झापाको दमकमा नै उत्पादन गरिएको मिनिरल वाटरको बोतलमा अखाद्य पदार्थ फेला परेपछि युवा संघ झापाले उक्त पानी उत्पादन गर्ने कम्पनीमा अनुगमन गरि ताला लगाइदिएको छ ।
दमक १० स्थित भुदेब मिनरल फुड एण्ड वेभरेजले बजारमा बिकि्रमा ल्याएको एक्वा पपुलरको सिलबन्दि पानीमा लेदो र किरा भएको पाएपछि युवा संघका जिल्ल्ाा सदस्य प्रकाश बस्नेत क्षेत्रीय अध्यक्ष शम्भु भण्डारीदमक नगर अध्यक्ष इन्द्र गुरुङ र क्षेत्रीय सदस्य प्रेम न्यौपाने अनेरास्यबियु झापा जिल्ल्ाा कमिटी उपाध्यक्ष दिपेश दाहाल सहितको टोलीले ताला लगाइदिएको हो ।
बजारमा फेला परेको लेदो र किरा सहितको पानी लिएर उनिहरु कम्पनीमा पुगेका थिए ।युवा संघका जिल्ल्ाा सदस्य प्रकाश बस्नेतले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने पानी बेचिरहेकेा पाइएकाले प्रशासनलाइ जानकारी गराएर नै आफुहरुले ताला लगाइदिएको बताउनु भयो ।
एउटा कार्टुनमा तीन वटा बोतलमा अखाद्य बस्तु भेटिएको बताउदै प्रशासनले कार्वाही प्रकृया अगाडी नबडाए सम्म र छानबिन नगरेसम्म उक्त पानी बजारमा बिकि्र गर्न नदिने समेत बस्नेत बताउनु भएको छ ।
युवा संघका कार्यकर्ताहरु कम्पनीमा पुगे लगत्तै इलाका प्रशासन कार्यलय दमकका प्रमुख यज्ञप्रसाद आचार्य र इलाका प्रहरी कार्यलय दमकका प्रमुख नबिन कार्की पुगेर उक्त कम्पनीको अनुगमन गरेका थिए ।
युवा संघले ताला लगाए पनि प्रशासनको आग्रहमा संघले ताला खोलेपछि प्रशासनले उक्त उद्योगलाइ सिल गरेको छ ।प्रशासनले कार्वाही अगाडी बडाउने र उक्त कार्यमा सहयोग गर्न आग्रह गरेपछि आफुहरुले सहज बातबरण बनाइदिएको युवा संघका दमक नगर अध्यक्ष इन्द्र गुरुङले बताउनु भयो ।
यस उद्योगमा आफ्नै ल्याब र कुनै पनि टेक्निसियन नरहेको समेत पाइएको छ । छ महिनामा एकपटक बिराटनगरमा लगेर ल्याब परीक्षण गर्ने गरेको उद्योग संचालकले बताएका छन् ।
गल्ति भएको स्विकार गर्दै यसलाइ सच्चाएर लैजाने र खराबी देखिएको पानी नबेच्ने समेत उद्योगले जनाएको छ ।यो कम्पनी पुनम कुमारी ढकाल पोखरेलको नाममा रहेको छ ।
यसले पानी संकलन प्रशोधन तथा बितरणका लागि घरेलु तथा साना उद्योग कार्यलय झापामा यसै बर्ष अनुमति लिएको समेत पाइएको छ ।
एक्वा पपुलर र जीबन दुइवटा ब्राण्डका पानी बोतलमा हालेर बजारमा बिकि्र बितरण गर्दै आएको पाइएको इलाका प्रशासन कार्यलय दमकका प्रमुख यज्ञप्रसाद आचार्यले बताउनु भयो ।
आजै युवा संघ नेपालले बजारमा अनुगमन गरेर मिरिण्डामा लेदो भएको समेत फेला पारेको छ ।
No comments:
Post a Comment