साढेलाई आफ्नो गौमाता सँग समागम गराउन चाहनेले पहिले नै नाम लेखाउनु पर्ने र त्यसपछि पालो कुर्नुपर्ने गौशालाका कर्मचारी परेश सिंह झाला बताउँछन् ।गोपालको माग यतिधेरै हुनुको मुख्य कारण भनेकै उसबाट जन्मिने भाले सन्तान निकै बलिया हुने र पोथी सन्तान निकै दुधालु हुनु हो । अरु बहरसँगको समागमबाट जन्मिएका बाच्छीहरुले भन्दा गोपालका छोरीहरुले औषतमा डेढ प्रतिशत बढि दुध दिने बताइएको छ ।
एउटा सामान्य बहरले जिवनकालमा औषतमा ५० पटक सम्भोग गर्छ । तर ४ सय ८६ पटक रोमान्स गरिसकेको गोपाल भने अझै दुइ वर्षको लागि पहिले नै अनुबन्धित भैसकेको छ । गोपालले अझै ७ वर्ष यौनकार्य गर्नसक्ने गौशालाका कर्मचारीहरु बताउँछन् । वर्षमा जुन र डिसेम्बर महिनामा विश्राम गर्ने गोपालले अरु दश महिना जोडतोडका साथ आफ्नो पुरुषार्थ देखाउने गरेको छ ।

अमेरिकामा स्तन देखाउने दिवस

दिवस पनि थरीथरीका ! अमेरिकामा हिजो मात्र बुबु (स्तन) देखाउने दिवस मनाइएको छ । झण्डै ९० वर्षअघि महिलाले भोट हाल्ने अधिकार पाएको दिनको सम्झनामा अमेरिकामा हरेक वर्ष अगष्ट २१ मा राष्ट्रिय स्तन देखाउने दिवस (नेशनल टपलेस डे) मनाउने गरिएको छ ।

अचम्म लाग्न सक्छ, भोट हाल्न पाएको दिनको सम्झनामा किन स्तन देखाएर दिवस मनाउनु ? झनै सभ्य भएर थप अधिकारकोे माग गर्नुपर्ने हो । तर दिवस मनाउने हरुले अनौठो तर्क पेश गरेका छन् । उनीहरु भन्छन् जसरी मताधिकारको मामिलामा पुरुष र महिलाबीच समानता छ त्यसैगरी सरिरका अंग देखाउन पाउने सबालमा पनि महिलालाई पछि पारिनु भएन । अर्थात् पुरुषले जस्तै खुलेआम छाति खोलेर स्तन देखाएर महिला हिड्न पाउनुपर्यो ।अमेरिकाका विभिन्न सहरमा स्तन देखाउने दिवस अगष्टको अन्तिम हप्ता सप्ताहव्यापी रुपमै मनाउने गरिएको छ । महिलालाई स्तन देखाएर हिड्न छुट भएका न्यूयोर्क, वासिंटन तथा पोर्टल्याण्ड लगायतका सहरमा मात्र होइन नग्नता प्रतिबन्धित रहेका शिकागो, मियामी तथा सन फ्रान्सिस्को जस्ता सहरमा पनि धूमधामसित स्तन देखाउने दिवस मनाइन्छ । रोचक कुरा दिवसका अवसरमा छाति नांगै गराएर र्‍याली निकाल्ने महिलाको हुलमा पुरुषहरु पनि थपिएका हुन्छन् । र्यालीमा बोकिएका प्लेकार्डमा लेखिएको हुन्छ, पुरुषले देखाउँछन् भने हामीले किन ढाक्नु ?

Friday, August 19, 2011

टाइट होस् या लुज, कुर्तासुरुवाल मिलाएर लगाउने हो भने महिलाहरू एकदमै सुन्दर देखिन्छन्

फूलको आँखामा फूलै संसार गीतबाट बढी चिनिएकी आनी छोइङ डोल्मासित फेसन वार्ता। तपाइँलाई सबैभन्दा मनपर्ने पहिरन?
साडी। साडीले महिलाको भित्री सौन्दर्य झल्काउनुका साथै नारीत्वबोध गराउँछ। अरू
पोशाकले यसो गर्न सक्दैनन्।
कुर्तासुरुवाल तपाईँलाई कस्तो लाग्छ?
कुर्तासुरुवाल नेपाली महिलाका सदाबहार पहिरन हो। टाइट होस् या लुज,
विभिन्न डिजाइनका कुर्तासुरुवाल मिलाएर लगाउने हो भने महिलाहरू एकदमै सुन्दर
देखिन्छन्।

