सामाजिक सञ्जालका वेबसाइटहरुको प्रयोग बढीरहेका बेला सर्च इन्जिन गुगलले पनि अहिले सञ्जालकै लोकप्रियता पछ्याउदैछ । सर्च इन्जिनको रुपमा ख्याती कमाएको गुगललाई किन सामाजिक सञ्जालका रुपमा अघि बढ्नु आवश्यक प¥यो ? यो प्रश्नको जवाफ पछिल्लो समय सामाजिक सञ्जालहरुले पाइरहेको लोकप्रियता भन्दा बढी हुन नसक्ला । पुराना साथीहरुस“गको सम्बन्ध पुनः स्थापित गर्न होस वा एक अर्काका बारेमा जानकारी हासिल गर्न, आफुलाई चित्त नबुझेका विषयमा मत संकलन गर्न होस वा आफ्ना कुनै कार्यक्रमबारे धेरै भन्दा धेरै मानिसलाई जानकारी गराउन सामाजिक सञ्जालहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । केहि समयअघि एक युवतीले आफूले आत्महतया गर्न लागेको कुरा आफ्नो फेसबुकको वालमा लेखिन् । उनको वाल पढेका अर्का व्यक्तिले उक्त विषयबारे प्रहरीमा जानकारी गराए र ती युवतीलाई आत्महत्या गर्नबाट रोके । अर्को एउटा उदाहरणमा वर्षौदेखि आफूलाई जन्म दिने आमाको खोजी गरिरहेका अमेरिकाका एक युवक अलेक्जेन्डर डर्फले फेसबुककै सहयोगमा आफ्नी आमा भेटे । यी र यस्ता थुप्रै उदाहरण छन् । सामाजिक सञ्जालका ।
यति मात्र होइन राजनीतिक परिवर्तनमा समेत सामाजिक सञ्जालहरुले आफ्नो स्थान बनाउन थालेका छन् । लिबिया लगायत मध्यपूर्वी मुलुकमा सरकार विरोधी प्रदर्शनलाई बढावा दिन सामाजिक सञ्जालको प्रयोग भएको भन्दै त्यहा“ यस्ता वेबसाइटमै बन्देज लगाइयो । हाम्रै नेपालको परिवेशलाई हेर्ने हो भने पनि सामाजिक सञ्जालको प्रभावको आंकलन र मूल्यांकन गर्न सकिन्छ ।
गत जेठ १४ गते संविधान निर्माण नहुने लगभग पक्का पक्की भएपछि धेरैले फेसबुकबाट आक्रोश पोखे । बेलैमा संविधान निर्माणका लागी दबाब दिन फेसबुक प्रयोगकर्ताले राजधानीमा दबाब कार्यक्रम गरे । सो कार्यक्रममा देखिएको फेसबुक प्रयोगकर्ताको उत्साहजनक उपस्थितिलाई मात्र हेर्ने हो भने पनि सामाजिक सञ्जालप्रतिको आकर्षण बढ्दो छ भन्ने प्रष्ट हुन्छ । भलै त्यसले नेपाली राजनीतिमा भने खासै धेरै असर गरेन । अर्को सञ्जाल ट्वीटर प्रयोगकर्ताहरुको एक समूहले अहिले नियमित रुपमा केहि विपन्न बालबालिकाहरुलाई शिक्षाको बन्दोबस्त गरिरहेको छ । यसरी बालबालिकालाई सहयोग गर्ने राजधानीका ती युवाको भेट ट्वीटरमै भयो र ट्वीटरको गफ कफि सपसम्म पुग्दा बालबालिकालाई सहयोग गर्ने अवधारणाको जन्म भयो । यी थुप्रै उदाहरणहरुका बीचमा यस्ता सामाजिक सञ्जालको जन्म कहिले भयो भनी खोज्दा सन् १९९७ मा sixdegrees.com नामक सामाजिक सञ्जाल पहिलो पटक स्थापना भएको पाइयो । यो योवसाइट पछि सन् २००० मा बन्द भयो । यसका संस्थापक एन्ड्रयु वेनरिचले समय भन्दा अगावै यो साइट लञ्च गरिएको भन्दै बन्द गरे । त्यसअघि theglobe.com, geocities, tripod.com लगायत केहि सन्जालहरु थिए जसबाट एकअर्काको बारेमा सामान्य जानकारी प्राप्त गर्न सकिन्थ्यो । sixdegrees.com लाई पछ्याउ“दै अहिले थुप्रै यस्ता सन्जालहरु स्थापना भएका छन् । तीन मध्य फेसबुक, ट्वीटर, माइस्पेस, बेबो, फ्लीकर लगायत सर्वाधिक चर्चामा छन् । सन् २००४ मा मार्क जुकरवर्गले स्थापना गरेको फेसबुकले अहिलेसम्म ६० करोड प्रयोगकर्ता पाइसकेको छ भने त्यसको दुईवर्षपछि ज्याक ओर्सीले स्थपना गरेको ट्वीटरको प्रयोगकर्ता २० करोड छन् ।
