Tuesday, September 20, 2011

पशुपक्षीमा मानिसमा भन्दा धेरै गुणा बढी श्रवण क्ष्ँमता हुन्छ.......

एसियामा विनाशकारी सुनामी प्रकरणपछि एउटा बहस सुरु भएको छ- पशुपक्षीले साँच्चै यस्ता विपत्तिका बारेमा अग्रिम संकेत पाउँछन् ! यद्यपि यो नयाँ विषय होइन। वैज्ञानिक पुष्टि हुन बाँकी भए पनि पशुपक्षीले भूकम्प, ज्वालामुखीलगायतका प्राकृतिक विपत्तिका बारेमा पूर्वसंकेत पाएका प्रसस्त उदाहरण छन्। डिसेम्बर १४ मा अन्टार्टिका महादेशको माकारी टापुमा ८ दसमलव एक रेक्टर स्केल भूकम्पको धक्का गयो। समुद्रभित्रबाट जमिनमा त्यो धक्का प्रसार हुनुअघि नै त्यहा“ का पेन्गुइन चरा सुरक्षित स्थलतर्फलागिसकेका थिए। यो विश्वमै सबैभन्दा धेरै पेन्गुइन पाइने ठाउँ हो। भूकम्पको अग्रिम संकेत हुन्नथ्यो र सुरक्षित स्थानमा लाग्दैनथे भने हजारौं पेन्गुइन मर्ने थिए। यी जीव सुरक्षित स्थलतर्फलागेको केही मिनेटपछि त्यहाँबाट करिब एक हजार किमि टाढा रहेको ताजमानीय सहरमा भूकम्पको कम्पन अनुभव गरियो। पशुपक्षीका व्यवहारमा आएको नाटकीय परिवर्तनकै आधारमा सयौं मानिसलाई भूकम्पपूर्व उद्धार गरिएका घटना पनि छन्। यसको एउटा उदाहरण चीनको हाइचेङमा गएको भूकम्प हो। सन् १९७५ मा जनावरले दिएका संकेतलाई आधार मानेर सरकारले भूकम्प जानुपूर्व सो क्षेत्रका मानिसलाई रातारात अन्यत्र सारेको थियो। लगत्तै सात दसमलव ३ मेग्निच्युडको भूकम्प गयो। १८ लाख मानिस बसोबास गर्ने यस क्षेत्रका बासिन्दालाई स्थानान्तरण नगरिएको भए भूकम्पले एक लाख ५० हजारको ज्यान लिने थियो। त्यस भूकम्पले धेरै भवन भत्कायो। सडक चिरैचिरा परे। तर , मानव क्षति हुन पाएन। यस्ता उदाहरण अन्यत्र पनि छन्। सन् १९७० मा भारतको कर्नाटक राज्यमा ५० वर्षै र्सवाधिक ठूलो भूकम्प गयो। त्यतिबेला कमला नेहरू जुलोजिकल मोर्डनको पशु अस्पतालका भित्ता भत्किए। पर्खाल भत्किएर जनावरका लागि बनाइएका पोखरी समेत पुरिनै लागेका थिए।
पानी आपूर्तिका लागि राखिएका ट्याङ्की फुटे। कर्मचारी बस्ने घर भत्किए। तर , जनावरलाई चोटसम्म लागेन। भूकम्पपूर्व त्यहा का जनावरले सधैँभन्दा फरक क्रियाकलाप देखाएका थिए। हात्तीले सधैँ भन्दा खुट्टा धेरै फट्टाए। जमिन हल्लिनु ५ मिनेट अगाडि त सुँडको सहायताले जमिनमा टाँसिएर नियन्त्रित रहन खोजेका थिए। सामान्य अवस्थामा बिहानपख हात्ती कहिल्यै त्यसरी बस्दैनन्। त्यसरी नै बाघ , चितुवा, सिंहजस्ता ठूला जनावर शत्रुनजिकैझैं गरी आत्तिए। मोर्डनका विशेषज्ञ डा. आरके साहुका अनुसार त्यो दिन जलचरले समेत फरक व्यवहार गरेका थिए। र्सप र मुसा दुला बाहिर निस्किए। खरायो , दुम्सीलगायत दुला खन्ने अन्य जीव त झन छिटो बाहिरिए। चराहरूको व्यवहार पनि भिन्न थियो। गार्डेनका पक्षीविद् पाइसोत्तम धनाका सम्झन्छन्- भाले चराहरू भूकम्प जानुभन्दा १० मिनेटअघिदेखि नै आत्तिए र पिँजडालाई ठुङ्दै , उड्ने प्रयास गर्दै अनौठो आवाज निकाल्न थाले।
अवलोकनकर्ताहरूले भूकम्प जानुपूर्व कुन्डरहरू अचम्मको आवाज निकालेर कराउने , धसारिने गरेको देखेका छन्। कालिज जातिका चरा समूहमा जम्मा हुन थाल्छन् , रूखका चरा अत्तालिएर उज्यालोतिर उड्न खोज्दा भवनका सिसामा ठोक्किएको समेत पाइन्छ। परेवाको उडान गति घट्छ। पोथी कुखुराले पहिलेभन्दा कम फुल पार्ने वा फुल पार्न रोक्ने , सुँगुर र बुंगुरले एक-आपसमा टोकाटोक गर्ने गरेको तथ्य अमेरिकी विशेषज्ञ ट्रीबुचले सन् १९८२ मा एक रिपोर्टमार्फत सार्वजनिक गरेका थिए।  समुद्रको पिधतिर बस्ने माछा भूकम्प जानुपूर्व पानीको माथिल्लो सतहमा जम्मा हुने गरेको पाइएको छ। विशेषज्ञहरूले यस्ता असमान्य क्रियाकलाप गाई , घोडा , गधा , मृग , बाख्रा , बिराला , कीराहरूले समेत देखाउने बताएका छन्। यी जनावर बाङ्गोटिङ्गो दौडिन थाल्छन्। माहुरीले आत्ति“ दै घार छोडछन्। जापानमा भूकम्प जानुपूर्व कुकुर अनौठो शैलीमा अति धेरै कराउने र टोक्ने गरेको एक जापानी चिकित्सकले सन् २००३ मा बताएका थिए। यसरी नै र्टर्की, अमेरिकाको क्यालिफोर्निया र ग्रिसमा गएका भूकम्पको अध्ययन गरेका अमेरिकी जीवन वैज्ञानिक रुपेट सेलङ्कले भूकम्प जानुपूर्व विश्वभरि नै जनावरले असामान्य क्रियाकलाप देखाउने गरेको पाइएको बताएका छन्।


पशुपक्षीले भूकम्पको पूर्वसंकेत गर्छन् भन्ने विश्वास शताब्दीऔं पुरानो हो। यद्यपि कस्तो महसुस गर्छन् भन्नेचाहिँ अझै पत्ता लागेको छैन। पशुपक्षीमा भएको क्षमता र क्रियाकलापले पनि तिनले यस्तो संकेत गर्न सक्छन् भन्ने तथ्य मिल्छ। विशेषज्ञहरूका अनुसार पशुपक्षीमा मानिसमा भन्दा धेरै गुणा बढी श्रवण क्ष्ँमता हुन्छ। उदाहरणका लागि गाउ “घरमा पाइने गोठे , लाटोकोसेरोको मानिसको भन्दा १० गुणा बढी श्रवण क्षमता हुन्छ। मानिसका कानले सुन्नै नसक्ने आवाज पनि तिनले चर्कोसँग सुन्छन्। त्यसैले त्यस्ता जनावर र चराले धेरै टाढाका सूक्ष्म आवाज पनि अग्रिम सुन्ने हुनाले पूर्वसंकेत पाउ “छन्। 
भूकम्प पृथ्वीको सतहमा आइपुग्नुअघि जमिनमुनिका ढुङ्गा र चट्टानहरू टुक्रिएको र भासिएको आवाज तिनले सुन्ने हुनाले नै तिनलाई पूर्वानुमान गर्न सजिलो हुन्छ। यसको अर्को कारण हो- पृथ्वीको चुम्बकीय धरातलमा हुने घटबढ। कतिपय जनावरमा पृथ्वीको चुम्बकीय मात्रा घटबढ हुँदा त्यस मात्रा र कम्पन ग्रहण गर्ने र दिशा पत्ता लगाउने क्षमता हुन्छ। चुम्बकीय क्षेत्रमा भूकम्पको केन्द्रविन्दु नजिक घटबढ हुनाले जनावरले त्यसलाई अनुभूत गर्न सक्छन्।
पृथ्वीबाट आउने हावा वा ग्याँसको विद्युतीय परिवर्तनसमेत पत्ता लगाउने हुनाले जनावरलाई भूकम्पको अग्रिम संकेत पाउन सजिलो पर्छ। हाम्रो गाउ “घरमा गाई-भैंसी उफृएर नाचेझैं गरे भने पानी पर्ने वा हुरी-बतास चल्ने विश्वास गरिन्छ। यो धेरै हदसम्म मिल्छ पनि। यस्तो संकेत जनावरले हावाको विद्युतीय परिवर्तन अनुभूत गर्नाले नै सम्भव भएको हो। पृथ्वीबाट हरदम निस्कने एकखाले सूक्ष्म आवाजलाई ग्रहण गर्नसक्ने क्षमता हुनाले पनि पशुपक्षीलाई पृथ्वीको धरातलमा हुने परिवर्तनका बारे ज्ञान हुन्छ। तैपनि वैज्ञानिकहरू सबै खाले भूकम्पले जनावरमा अनियमित क्रियाकलाप अनिवार्य देखाउ“ छन् भन्ने विश्वास गर्दैनन्। वैज्ञानिकहरूका अनुसार विश्वमा हरेक वर्षकरिब पाच लाख भूकम्प जान्छन्। तिनमध्ये एक लाखलाई मानिसले महसुस गर्छन्। एक सयवटाबाट क्षति नै पुग्छ।

No comments:

Post a Comment