Tuesday, September 13, 2011

आज तिमीलाई पाएर मेरो सपना साकार भयो....

जीवनको नयाँ अध्याय प्रारम्भ गर्ने क्रममा हरेक नवदुलहीले केही सपना, अपेक्षा तथा इच्छाहरू राखेका हुन्छन् । तिनले वास्तविक रूप पाए उनका लागि त्यो भन्दा ठूलो खुसी अरू केही हुँदैन । उनका यी इच्छाहरू उनको जीवनसाथी एवं परिवारसित जोडिएका हुन्छन् जहाँ उनले आफ्नो जीवनको बाँकी अंश बिताउँछिन् ।

आफ्नो सुहागरातका सम्बन्धमा पुरुषजत्तिकै महिलाहरू पनि उत्साहित हुन्छन् । यद्यपि पुरुषले यसमा पहल गरून् भन्ने चाहना उनीहरूको हुन्छ ।

सुहागरातमा 'जसलाई मैले खोजिरहेको थिएँ, तिमी त्यही व्यक्ति हौ । आज तिमीलाई पाएर मेरो सपना साकार भयो ।' भन्ने अभिव्यक्तिबाट उनमा खुसीको लहर पैदा हुन्छ । श्रीमान्बाट यी कुराहरू सुन्ने चाहना हरेक नव दुलहीमा हुन्छ । श्रीमान्ले आफ्नो रूप-सौन्दर्यका बारेमा प्रशंसा गरून् । आफ्नो अँगालोमा बाँधेर प्रेममय जीवनको प्रारम्भमा कुनै प्रेमपूर्ण उपहार भेट गरून् । यी सब कल्पना नवदुलहीले आफ्नो विवाहका बारेमा साँचेर राखेकी हुन्छिन् ।

श्रीमान्को हरेक आवश्यकतालाई पूरा गर्न तयार हुने दुलहीको मनमा श्रीमान्बाट पनि आफ्ना लागि प्रेम-सम्मान, आत्मीयता प्राप्त होस् भन्ने हुन्छ ।

आफूले श्रीमान् एवं परविारजनको सम्मान र आदर गरेजस्तो श्रीमान् तथा उनको परविारजनबाट पनि आफ्नो माइती पक्षको आदर-सम्मान होस् भन्ने चाहना दुलहीको हुन्छ ।

श्रीमान्को घरपरविारमा त्यहाँको रीतिरविाज एवं संस्कारका बारेमा जानकारी नभएर आफूबाट कुनै गल्ती भएको स्थितिमा त्यतिबेला उनी कोही त्यस्तो व्यक्तिको सहयोगको अपेक्षा राख्छिन् जसले उनलाई त्यहाँको रीतिरविाजका बारेमा जानकारी दिनुका साथै भूलवश भएको गल्तीका लागि क्षमा पनि दिलाओस् ।

श्रीमान्को घरमा जेठाजुलाई आफ्नो दाइ, देवरलाई भाइ, दिदीलाई आफ्नी दिदी र नन्दलाई आफ्नी बहिनी र संगिनीसरह सम्बन्ध राख्ने चाहना नवदुलहीको हुन्छ ।

सासूलाई आमासरहको स्थान दिएपछि उनीबाट पनि आफूलाई छोरीसरह व्यवहार होस् भन्ने चाहना नवदुलहीको हुन्छ ।

घरमा आएका पाहुना, घरका अन्य सदस्य वा आफन्तसित परचिय गर्ने इच्छा नवदुलहीको हुन्छ ।

घरको कामकाजमा तिमीलाई यस्तो गर्न आउँदैन, तिमीले गरेको मिलेन, तिमीलाई सिकाएको छैन ? भन्नुको साटो आफू अर्काे परविारबाट आएकी हुनाले आफूलाई नयाँ वातावरण बुझ्न, त्यहाँको काम गर्ने शैलीका सम्बन्धमा जान्न समय प्रदान गरयिोस् भन्ने अपेक्षा नवदुलहीको हुन्छ । यी कुरालाई बुझेर श्रीमान्को परविारले उनीप्रति सकारात्मक व्यवहार गर्नुपर्छ ।