एकातर्फ सामाजिक सञ्जालहरुको विकास र यसको प्रयोग बढ्दै जादा युवा जमातलाई सिर्जनात्मक बनाउदै लगेको टिका टिप्पणी चलिरहेका छन् भने अर्कोतर्फ तिनै युवाहरुलाई यस्ता सन्जालले विकृत बनाउदै लगेको गुनासो समेत सुनिन थालेका छन् ।
पछिल्लो समय धेरै व्यवसायीहरुले सामाजिक सञ्जालकै प्रयोगबाट आफ्ना उत्पादनहरुका बारेमा जानकारी गराइरहेका हुन्छन् । यो अर्थमा हेर्दा सामाजिक सन्जाल फाइदाजनक नै हो भन्न सकिन्छ । यति मात्र नभएर सामाजिक सन्जालमा राखिएका व्यक्तिका जानकारीहरुबाटै विविध घटनाका अनुसन्धान समेत गर्न सजिलो हुन थालेको सर्वेक्षणहरुले देखाएका छन् । विविध सकारात्मक पाटाहरुको चर्चा गर्दा गर्दैपनि यस्ता सञ्जालहरुले गर्दा धेरैलाई नकारात्मक असर पु¥याइरहेको कुरालाई भने नकार्न सकिन्न । सामाजिक सञ्जालले कसैको जीवन बचाएको मात्र छैन यसकै कारण कसैले मृत्यु समेत अंगालेका छन् । फेसबुक, माइस्पेस जस्ता सन्जालमा नक्कली नाममा निर्माण गरिएका प्रोफाइलका कारण धेरैले दुःख पाएका उदाहरण छन् । एक अर्काको मानहानी हुने, अपमान गर्ने, लगायत गतिविधिहरु पनि यस्ता सन्जालमा फैलिएका छन् । त्यस्तै केहि अध्ययनहरुले के पनि देखाएको छ भने एक्लोपन हटाउन मानिसहरुले यस्ता सन्जालको प्रयोग गर्ने गर्दा अन्तत्वगत्व उसको एक्लोपना झन बढाएकोे छ । सामाजिक सञ्जालको प्रयोग बढेका कारण कर्मचारीको कार्यक्षमतामा समेत ह्रास आएको प्रतिवेदन सार्वजनिक भइसकेको छ । त्यसैले पनि पछिल्लो समय धेरै संघ संस्थाहरुले कार्यालय अवधिभर यस्ता सञ्जालको प्रयोगमा बन्देजनै लगाएका छन् । यद्यपि यस्ता सन्जालको प्रयोगमा भने कमि आएको छैन उल्टो बढेको छ र एकपछि अर्को गर्दै यस्ता सञ्जालहरु स्थापना हुने क्रम जारी छ । त्यसैले गर्दापनि सामाजिक सन्जाल राम्रो कि नराम्रो ? यसले समाजमा पार्ने असर सकारात्मक हुन्छ की नकारात्क ? सकारात्मक कति ? नाकारात्मक कति ? जस्ता विषयहरुमा विज्ञहरुको बहस पनि नया“–नया“ ढंगमा आउने गरेका छन् ।
हुन त जहा“ जे बिक्छ त्यहि सामाग्री बिक्री गर्ने हो । सूचना प्रविधिको विकासक्रम स“गै उपभोक्ताले सामाजिक सञ्जालको आवश्यकता महसुस गरिरहेका बेला जुकबर्ग, ओर्सी लगायतले यस्ता सञ्जाललाई उपभोक्ता समक्ष पेश गरिदिए । परिणाम तपाई हामी सामुछ । तर यस्ता सञ्जालहरुका सकारात्मक मात्र नभई नकारात्मक पाटाहरु समेतलाई केलाएर होसियार बन्न नसके यीनले सहयोग मात्र गर्छ भन्ने छैन । छुरालाई धेरै समय हातमा खेलायो भने त्यसले काट्छ भन्ने कुरालाई पनि बिर्सनु हु“दैन । सिक्काको एउटा पाटोलाई मात्र हेरेर दंग पर्दा त्यसको पछाडिको पाटो खोक्रो भएको थाहा नपाइन पनि सक्छ । त्यसैले दुबै पाटामा बरबरी ध्यान पु¥याउन सके पछुताउनु पर्दैन ।
No comments:
Post a Comment