पुरुष गायकमा तपाईँलाई सबैभन्दा फेसनेबल को लाग्छन्?
निमा रुम्बा। निमाको ड्रेसअप मलाई मनपर्छ। उनी आफूलाई सुहाउने स्टाइलमा फेसन
गर्छन्।
अहिलेको फेसन कस्तो लाग्छ?
केटीहरू टाइट र छोटो लुगा लगाउनु अथवा जस्तो पायो त्यस्तै लगाउनुलाई फेसन
ठान्छन्। फेसन भन्नेबित्तिकै छोटो लुगा लगाउन र नाइटो देखाउनैपर्छ भन्ने छैन। म
यस्ता कुरालाई फेसन मान्दिनँ। सरल, सौम्य र शालीन रूपमा प्रस् तुत भएर पनि फेसन गर्न सकिन्छ।

मानिसको जीवनमा फेसन कति अपरिहार्य छ?
समाज हामी आफैँले बनाएका हौँ। अफिस जाँदा सुट, मन्दिर जाँदा साडी वा
कुर्तासुरुवाल, पार्टीमा जाँदा झिलिमिली लुगा लगाउँदा राम्रो देखिन्छ भन्ने सोच मानिसहरूले नै बनाएका हुन्। सुन्दर र आकर्षक देखिने चाहना सबैमा हुन्छ। फेसनले मान्छेको व्यक्तित्वलाई निखार्ने काम गर्छ। त्यसैले फेसन समाजका लागि आवश्यक छ।

आधा अनुहार ढाकेका युवा हातहातमा बियर, ल्यापटप र लट्ठी बोकेर उन्माद प्रकट गर्दै उफ्रँदै अर्कातिरबाट आए




मान्छे बहुलाउन कतिबेर लाग्छ? देश बनाउन शताब्दियौं लाग्छ, तर बिगार्न?
कुनै समय सूर्य कहिल्यै नअस्ताउने साम्राज्यका रूपमा चिनिने बेलायत यतिखेर गम्भीर संकटबाट गुज्रिरहेको छ। राजधानी लन्डनमा ठीक एक साताअघि उत्पन्न आगोको सानो फिलिंगो देख्दादेख्दै डढेलोमा परिणत भएको छ। तोडफोड, लुटपाट र आगजनीको शृंखला लन्डनका मुख्य बजार र चोक छिचोल्दै देशभर फैलिन लागेको छ।

