Monday, September 5, 2011
मानव दूधको जस्तै........
चीनका वैज्ञानिकहरूले मानिसको जस्तो दूध उत्पादन गर्ने गाई विकास गरेको बताएका छन् । त्यहाँका अनुसन्धानदाताले बताएअनुसार त्यो फार्मका तीन सय गाईले उत्पादन गर्ने दूधको गुणस्तर मानव दूधको जस्तै हुने बताएका छन् । । त्यो दूध बजारमा पाइने अन्य दूधभन्दा पोसिलो र बच्चाको स्वास्थ्यका लागि फलदायी हुने अनुसन्धानकर्ताले बताएका छन् ।
ती गाईमा मानिसको जिन प्रत्यारोपण गरिएको छ जसले मानिसको जस्तै दूध उत्पादन गर्न सक्छन्
बच्चालाई स्तनपान अहिले बढ्दो समस्याका रूपमा छ मानिसको जस्तै दूध उत्पादन गर्ने चिनियाँ फार्मका गाई लेब्रेटोरिज फर एग्रोबायोटेक्नोलोजीका रिसर्च प्रोफेसर निङ लिले दूध अन्य गाईको जस्तै सुरक्षित हुने बताएका छन् । 'दूधको स्वाद भने अन्य गाइले दिनेभन्दा मीठो हुनेछ । यो दूध सुपरमार्केटमा पाउन सकिनेछ,' उनले भने, 'अहिलेसम्मको अनुसन्धानमा गाईलाई मानवीयकरण गर्न सकिने देखिएको छ । तिनले दिएको दूधमा आमाको दूधमा हुने जस्तै पोषण हुनेछ । कामकाजी महिला आप\mना बच्चालाई उचित स्तनपान गराउन सक्दैनन् । त्यसको विकल्पमा यो दूध प्रयोग गर्दा बच्चाको स्वास्थ्यमा असर नपर्ने अनुसन्धानकर्ताले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment