| प्रहरी चौकीको कस्टडीमा |
| कार्यकक्षमा लिएको रकम |
| प्रहरीले कार्यलयबाट पक्राउ गरि चौकी लैजादै |
युवा संघका कार्यकर्ताहरुले झापाको केर्खा स्थित रतुवामाइ बृक्षारोपण आयोजनाका एक सुपरभाइजरलाइ घुस लिँदालिदै बिहिबार रंगेहात पक्राउ गरि प्रहरीलाइ बुझाएका छन् ।
आयोजनाका सुपरभाइजर श्याम बिहारीलाल कर्णले आफ्नै कार्यकक्षमा तोपगाछी ७ का खगेन्द्रप्रसाद बारकोटी संग घुस मागेपछि उक्त रकमको ब्यवस्था युवा संघ झापाले गरेपछि कार्यकक्षमा घुस लिँदालिदै पक्राउ गरेको हो ।
युवा संघ नेपालका झापा अध्यक्ष दुर्गा गौतमजिल्ला सदस्य प्रकाश बस्नेतक्षेत्रीय अध्यक्ष शम्भु भण्डारीअनेरास्यबियु झापाका उपाध्यक्ष दिपेश दाहाल लगायका टोलीले रंगेहात पक्राउ गरी प्रहरी चौकी केर्खालाइ बुझाएको हो ।
बारकोटीले साठी क्युबिक काठका लागि पाँच महिना अघि देखि धाइरहेको र सरकारलाइ राजश्व बुझाएर थप घुस बापत प्रति क्युबिक फुट दुइ सय सम्म रकम माँगेपछि काम नभएको बताउनु भयो ।
युवा संघले कर्णलाइ दिएको रकम फोटोकपी गरेर राखेको र त्यो फोटोकपी प्रमाणीत गरेर अनुसन्धानका लागि प्रहरीलाइ बुझाएको युवा संघका जिल्ला अध्यक्ष दुर्गा गौतमले बताउनु भयो ।
पछि नजिकको अर्थात तोपगाछीकै भएकाले एक क्युबिक फुट काठ बराबर न्युनतम पचास रुपिया बुझाए काठ दिनभनेपछि आफुले यस बिषयमा युवा संघमा उजुरी गरेपछि त्यो रकम युवा संघले उपलब्ध गराएको बताउनु भयो ।
यहाँबाट काठ लैजाने हरेकलाइ सरकारलाइ बैधानीक रुपमा बुझाएको रकम बाहेक अतिरिक्त रुपमा प्रति क्युबिकफुट न्युनतम पचास देखि दुइ सय रुपिया सम्म बुझाउने पर्ने अवस्था रहेको जनाइएको छ ।
यस आयोजना अन्र्तगत बार्षिक बीस हजार क्युबिक फिट भन्दा बढी काठ बिकि्र हुने गरेको परियोजना श्रोतले बताएको छ ।
कर्णलाइ कार्यकक्षबाट नै घुस लिएको रकम सहित प्रहरी चौकी केर्खाले पक्राउ गरि कस्टडिमा राखेको थियो भने लगत्तै इलाका प्रहरी कार्यलय दमकमा ल्याइएको छ ।
प्रहरीले घुस खाएको आरोपमा पक्राउ परेका कर्णलाइ जिल्ला प्रशासन कार्यलय झापामा पठाउने बताएको छ ।
आयोजनाका कार्यलय प्रमुख भक्तिप्रसाद गौतमले कर्मचारीको गल्ति भएको स्विर गर्दे हदै सम्मको कार्वाही गरिने बताउनु भएको छ ।आफ्नो संलग्नता नरहेको बताउदै राजश्व बाहेक कसैले रकम बुझाउनु नपर्ने उहाँले बताउनु भयो ।
यसभन्दा अगाडी पनि घुस खाएको आरोपमा दण्डित भइसक्नु भएका कर्ण दुइ बर्ष देखि आयोजनका केर्खामा कार्यरत रहनु भएको थियो ।
No comments:
Post a Comment