नागरिकको जीवनमा खास असर परेको नदेखिए पनि सर्वसाधारण आतंकित हुन थालेका छन्। व्यवसायी असुरक्षित महसुस गर्दैछन्। आफ्नो सुरक्षा प्रणालीका लागि गौरव गर्ने ब्रिटिसहरूको विश्वासलाई मुख छोपेर सडकमा उत्रेका आक्रोशित र उन्मत्त युवाले नराम्ररी हल्लाइदिएका छन्।
छुट्टी मनाउन विदेश गएका प्रधानमन्त्री र नगर प्रमुख कार्यक्रम छोट्याएर फर्किए। सप्ताहन्तको रमाइलोमा डुबेका गृहमन्त्री र प्रशासक आँखा मिच्दै काममा दौडिए। केही दिनअघिमात्र नेतृत्वविहीन भएका प्रहरी हतारहतार लौरो खोज्दै मैदानमा उत्रे। सबैका लागि यो नयाँ चुनौती थियो। पूर्वमेयर बिबिसीसँग भनिरहेका थिए, '३१ वर्षयता यस्तो घटना देख्नुपरेको थिएन।'
अरू देशमा भएका हडताल, लुटपाट, आगजनी, विद्रोह र विध्वंसलाई सधैँ टेलिभिजनका पर्दामा विस्मय र कौतुहलका साथ हेरिआएका अंग्रेजहरू आफैँ यस्ता घटनाको सामना गर्न विवश भए।
पुनम क्षेत्री आफ्नो बर्थडे केक काट्दाकाट्दै बिबिसी टेलिभिजनद्वारा प्रसारित दृश्य देखेर भनिरहेकी थिइन्, 'छि, के भएको होला यस्तो? नेपालमा रोकियो, तर यहाँ पनि त्यस्तै देख्नुपर्‍यो। हिजोदेखि टिभी खोल्यो कि यस्तो मात्र देखिन्छ। यस्तो देख्यो कि म पहिलेको नेपाल सम्झिन्छु।'
मनोज आचार्यको पनि यस्तै अनुभव छ। राति कामबाट फर्किंदा उनले निकै हन्डर पाएछन्। उनको भनाइ छ, 'यो घटनाले त मलाई इराकमा केही नेपालीको हत्या भएका बेला काठमाडौंमा भएको लुटपाटको सम्झना गरायो। ऋतिक रोशन काण्डमा पनि यस्तै भएको हो।'
विपत्ति आउन धेरै ठूलो निहुँ चाहिँदैन। यो दुर्घटनाको पछाडि पनि धेरै ठूलो कारण छैन। बेलायतको यतिखेरको पहिलो प्राथमिकता ओलम्पिक खेलको आयोजना हो। सरकारको सम्पूर्ण ध्यान र शक्ति यसैमा केन्द्रित छ। ओलम्पिक सम्पन्न गर्न पहिलो पूर्वाधार शान्तिसुरक्षाको प्रत्याभूति हो। सुरक्षामा सानो चुक हुँदा कैयौं देशले ऐतिहासिक अन्तर्राष्ट्रिय आयोजनाको अवसर गुमाउनुपरेको छ। यस्तै कारण कुनै समय म्युनिख र मस्कोका ओलम्पिकहरू विवादमा परेको इतिहास साक्षी छ।
यतिखेर अमेरिकाझैं बेलायत पनि अन्तर्राष्ट्रिय आतंककारीको तारो बन्नसक्ने खतरा टड्कारै छ। इराकको आक्रोश मत्थर भए पनि तालिबान र कर्नेल गद्दाफीहरूको अस्तित्व मेटिएको छैन। अलकायदाको भूत पनि मडारिरहेको छ। त्यसैले, सरकार र प्रहरी प्रशासन स्वभावतः सुरक्षा व्यवस्थाप्रति विशेष सचेत देखिन्छन्। शंकास्पद क्षेत्रमा चेकिङ बढाइएको छ। यस क्रममा बढी सन्देहास्पद मानिस बस्ने ठाउँ भनी चिनिने टोटनहममा गत शनिबार राति जाँच गर्दा प्रहरीमाथि गोली प्रहार भयो। प्रत्युत्तरमा प्रहरीले गोली चलाउँदा मार्क दुग्गन भन्ने व्यक्तिको मृत्यु भयो। मृतक व्यक्ति शंकास्पद गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ। दाबी त के प्रमाणितै भए पनि कसैको हत्या गर्न प्रहरीले पाउँदैन। सरोकारवालाले यसलाई प्रहरी ज्यादतीका रूपमा लिए। तुरुन्तै एउटा जमात विरोध जनाउन प्रहरीकहाँ पुग्यो, अर्कातिर युवाको हुल विद्रोहको मुद्रामा तोडफोड, लुटपाट र आगजनीमा उत्रियो।