परविारमा केही असमझदारी वा सानो विवाद भए त्यसलाई तत्काल समाधान गर्नँपर्छ । यसलाई तेस्रो व्यक्तिसित कुराकानीको विषय बनाएर बुहारीको बेइज्जत गर्नुहुँदैन ।

घरपरविारको गोप्य कुरा पनि उनलाई आफ्नै सदस्य मानेर बताउनुपर्छ ।

आफ्ना श्रीमान्ले आफ्नो जन्मदिन, म्यारजि एनिवर्सरीलगायत अरू कुरालाई सम्झना गरून् र त्यससित सम्बन्धित सरप्राइज पनि दिऊन् भन्ने उनको इच्छा हुन्छ ।

समय मिलाएर चलचित्र देखाउन, छुट्टी मनाउन, घुमाउन लैजाऊन् भन्ने चाहना नवदुलहीमा हुन्छ ।

माइती जानबाट रोकतोक नगरयिोस्, समय-समयमा आफ्ना आमाबुवा र आफन्तजनसित समय बिताउन दिइयोस् भन्ने उनको अपेक्षा हुन्छ ।

आफ्ना बारेमा बुझ्न श्रीमान्ले दिनमा कमसेकम एकपटक भए पनि फोन गरून् भन्ने उनी चाहन्छिन् ।

दाइजोको सम्बन्धमा विवाद नगरयिोस् ।

घरका साना-ठूला हरेक समारोहमा आफूलाई सामेल गराइयोस् ।

आफन्तहरूसित उनका बारेमा गुनासो नगरयिोस् ।

आफ्नो योग्यता र दक्षताअनुसार काम गर्ने इच्छा राखे श्रीमान् एवं परविारबाट रोकतोक नहोस्, यसमा उनको साथ र प्रोत्साहन प्राप्त होस् ।

आफ्ना मित्रजनसित घुमफिर गर्न, घरमा बोलाउन रोकटोक नगरयिोस् ।

आफूले बनाएको खाना मीठो मानेर खाइयोस्, केही नयाँ परकिार तयार गरएिको छ भने त्यसलाई थोरै भए पनि चाखियोस् ।

श्रीमान्बाट सरप्राइज गिफ्टको आशा उनमा सधै हुन्छ । स-साना इच्छामा पनि श्रीमान्बाट साथ पाउने कुरामा उनी आशावादी हुन्छिन् ।

बिरामी भएको अवस्थामा आफ्नो हेरविचार राम्रोसँग गरयिोस् भन्ने अपेक्षा उनको हुन्छ ।

आफूले बनाएको खाना परविारको स्वादअनुसार नभए केही दिन नन्द वा सासूले आफूलाई त्यस विषयमा जानकारी दिइयोस्, राम्रोसँग सिकाइयोस् ।

आफ्नो रुचिअनुसार काम गर्न, तिनलाई पूरा गर्न सहयोग एवं प्रोत्साहन प्राप्त होस् ।

घरको कामकाजपछि आफ्नो इच्छाअनुसार काम गर्न वा आराम गर्न रोकटोक नहोस् ।

परम्परावादी सोच अँगालेर कडा अनुशासनमा राख्ने काम नगरयिोस् । विशेषगरी लवाइखवाइका मामिलामा वा कतै जाने सम्बन्धमा, आफ्नो स्वतन्त्र जीवनको अधिकारमा बन्देज र नियन्त्रण नगरयिोस् ।

श्रीिमान्-श्रीमतीको विवाद र झगडामा छोराको साथ दिएर बुहारीलाई एक्लो बनाउने, छोराको गल्ती लुकाउने, तथा बुहारीलाई गलत साबित गर्ने काम नगरयिोस् । श्रीमान्-श्रीमतीको झगडामा समझदारीपूर्वक दुवैलाई शान्त पारी झगडा मिलाउनुकासाथै छोराको गल्तीमा उसलाई सम्झाइयोस् ।

प्रेम र विश्वासका आधारमा जीवनभर अघि बढ्ने वाचा गरी आफूले श्रीमान्लाई मन, बचन एवं कर्मले साथ दिइएको हुन्छ, श्रीमान्बाट पनि सधै त्यस्तै किसिमको व्यवहार होस् भन्ने इच्छा नवदुलहीमा हुन्छ ।

No comments:

Post a Comment