Sunday, September 18, 2011

एउटी स्मार्ट महिलासँग ......................

एउटी स्मार्ट महिलासँग विवाह गर्दा के कस्ता फाइदा हुन सक्छन् ? निश्चिय नै धेरै । अब एक अध्ययनले यसमा एउटा ठुलो कारण सार्वजनिक गरेको छ। एक शोधबाट सुन्दर र चुस्त महिलाको साथ मृत्युसँगको दुरी बढाउन सहयोगी हुन सक्ने पत्ता लागेको हो ।
स्काटहोमका स्वीडिस इन्ष्टीच्युट फर सोसल रिसर्चका बैज्ञानिकहरुले गरेको अध्ययनका लागि १५ लाख महिलाको सम्बन्धका विषय समेटेका थिए । सो क्रममा उनीहरुले लामो जीवन र राम्रो स्वास्थ्य प्राप्त पुरुषको खासै महत्व छैन । तर, महिलामा आवश्यक देखिएको छ।
द टाइम्स अनलाइनका अनुसार यो अध्ययन ३० देखि ५९ वर्ष उमेर समूहका १९९० को जनगणनामा आधारिक रहेको छ। यसबाट जुन पुरुष स्मार्ट महिलासँग विवाह गर्छन् उ बढी बाँच्ने तथ्य फेला पारेको हो ।
अध्ययनअनुसार कम पढाई लेखाई भएका मानिस बढी बाँच्ने गर्दछन् । अध्ययनबाट दीर्घ जीवनका लागि पुरुषमा पढाई लेखाईभन्दा उसकी श्रीमतिको पढाई लेखाईले बढी महत्व राख्ने पत्ता लगाएको छ ।
अध्ययन अनुसार जुन पुरुषको श्रीमतिको हाइस्कुल डिग्रीसम्म थिएन उसको मृत्युको आशंका ग्रेजुयट श्रीमतिका पतिको सवा गुण बढी थियो ।

No comments:

Post a Comment