हालै मिडिया टाइकुन रुपर्ट मर्डोकद्वारा सञ्चालित ऐतिहासिक पत्रिका 'न्युज अफ दी वर्ल्ड' ले गरेको विवादास्पद फोन ह्याकिङ काण्डका सन्दर्भमा पनि प्रहरीले अपेक्षित भूमिका निर्वाह नगरेको देखिएको थियो। उक्त काण्डले १ सय ६८ वर्षको इतिहासमा कलंक बोक्दै त्यो पत्रिकाले मृत्युवरण गर्नुपर्‍यो। यसले प्रहरीप्रतिको सम्मानपूर्ण जनधारणा केही खस्केको छ। बौद्धिक समुदायमा असन्तोष बढेको देखेपछि, नैतिक जिम्मेवारी स्विकार्दै तत्कालीन प्रहरी प्रमुखले राजीनामा दिएका थिए। त्यसपछि गिरेको मनोबल उठ्न नपाउँदै भएको यो घटना प्रहरीका लागि अकल्पनीय चुनौती बनेको छ।
परिचय र अनुहारविहीन विप्लवी जमात र केही गुन्डा, लुटेरासामु एक समय झन्डै सिंगै संसार कब्जा गर्ने महाशक्ति राष्ट्रको प्रशासन निरीह भएको छ। प्रधानमन्त्री, गृहमन्त्री, मेयर, कार्यवाहक प्रहरी प्रमुखलगायतले लुटेरालाई कुनै हालतमा छुट नदिने र दोषीमाथि कारबाही हुने चेतावनी दिए पनि त्यसले कुनै असर गरिरहेको छैन। बरु नयाँ-नयाँ ठाउँ र ठुल्ठुला व्यापारिक केन्द्रमा दंगा फैलिँदै गएको छ। बिहीबार क्रोइडन १८६८ मा स्थापित पाँच पुस्तादेखि चलिआएको फर्निचरसम्बन्धी प्रसिद्ध कारखाना रिब्सलाई पनि खरानी पारियो। प्रधानमन्त्री डेभिड क्यामरुनले विप्लवीविरुद्ध कडा नीति अख्तियार गर्ने सम्भावना छ। हाल बेलायतमा कन्जरभेटिभ र लिबरल डेमोक्रेटिक पार्टीको संयुक्त सरकार छ। सरकारको नेतृत्व कन्जरभेटिभले गरेको छ।
लन्डन महानगरको एउटा चर्चित क्षेत्र हो। पंक्तिकार त्यहाँको मुख्य बजारमा घुमिरहेका बेला एउटा दुईतले बस असामान्य किसिमले सडकमा रोकिन्छ। चालकले हतार-हतार सबैलाई तुरुन्तै ओर्लन आग्रह गर्छ। असामान्य स्थितिबारे कुनै जानकारी नपाएका यात्रु अलमलमा पर्छन्। ओर्लिन इन्कार गर्छन्। कारण सोध्छन्। त्यो त चालकलाई पनि थाहा छैन। उसलाई यति निर्देशन आएको छ, 'त्यता असुरक्षाको खतरा छ, तुरुन्तै बस खाली गराऊ र ग्यारेज जाऊ।' ओर्लिन नमान्ने यात्रुप्रति चालक कठोर हुन्छ र आदेशात्मक स्वरमा भन्छ, 'तपाईंहरूकै हितका लागि हो, तुरुन्तै ओर्लनुस्, अप्ठ्यारोका लागि माफ गर्नुहोला।'
सबै ओर्लन्छन्। चालकले बस बेपत्तासँग कुदाउँछ। त्यसको पछिपछि एक हुल अश्वेत युवा आँधीझैं दौडिन्छन्। देख्नेहरू सबै अज्ञात, अनिष्टको आशंकाले त्रस्त हुन्छन्। भागाभागको स्थिति बन्छ। पसलेहरू ढोका थुन्छन्। एकैछिनमा आगोको लप्का देखियो। पसलका सिसा फुटेको आवाज आयो। घार्रघुर्र मानिस दौडिए। कोही पाखा लागेर रमिता हेरिरहे।
आधा अनुहार ढाकेका युवा हातहातमा बियर, ल्यापटप र लट्ठी बोकेर उन्माद प्रकट गर्दै उफ्रँदै अर्कातिरबाट आए। ठूला सपिङ मलमा त हमला गरेनन्, तर साना पसल र रेस्टुरेन्ट बाँकी राखेनन्। लुटेराको मुख्य लक्ष्य रक्सी, ल्यापटप, आइफोन, ब्ल्याकबेरी र पैसा रहने गरेको छ। यहाँसम्म कि, उनीहरूले पूर्वी क्षेत्रको प्रतिनिधित्व गर्ने संसद हैदी अलेकजेन्डरको मूल सडकमा रहेको निजी कार्यालय फोडेर ल्यापटप लगेछन्। लुटेराले कतै आइफोन बीस-बीस पाउन्डमा बेचिरहेका छन्, कतै सय पाउन्डमा ल्यापटप। सबै ठाउँमा लुटेराको लगभग यस्तै प्रवृत्ति देखिएको छ।
के हो यो? विद्रोह हो? यस्तो पनि विद्रोह हुन्छ? कुनै लक्ष्य छैन, माग छैन, नेता छैन, संगठन छैन। सबै स्वतस्फूर्त। यो कुनै साम्प्रदायिक वा जातीय भावनाबाट प्रेरित दंगा पनि हैन। झट्ट हेर्दा यो फगत केही उपद्रवीको ताण्डवजस्तो लाग्छ। तर यो जसरी विस्तार भइरहेको छ, त्यो कुनै संगठित आन्दोलनभन्दा कम छैन। हाम्रोजस्तो देशमा भएको भए अहिलेसम्म कति नेता वा गुटले यो आफूहरूले गराएको भनी दाबी गरिसक्ने थिए होलान्। तर, वैयक्तिक स्वतन्त्रता र शान्तिसुरक्षालाई सर्वाधिक महत्व दिने समाजमा यस्तो अवाञ्छित काममा संलग्न हुनेलाई कसैले कुनै हालतमा स्विकार्दैन।
तर, अचानक कसरी यस्तो भयो त? यी युवा किन ज्यानको माया मारेर मैदानमा ओर्लिए? किन बहुलाए? यो प्रश्नले सबैको टाउको घोचिरहेको छ। यसलाई विद्रोह नै ठान्ने धेरै छन्। लामो समयदेखि यहाँका विभिन्न कम्पनीसँग आबद्ध आर्किटेक्ट सुभाष अधिकारीको तर्क छ, 'यो बढ्दो बेरोजगारीको परिणाम हो। बेरोजगारी र आर्थिक मन्दी। मन्दीका कारण सरकारले थुप्रै दरबन्दी कटौती गर्‍यो, जसले बेरोजगारीको संख्या बढ्यो। युवालाई बेरोजगारी भत्ता दिइन्छ। भत्ताले केही काम नगरी खान पुग्छ। यसले एकातिर उनीहरूको बानी बिग्रियो भने अर्कातिर बेकामे भनी उनीहरू आत्मग्लानिबाट ग्रस्त भए। आफ्नो अस्तित्वबोध नै उनीहरूलाई भइरहेको छैन। त्यसैले सिर्जना गरेको विसंगति हो यो।'
लन्डनको टोट्नह्‍याम दंगामा भएको क्षति अघि र पछिका तस्बिरहरु।

