Monday, September 26, 2011

मस्ती गर्नका लागि काम

प्रसिद्ध पप गायिका ब्रीटनी स्पेयर्शले कुनै कीर्तिमान राख्न र केही कुरा सावित गर्नका लागि नभै मस्ती गर्नका लागि आफुले काम गरिरहेको बताएकी छिन् ।

आफ्नो सातौँ एल्बको प्रचारका लागि यूरोप भ्रमणमा रहेकी स्पेयर्शले रुसको सेन्टपिटर्सबर्गमा यस्तो बताएकी हुन् । उनको यो एल्बम ७० लाख प्रति बिकिसकेको छ ।ब्रीटनीले आफुले कहिल्यैपनि दबाब महसुस नगर्ने र जे काम गर्दा पनि रमाइलो मानेर गर्ने बताइन् । “अहिले मेरा लागि सावित गर्नैपर्ने केही कुरा छैन” , उनी भन्छिन् “मैले केबल मस्तीका लागि काम गर्छु र काम गरेपछि मात्र परिणाम के हुन्छ भनेर हेर्छु ।”

आफुले आफ्ना असल मित्रहरुको सहयोगमा आफ्ना विभिन्न कार्यक्रम तय गर्ने बताउँदै उनले यसो गर्दा आफुले राम्रो काम गर्न सकेको र स्वस्थ रहेको बताइन् ।

No comments:

Post a Comment