Monday, September 19, 2011

दमकमा यस्तो पनि हुँदो रहेछ...

एक सय बढी सरकारी कार्यलयको किर्ते छाप 
सबै प्रकारको शैक्षिक प्रमाणपत्र नक्कली 
नागरीकता देखि लाइसेन्स चाहिए पनि बनाइदिने सेनाको पनि नक्कली कागजात बनाएको पाइयो

एउटै झोलाबाट एकसय भन्दा बढी सरकारी कार्यलय र यति नै संख्याका बिभिन्न इन्ष्टिचुयुटहरुको काम हुन्छ भन्दा पत्याउनु हुन्छ यही झोलाबाट नागरीकता देखि लिएर शैक्षिक योग्यताका प्रमाणपत्र सम्म पाइन्थ्यो त्यो पनि छ दखि दश हजार तिरेपछि भन्दा तपाइलाइ पत्यार नलाग्न सक्छ ।
यस्तै कार्यमा संलग्न दुइ युवालाइ दमक स्थित बेलाडाँगी रोडबाट इलाका प्रहरी कार्यलय दमकले पक्राउ गरेर यस्तो सार्बजानीक गरेको हो ।
प्रहरीले एक सय भन्दा बढी सरकारी कार्यलयबिद्यालयगाबिसनगरपालिकाको छाप र त्यहाँका प्रमुखहरुको दस्तखतको नमुना सहित पक्राउ गरेपछि यस्तो कार्य हुने गरेको रहस्य खुलेको हो ।
दमक ११ स्थित ए लाइभ कम्प्युटर इन्ष्टिच्युट मार्फत सरकारका बिभिन्न कार्यलयहरुबाट हुने सबै प्रकारका कामहरु हुने गरेको पाइएपछि त्यस कार्यमा संलग्न लखनपुर १ का सुवास राइ र दमक १ का राजु कडरीयालाइ पक्राउ गरि मंलबार साँझ प्रहरीले सार्बजानीक गरेको हो ।
इलाका प्रहरी कार्यलय दमकका प्रमुख नबिन कार्कीका अनुसार उनिहरुको साथबाट जिल्ल्ाा प्रशासन कार्यलय झापाइलका प्रशासन कार्यलय झापाजिल्ला शिक्षा कार्यलयक्षेत्रीय शिक्षा निर्देशानलय दमक नगरपालिका इलाका प्रहरी कार्यलय नेपाली सेनाका बिभिन्न गण लगायतका कार्यलयका नक्कली छापहरु समेत रहेको पाइएको छ ।
उनिहरुको साथबाट नक्कली नागरीकताबिभिन्न्ा तहका शैक्षिक प्रमाण पत्रलाइसेन्स लगायतका कागजपत्रहरु समेत प्रहरीले जफत गरेको छ ।sार्कीका अनुसार उनिहरुले सबै सामाग्री एउटा झोलामा नै बोकेर हिडने र आधा घण्टा भित्रमा चाहिएको सबै प्रकारको कागजपत्र तथा प्रमाण बनाइदिने गरेका थिए ।
प्रहरीले प्रमाण जुटाउनका लागि आफै ग्राहक बनेर नक्कली लाइसेन्स र प्रमाणपत्र बनाउन लगाएको थियो ।यसका लागि गोप्यमा खटिएका प्रहरीले सात हजार बुझाएको समेत प्रहरी निरीक्षक कार्कीले पत्रकार सम्मेलन गरेर जानकारी दिनु भएको छ ।
बिदेश जान र स्वदेशमा पनि काम गर्नका लागि नेपाल र भारतका नाम चलेका इन्ष्टिच्युटहरुको जस्तो सुकै प्रमाण पनि बनाइदिनते र नेपाली सेनामा काम गरेको सिफारिस सम्म बनाइ दिने गरेको खुलेको छ ।
झापा र इलामका बिभ्ािन्न बिद्यालय तथा क्याम्पसमा अध्ययन गरेको कक्षा ३ देखी स्नातक सम्मको प्रमाणपत्र दुरुस्त बनाइदिने गरेको समेत पाइएको बताउदै त्यसको प्रमाण फेला परेको प्रहरीले बताएको छ ।
प्राबि बिद्यालय देखि लिएर परिक्षा नियण्त्रण कार्यलय सम्मको नक्कली छाप र कागजत बनाउन सकि्रय यो गिरोहले दुइ सय बढी सरकारी कार्यलयसंघसंस्थाबिद्यालयको छाप तथा कागजात बनाउदै आएको थियो ।
यसका साथै उक्त सरकारी कार्यलयमा काम गर्ने प्रमुखको नाम र दस्तखतको स्टाम्प तथा त्यसको नमुना समेत प्रहरीले फेला पारेको छ ।यो सबै मंगलबार साँझ सार्बजानीक गरिएको हो ।
इलाका प्रहरी कार्यलय दमकका प्रहरी प्रमुख कार्की भन्नुहुन्छुउनिहरु संग यस्तो सफ्ट वेयर रहेको छ जसले आधा घण्टा भित्रमा सबै प्रकारको दुरुस्तै सरकारी कार्यलयबाट उपलब्ध गराउने प्रमाण तथा कागजपत्र निकाल्न सक्ने रहेछन् ।ु
उनिहरुले यी सबै कागजपत्र तथा छाप कार्यलयमा राखेर एउटा झोलामा सबै बोकेर हिड्ने र माग अनुसार तुरुन्त रकम लिएर त्यतिखेरनै काम गर्दिने गरेको पनि खुलेको छ ।
प्रहरीले उनिहरुले प्रयोग गर्ने गरेको सबै सिडिका साथै कप्प्युटर तथा रङ्गीन पि्रन्टर समेत जफत गरेर ल्याएको छ ।प्रहरीले यो एउटा ठुलो सफलता रहेको यसबाट धेरै कुरा पत्ता लगाउन सकिने बताएको छ ।
उनिहरुलाइ सोमबार सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा मुद्धा दायर गरिएको प्रहरीले बताएको छ । उनिहरुले कसुर गरेको ठहरिएमा एक बर्ष जेल सजाय र बिगो अनुसारको जरिवाना हुने बताइएको छ ।

No comments:

Post a Comment