उपद्रवीहरूलाई कसैको पनि पटक्कै डर छैन। अनुहार छोपेर आउँछन्, पसल फोड्छन्, लुट्छन्, आगो लगाउँछन् अनि चिच्याउँदै भाग्छन्। प्रहरी हेरेका हेर्‍यै हुन्छन्। नागरिक र व्यवसायी रमिते बनेर पाखा लाग्छन्। कसैले कसैलाई रोक्दैन। कुनै हस्तक्षेप गर्दैन। दुई दिनसम्म त प्रहरी पनि निरीहझैँ थियो। त्यत्रो ताण्डव मच्चिँदा पनि किंकर्तव्यविमूढ भएर बस्यो। मन्त्रिपरिषदबाट विशेष आदेश नआएसम्म प्रहरीले बल प्रयोग गर्न मिल्दैन भनियो।
आक्रमणकारीमाथि हस्तक्षेप गर्दा झुक्किएर निर्दोष व्यक्तिमाथि असर पर्‍यो भने अर्को बबाल हुन्छ। त्यसैले प्रहरी निकै संयमित भए भने लुटेरा हौसिए। प्रहरीले दोषीलाई पक्राउ गरेर कारबाही गर्ने, तर घटनास्थलमा बल प्रयोग नगर्ने रणनीति बनायो। हुल्याहालाई खोजीखोजी मुन्ट्याउँदै लैजाने गर्छ। यतिखेर हरेक सडकमा प्रहरीका गाडी साइरन बजाउँदै लुटेरा पक्रन दौडिरहेका छन्। लुटेराको पहिचान गर्न हेलिकप्टर र कुकुरसमेत प्रयोग गरिएको छ।
हिजो बेलुका म बसेकै घरअगाडि मूल सडकका पसलको सिसा फोडेर लुटपाट गरियो। सडकभरि सिसा र बियरका बोतल छरिएका थिए। चोरेका रक्सीका डब्बा फालिएका थिए। युद्धमैदानजस्तो भएको थियो। तर बिहान मर्निङ वाकमा जाँदा देखेँ, वातावरण पूर्ववत थियो- सफा, शान्त, स्निग्ध। मानौं केही भएकै छैन। तर, बेलुकासम्म वातावरण यस्तै नरहन सक्छ।

रेखा थापालाई नयाँ नयाँ कुरा मन पर्छ

रेखा आफ्नै होम प्रोडक्सनका फिल्महरूमा व्यस्त हुने गरेकी छिन्। अरू निर्देशकहरूसँग कम नै देखिनुले पनि उनी एक्लिएको अनुमान लगाउन गाह्रो छैन। रेखाले आफ्नो जवानीको तुजुक, हैसियतको घमण्ड र मै हुँ भन्ने पारा नछाड्ने हो भने उनको क्रेज, प्रतिष्ठा र करिअर समाप्त हुन धेरै समय लाग्नेछैन। यसैपनि जवानी धेरै दिनको हुँदैन।


अभिनेत्री रेखा थापाका बारेमा नेपाली माया नगरीमा हुने साझा टिप्पणी यस्ता छन्, 'उनी घमण्डी छिन्। कसैलाई मान्छे गन्दिनन्। युज एन्ड थ्रो गर्न खप्पिस छिन्।' सोह्र वर्षकै उमेरमा फिल्म खेल्न थालेकी थिइन् रेखाले। उनको पहिलो फिल्म 'हिरो' हो। हिरोका निर्देशक नरेश पौडेल र निर्माता छवि ओझासँग उनको एकसाथ अफेयर चलेको थियो।

