Tuesday, September 6, 2011

किशोरावस्था जीवनको सबैभन्दा महत्त्वपूर्ण् चरण

परिवारको उचित सल्लाह, रेखदेख र ज्ञानको अभावमा किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, विपरीत लिगंप्रतिको आकर्षा र त्यसका असरहरु समस्याका रुपमा पनि देखा पर्ने गरेका छन् ।
बाल्यावस्था र वयष्क अवस्थाबीचको पुलको काम गर्ने किशोरावस्था जीवनको सबैभन्दा महत्त्वपूर्ण् चरण हो । यौनिकतालगायत अरु पनि धेरै खाले परिवर्तनहरु यही बेलामा देखा पर्नुको साथै समाज र परिवारले किशोरकिशोरीबाट धेरै कुराहरु अपेक्षा गर्न थाल्छन् । हुर्कनु र यौनवस्थामा प्रवेश गर्नु शारीरिकरुपले परिपक्व हुनु मात्र नभएर यसमा भावना, बानीबेहोरा, लवाइखवाइ र दृष्टिकोणमा आउने परिवर्तनहरु पनि पर्छन् ।
शारीरिक परिपक्वता हासिल गर्ने कुरा एक्कासि हुने घटना नभई क्रमिक प्रक्रिया हो । हरेक व्यक्तिमा यसको सुरुआत र अन्त्य बेग्लाबेग्लै समयमा हुन्छ । सबैले आफूलाई हलक्क बढेकी भन्थे, तर उनी १० वर्षपूरा भएर ११ मात्र लागेकी थिइन् । बिस्तारै स्तन बढेको महसुस गर्न थालिन् अनि अनुहारमा डन्डिफोर पनि देखिन थाल्यो । केही समयपछि महिनावारी प्रक्रिया पनि सुरु भएको बताइन् मीनभवनकी नैनाले ।
यससम्बन्धमा हर्मोन विशेषज्ञ डा. उमा श्रीवास्तव भन्नुहुन्छ- महिलाहरुको सबैभन्दा महत्त्वपर्ूण्ा यौन हर्मोन एस्ट्रोजन (Oestrogen) हो । यो हर्मोन डिम्बाशयमा उत्पादन हुन्छ । यौवनावस्था सुरु भएपछि एस्ट्रोजन बन्ने स्तर एकदमै उच्च हुन्छ तर मासिक चक्रको दिनअनुसार यसमा तलमाथि भइरहन्छ । यो हर्मोनले महिलालाई महिलाजस्तै देखिने बनाउंछ । यसले स्तनको वृद्धि गराउंछ, शरीरमा बोसो जम्मा गरेर महिलाको शरीरलाई गोलाइयुक्त आकार दिन्छ, छालालाई चिप्लो र नरम बनाउंछ तथा शरीरमा रौं उम्रन दिंदैन । किशोरीको शरीरमा तैलीयपन उत्पादन गरी किशोरीलाई डन्डिफोरले सताउन सक्छ । यो हर्मोनले अरु हर्मोनसंग पनि अन्तरक्रिया राख्छ र हाडहरु बलियो बनाउंछ । डिम्बाशयबाट निस्कने अर्को महत्त्वपूर्ण् महिला यौन हर्मोन प्रोजेस्टेरोन (Progesterone) हो । यसले डिम्ब निष्कासन, पुरुषको शुक्रकीटसंग डिम्बको संयोग, गर्भधारण, गर्भमा भ्रूणको विकास आदिमा महत्त्वपूर्ण् भूमिका खेल्छ ।
यस कुरालाई अझ स्पष्ट पार्दै डाक्टर श्रीवास्तव भन्नुहुन्छ- हरेक व्यक्तिमा शारीरिक परिवर्तन बेग्लाबेग्लै समयमा हुन्छ । यौवनावस्थामा प्रवेशका लागि हुने परिवर्तनहरु ११ देखि १८ वर्षउमेरसम्म देखा पर्छन् । कसै-कसैमा योभन्दा चांडै पनि हुन्छ । परिवर्तनको प्रक्रिया चार-पांच वर्षा पूरा हुन्छ । किशोरीमा यो अवस्थाको सुरुआत केटाहरुमा भन्दा केही चांडै हुन्छ । त्यसैले १२-१३ वर्षउमेरका किशोरीहरु त्यही उमेरका किशोरभन्दा शारीरिक रुपले विकसित देखिन्छन् ।
किशोर वा किशोरी जो-कोहीलाई पनि यस अवस्थामा यौनसम्बन्धी जिज्ञासा बढी हुनु, महिनावारी, स्वप्नदोष, हस्तमैथुन, लि आदिको आकारप्रति चासो बढ्नु र अस्वाभाविक ठानेर चिन्तित हुनु, यससम्बन्धी राम्रो ज्ञान नभएकाहरु आत्तिनु स्वाभाविक नै हो ।
यस विषयमा डाक्टर श्रीवास्तव भन्नुहुन्छ- शरीरमा पुरुष हर्मोन टेस्टोस्टेरोनको उत्पादन हुन थालेपछि किशोरहरुमा स्पष्ट शारीरिक परिवर्तनहरु देखा पर्छन् । लिगं अण्डकोष र अण्डकोष थैलीको आकारमा वृद्धि हुन्छ । अण्डकोषमा वीय बन्न थाल्छ । हस्तमैथुन गर्दा वा निदाएको बेला स्वप्नदोषको रुपमा वीय बाहिर निस्कन्छ । कतिपय केटाहरुले स्तनको मुन्टोवरिपरि सुन्निएको अनुभव गर्न सक्छन्, तर केही वर्षा नै यो हराउंछ ।
विश्व स्वास्थ्य संगठनले १० वर्षेखि १९ वर्षो उमेर समूहलाई किशोरावस्था भनी परिभाषित गरेको छ । यो उमेरका केटालाई ँकिशोर र केटीलाई किशोरी भनिन्छ । यो उमेर न त बाल्यावस्था हो, न त वयष्कपन नै । किशोरकिशोरीहरुले स्वयम् बुझन नसकुन्जेल अभिभावकहरुबाट बुझेर आफैं अनेक कुराहरुप्रति सचेत हुनु जरुरी छ ।
किशोर-किशोरीहरुमा भावनात्मक तथा व्यवहारमा पनि अनेक कुराहरुले प्र्रभाव पारिरहेको हुन्छ । यस उमेरमा भावना र व्यवहारमा परिपक्वता आइसकेको हुंदैन । त्यसैले जसको पनि बहकाउमा लाग्ने, विश्वास गरिहाल्ने बानी हुन्छ । यस बेला आफूले आफैंलाई नियन्त्रणमा राखेर सम्हाल्न सक्नुपर्छ ।
बागबजारकी आशा साथीहरुसंग गहिरो सम्बन्ध राख्न मन गर्छिन् । उनलाई आफ्नो अनुभव र समस्याहरु अभिभावकले नबुझेजस्तो लाग्छ । उनी कहिले सानो कुरामा धेरै खुशी हुने र सानो कुरामा पनि निराश हुने कुरा व्यक्त गर्छिन् । शारीरिक परिवर्तनको क्रममा उनको त्रिघराको आकार पनि भिन्न हुंदै थिए । काखीमुनि र शरीरका अन्य केही गोप्य ठाउंमा पनि रौं तथा पसिना आउन थालेको बताइन् ।
पिट्युटरीबाट निस्कने हर्मोनहरुको उत्प्रेरणाले डिम्बाशयले एस्ट्रोजन उत्पादन गर्छ । यो हर्मोनले जननेन्द्रियको वरिपरि यौनकेश उम्रन्छ । यही समयमा काखीमुनि रौं आउने गर्छ । काखीमुनिको पसिना निस्कने ग्रन्थि बढी क्रियाशील हुन थाल्छ । पसिना निकाल्ने ग्रन्थिसंगै छालामा रहेका अरु ग्रन्थिहरु पनि यो समयमा बढी सक्रिय हुने कुरा डा. श्रीवास्तव बताउनुहुन्छ ।
यससम्बन्धमा मनोविज्ञ डा. माधवप्रसाद रेग्मी भन्नुहुन्छ- ँकिशोरावस्थामा किशोरकिशोरीमा शारीरिक साथै मनोवैज्ञानिक तथा भावनात्मक परिवर्तहरु पनि देखा पर्छ । मन चञ्चल हुने, बढी गोपनीयता चाहने, बढी स्वतन्त्र हुने कोशिश गर्ने, काल्पनिक कुराहरु सोच्ने, सोचाइ तथा लक्ष्यमा परिवर्तन भइरहने, आफ्नै मूल्य र मान्यताको विकास सुरु हुने, साथीहरुबीच गहिरो सम्बन्ध राख्ने चाहना र उनीहरुले भनेको कुरा नाइं भन्न नसक्ने यिनीहरुको स्वभाव हुंदा चांडै कुलतमा फस्ने सम्भावना बढी हुन्छ ।
राजधानीकै एक युवकले लागूपदार्थको अत्यधिक मात्रामा सेवन गरी आफ्नो दुइ दिदीबहिनी र भाइलाई समेत मृत्युको मुखमा धकेली आफू पनि आत्महत्या गर्ने कोशिश गरे । तुरुन्तै बाबुआमाले थाहा पाएकाले उनीहरुले उनको ज्यान बचाउन सफल भएका थिए । उनका अनुसार सुरुसुरुमा साथीहरुको करमा उनी ब्राउन सुगर र हेरोइनजस्ता लागूपदार्थ सेवन गर्थे, पछि त बानी नै बस्यो । प्रेममा धोका र पढाइमा असफलता पाएपछि उनले आत्महत्या गर्ने निर्ण्र्ाागरे । मर्ने नै भएपछि मर्नुभन्दा अगाडि किन रमाइलो नगर्ने भन्ने सोचले उनले रसवरीभित्र स्लिपिङ टयाब्लेटको धूलो हाले । त्यसपछि सो रसवरी प्रिmजमा राखेर केही समयको लागि उनी बाहिर निस्किए । त्यही बेला उनका दिदीबहिनी र भाइ मिलेर रसवरी खाए ।