पौडेल र ओझा निकै घनिष्ट मित्र थिए। रेखाकै कारण उनीहरूबीच दरार आएको थियो। छविले रेखालाई बिहे गरेपछि नरेश र छविबीच पानी बाराबारको स्थिति आएको थियो।
'लेखाउन र देखाउन माहिर नायिका'को उपाधि पाएकी रेखा चौपट्टै बाठी छिन्। उनी कसैलाई मान्छे गन्दिनन्। नयाँ र पुराना सबै हिरोइनलाई बाल गन्दिनन्। कतिपटक त नवनायिकाहरूलाई सुटिङ स्पटमा धर्धरी रुवाएकी छिन् उनले। 'नयाँलाई उनी हतोत्साही बनाउँछिन्,' रेखापीडित एक नायिका भन्छिन्।
रेखा कुनै पनि सम्बन्धलाई आफ्ना अधिकतम हितमा प्रयोग गर्न शिपालु छिन्। कसलाई अँगाल्ने, कसलाई पन्छाउने, यस विषयमा उनी खेलाडी नै छिन्। निखिल उप्रेतीलाई पन्छाउन उनले विराज भट्टलाई 'किस्मत'मा ब्रेक दिइन्। विराजको उपयोगिता सकिएपछि उनलाई हटाउन रेखाले आर्यन सिग्देललाई कजाउन थालिन्। हिरो फेरिरहनु मानौँ उनको बानी बनेको छ। आर्यन पछि उनले आयुष रिजाललाई आफ्नो बसमा पारिन्। रेखाको 'हिरो चेन्ज अफर'मा अहिले आइपुगेका छन् नायकद्वय किशोर खतिवडा र सविन श्रेष्ठ। उनले केही दिनअघिमात्रै सुटिङ सुरु गरेको फिल्म 'रावण' मा यी दुईजनालाई मुख्य भूमिकामा लिएकी छिन्।
उनको थुप्रै नायक र निर्देशकहरूसँग खटपट छ। फिल्मकर्मीहरू उनको मै हुँ भन्ने स्वभाव (इगोइजम)ले उनी एक्लिँदै गएको बताउँछन्। माया नगरीका धेरैसँग उनले सम्बन्ध बिगारिसकेकी छिन्।
कुनैबेला निखिल उप्रेती उनका सारै मिल्ने साथी थिए भने अहिले निखिल र रेखाबीच 'दुश्मनी' छ। तर, रेखा यसलाई सिधै नकार्छिन्, ' निखिल एकदमै मुडी छन्। उनलाई कसैसँग व्यवहार गर्नै आउ"दैन। उनको शब्दकोषमा 'रेस्पेक्ट' भन्ने शब्द नै छैन।'
रेखाको क्रोध र दुर्व्यवहारका शिकार भएका फिल्मकर्मीहरूको लामै लिस्ट छ। 'रेखा थापालाई नयाँ नयाँ कुरा मन पर्छन्। कलाकार पनि उनलाई सधैं नयाँ चाहिन्छ। कलाकारहरूलाई उनी आफ्नो फिल्ममा ब्रेक दिन्छिन् र आफ्नो मतलब सिद्ध भएपछि मतलबै गर्दिनन्,' एक निर्देशक भन्छन्।
रेखा र निर्देशक दीपक श्रेष्ठ पहिले राम्रै साथी थिए। यी दुई मिलेर फिल्म 'हिम्मत' बनाएका थिए। तर, यसै फिल्मको सिक्वेल 'हिम्मत-२' बनाउँदा यी दुईबीच खटपट भयो। रेखाले हिम्मत-२ मा हालीमुहाली गर्न खोजेपछि दीपक र रेखाको सम्बन्ध चिसियो। रेखालाई दिपकको कुरा मन नपर्ने, दिपक पनि रेखासँग झुक्न नखोज्ने। दीपकले हिम्मत- २ बनाएर रेखाको इगोलाई ठेगान लगाइदिए। दीपक भन्छन्, 'मलाई कसैसँग रिसइवी छैन। मैले रेखाजीलाई सँगै मिलेर फिल्म बनाऔँ भनेकै हुँ। उनैले नमानेकी हुन्। मैले आफ्नो काम नै छाडेर उनलाई पर्खेर बस्ने कुरो पनि त आएन। रेखासँग मेरो कुनै वैरभाव छैन।'
रेखा र आर्यन सिग्देलबीचको सम्बन्ध अन अफ भइरहन्छ। 'किस्मत'मा आफैँले ब्रेक दिएको आर्यनसँग उनको धेरैपटक खटपट परिसकेको छ। आर्यनलाई रेखाले आफ्नो फिल्ममा थोरै पारिश्रमिक दिएर खेलाउन चाहेकाले उनीहरूको सम्बन्ध बिग्रिएको बताइन्छ। पैसाकै कारण आर्यनले रेखाको फिल्ममा प्रोपर टाइम दिएनन् र रेखाले नयाँ कलाकार आयुष रिजाललाई आफ्नो फिल्ममा ब्रेक दिइन्।
तर, आर्यन रेखासँग सम्बन्ध बिग्रिएको कुरा खुलेर मान्न तयार छैनन्। तर, घुमाउरो पारामा उनले भने, 'मैले टाइम म्यानेज गर्न सकिरहेको छैन। त्यसैले त्यस्तो लागेको होला। हामी कलाकारहरूमा खटपट त भई नै रहन्छ। यो कुनै नौलो विषय होइन।'
निर्देशक नरेश पौडेलले रेखा थापालाई करिअरको पहिलो ब्रेक दिएका थिए। पौडेलका अनुसार, नायिका रेखा प्रतिभाशाली र मेहनती कलाकार हुन्। 'उनले फिल्मजगतमा आफ्नो स्थान बनाइसकिन्,' पौडेल भन्छन्, 'अब न उनलाई कसैले उछिन्नसक्छ न कोही उनको बराबरीमा नै आउनसक्छ। आफैँ फिल्म प्रोड्युस गर्नु अझ राम्रो कुरा हो। झिनो मसिनो कुरामा किचलो हुनु त साधारण हो नि!'

‘के भारतीय महिला स्वतन्त्र छन् त ?

महिलालाई जागिरमा आरक्षणको लागि वकालत गरिरहेको एक संस्थाको अभियानमा साथ दिँदै मुम्बइकी डिजे तथा कलाकार जेन्नी डीले निर्वस्त्र फोटो खिचाएकी छिन् । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर महिला स्वतन्त्रता र आरक्षणको माग गर्दै जेन्नीले निर्वस्त्र फोटो खिचाएकी हुन् ।
मुम्बइमा रहेको गैरसरकारी सस्था सिटिजन्स एक्सन फोरमले भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको महिला स्वतन्त्रता सम्बन्धि अभियानमा ‘के भारतीय महिला स्वतन्त्र छन् त ?’ भन्ने शिर्षकमा जेन्नीका तस्विरहरु प्रदर्शन गरिएका थिए ।
महिलालाई न्यायलय तथा स्थानिय स्वायत्त निकाय लगायतका क्षेत्रमा प्राथमिकताका साथ थप जागिर दिइनुपर्ने माग सहितको अभियानका लागि जेन्नीका निर्वस्त्र तस्विर खिच्ने फोटोग्राफर बलिउडका चर्चित फेसन फोटो ग्राफर विक्की इद्नानी थिए ।
महिलावादी बनेर निर्वस्त्र फोटो खिचाएकी जेन्नीले न्यायक्षेत्र, प्रहरी, वित्तिय सस्था तथा स्थानिय निकायमा महिलालाई बढि रोजगारी दिन सकिएमा भारतमा भ्रष्टाचार र महिला विरुद्धका हिंसा र अपराध नाटकीय ढंगले घटाउन सकिने दाबी गरेकी छिन् । भारत स्वतन्त्र भएको ६४ वर्ष भैसक्दा पनि अझै धेरै भारतीय महिलाहरु दिनहुँ बलत्कारमा पर्ने गरेको र धेरै बालिकाहरुको जबर्जस्ती बिहे हुने गरेको भन्दै जेन्नीले आफु महिलाकै लागि नांगिएको बताइन् ।
आफ्ना निर्वस्त्र फोटाहरु कलात्मक तथा ग्लामरस रहेका र अश्लिलता कत्तिपनि नरहेको उनको दाबी छ ।