उनी घर फर्किंदा दिदी, बहिनी र भाइ छटपटाइरहेको अवस्थामा भेटे, तर उनलाई दया लागेन र आफूले पनि आत्महत्याको प्रयास गरे तर असफल भए । अहिले उनी सामाखुसीको रानीबारीस्थित आसरा सुधार केन्द्रमा उपचारको क्रममा छन् ।
लागूपदार्थ सेवन गरी कुलतमा फसेका किशोरकिशोरीलाई सही मार्गमा ल्याई परिवारको असल सदस्य र समाजको एउटा असल नागरिक बनाउनका लागि स्थापना गरिएको यस आसरा सुधार केन्द्रकी सचिव सविता शाह बताउनुहुन्छ । यस केन्द्रमा बिरामीलाई परामर्शदाताहरु (Councellor) बाट विभिन्न किसिमका सल्लाह एवम् सुझाव दिएर सही मार्गदर्शन गराउने प्रयास गरिन्छ । लागूपदार्थ सेवनबाट ग्रस्त युवाहरुलाई कागती र ग्लुकोजमा पानी मिर्साई सेवन गराउनुका साथै शनिबारबाहेक उनीहरुलाई अरु दिन दिनभरि नै विभिन्न काममा व्यस्त गराउने गरिन्छ ।
उहांका अनुसार किशोरावस्थामा रहेका आफ्ना छोराछोरीलाई राम्रोसंग ख्याल गर्नु जरुरी छ । उनीहरु बाथरुममा धेरै समय बिताउंछन्, एउटै समयमा लगातार बाहिर निस्किन्छन् भने अभिभावकले ऊ कहां जांदै छ र के गर्दै छ भन्ने कुराको जानकारी लिन जरुरी छ ।
यस अवस्थाका केटाकेटीहरुलाई बढी नियन्त्रणमा राख्नु वा बढी स्वतन्त्र हुन दिनुहुंदैन । उनीहरुमाथि शंकाको दृष्टिले हेरेमा झन् नराम्रा कामतिर उन्मुख हुने गर्छन् । यदि आफ्नो छोरा वा छोरीको कुनै कुरामा शंका लागेमा उसले थाहा नपाउने तरिकाले उसको ओछयान पल्टाएर हेर्ने तथा खल्तीहरु जांच गर्नुपर्ने कुरा आसरा सुधार केन्द्रकी मनोविज्ञ श्रीमती रश्मी काफ्ले बताउनुहुन्छ ।
योगेश नामका एक किशोरलाई घर बस्नै मन लाग्दैन । उनी एक्लै बसेर कल्पनामा रमाउन चाहन्छन् । कहिलेकाहीं साथीहरुसंग भेटघाटका लागि बाहिर निस्किंदा पनि उनका अभिभावकले उनीमाथि शंकाले हर्ेछन् । उनका बुबाले आफूलाई अहिले पनि तैंले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर दिक्क बनाउने कुरा उनी बताउंछन् ।
मनोविज्ञ रश्मी काफ्ले यस विषयमा भन्नुहुन्छ- ँकिशोर वा किशोरी जो-कोही पनि आफ्नो अभिभावकको संरक्षणमा हुन्छन् । उनीहरु बिग्रिएमा त्यसमा गल्ती अभिभावकको पनि हुन्छ । उनीहरुलाई समय दिने, नसम्झाउने, कडा नियन्त्रणमा नराख्ने सबै जिम्मेवारी अभिभावकको नै हुन्छ ।
किशोरावस्थामा ध्यान दिनुपर्ने कुरा
किशोरावस्थाका शारीरिक परिवर्तनलाई स्वाभाविकरुपमा लिनुपर्छ । शरीरको हेरचाह र सरसफाइ गर्नुपर्छ । पौष्टिक खानेकुरामा जोड दिनुपर्छ । यस अवस्थामा किशोरकिशोरीहरु एकअर्कोमा आकषिर्त भई यौनसर्म्पर्क राख्ने इच्छा राख्छन्, तर आत्मा नियन्त्रण गर्नुपर्छ । यदि असावधानीवश गर्भ रहन गएमा तुरुन्त स्वास्थ्यकर्मीसंग सर्म्पर्क राख्नुपर्छ । शिक्षिक-शिक्षिका, अभिभावकले दिएको सल्लाह आफ्नै हितका लागि हो भन्ने सोच हुनुपर्छ ।
किशोरकिशोरीलाई परामर्श एवम् आवश्यक सूचना परिवार, विद्यालयबाट दिन जरुरी छ । पारिवारिक एवम् सामुदायिक प्रक्रियामा किशोरकिशोरीको सहभागिताको प्रवर्द्धन गरी उनीहरुको आत्मविश्वासमा वृद्धि गराउनुपर्छ । साथै प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिनु पनि जरुरी छ । यस अवस्थामा अभिभावकले उचित शिक्षा तथा सल्लाह दिनुपर्छ । यो अवधिमा भविष्य निर्धारण गर्ने अवस्था भएकोले जीवनोपयोगी सीपका लागि विशेष ध्यान दिनुपर्छ।

No comments:

Post a Comment