व्यक्ति जति सुन्दर हुन्छ उ त्यति नै स्वार्थी हुने गर्दछ

अब अनुहारको सुन्दरताबाट धोका नखानुस्, बरु अनुहारबाट मानिसको पहिचान गर्नुस् ।
यदि तपाई आफ्नो वरपर कुनै सुन्दर अनुहार छ भने मोहित हुनु आवश्यक छैन । उसको सुन्दरताको प्रशंसा गर्नुअघि उसको आनीबानीमा ध्यान दिनुस् । बेलायतको बार्सिलोना युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार व्यक्ति जति सुन्दर हुन्छ उ त्यति नै स्वार्थी हुने गर्दछ ।
यति मात्र होइन, उ कसैलाई सहयोग वा सद्भाव राख्नुमा समेत विश्वास गर्दैनन् । यही कम सुन्दर मानिस सहयोग र सद्भावका लागि सधैं अघि सर्ने गर्दछन् ।
अनुसन्धानकाअनुसार यो सबै दावी ‘प्रीजनर्स डैलीमा’ मोडलमा आधारित छ । यसमा प्रत्येक खेलाडीलाई बाज र परेवा बन्ने अवसर दिइएको थियो । अनुसन्धानमा भर्निको छ कि कतै न कतै हर कुनै व्यक्ति आफ्नो सुन्दर शरीरको कामना गर्दछ ताकि उ चुस्त रहन सकोस् ।

Thursday, August 18, 2011

बुढ्यौलीमा कसलाई रहर लाग्छ र !

 

उमेर ढल्किएपछि रमाइलो गर्न कहाँ मन लाग्छ र । तर आफ्नो जोडी तन्नेरी छ भने उसको मन राखिदिन पनि त रमाइलो गर्नैपर्‍यो । यस्तै फसादमा परेकी छिन् चर्चित अमेरिकी गायिका म्याडोना ।
५३ वर्ष पुगेकी म्याडोनालाई सायद यो उमेरमा अरुसँग चुम्बन गर्ने मन लाग्दैन होला । तर उनका २४ वर्षका प्रेमी ब्राहिम जियाबाट सँग अँगालोमा बाँधिएर ओठ जोड्न बाध्य भइन् उनी । आफ्नो जन्मदिनको अवसरमा प्रेमीले दिएको ‘किस’ उपहार मननलागी नलागी स्विकार गरिन् ।
न्यूयोर्कको समुद्री किनारमा आफ्नो जन्मदिन मनाएकी म्याडोना पटकपटक प्रेमीको अंगालोमा बाध्ािएकी देखिन्थिन् । तर उनको चाउरिएको अनुहारले चुम्बनको अपिल गरिरहेको थिए । अझ रोचक त के भने म्याडोना प्रेमीसँग चुम्बनमा झुमेका बेला उनका धर्मसन्तान भने नजिकै बालुवामा खेलिरहेका थिए ।

१५ बर्षकी केटीको यस्तो गडबड

 

३ वर्षअघि आफु १२ वर्षकी हुँदा सोया कियाभेनीले तल्लो वस्त्र मात्र लगाएर उत्तेजक मोडलिङ गर्दा धेरैले अनुमान गरेका थिए ΄भविष्यमा केही गडबड गर्छे यो केटीले’ । बेलायतको क्लेभेल्याण्डकी ती किशोरीले गडबड गरेको देख्न आरिख धेरै समय कुर्नुपरेन ।
१५ वर्षकी सोया गर्भवती भएकी छिन् र उनको पेटमा अहिले १६ हप्ताको गर्भ छ । सानै उमेरमा चर्चित बनेकी सोया आफ्नो बढिरहेको पेट देखाउँदै गर्भले भन्छिन् म निकै चलाख आमा बन्दैछु । १७ वर्षका प्रेमी जेक ग्रेसँगको लसपसपछि गएको मे मा उनको गर्भ रहेको थियो ।
गर्भ रहेको थाहा पाउँदा आफुलाई सुरुमा डर लागेपनि पछि निकै उत्साही बनेको उनी बताउँछिन् । उनकी बेरोजगार आमा जानिसलाई भने अविवाहित छोरी गर्भवती भएकोमा चिन्ता परेको छ । हुनत छोरीलाई आफ्नै घरमा ब्वाइफ्रेन्डसँग बस्ने सुविधा उपलब्ध गराएपछि एक दिन यो दिन देख्नु नै थियो ।
तर आफ्ना अरु ४ छोराछोरी पाल्न समेत हम्मेहम्मे भएका बेला सानी छोरीले गर्भ बोकेपछि अब घरका कोठा नपुग्ने भएकाले उनलाई चिन्ता थपिएको हो । के गर्नु ? छोरी मच्चिँदा कुनै दिन थच्चिन्छे भन्ने कुरा पहिल्यै नबुझेपछि ।