Sunday, September 18, 2011

छिटो उठ्नेहरूमा कम डिप्रेसन

छिटो सुत्ने र छिटो उठ्ने मानिस फुर्तिलो र बुद्घमिान् हुन्छ भन्ने कुराको वैज्ञानिक पुष्टि भएको छ ।

बि्रटेनको रोहम्पटन विश्वविद्यालयका अनुसन्धानकर्ताले यो कुराको स्पष्ट पारेका हुन् । उनीहरूको दाबी अनुसार ढिलो उठ्ने व्यक्तिको दाँजोमा छिटो उठ्नेे व्यक्ति खुसी र स्वस्थ रहन्छन् । रातभरि जाग्ने व्यक्तिको स्वास्थ्य र मनमा नराम्रो असर पर्छ ।

अनुसन्धानकर्ताहरूले करिब ११ सय पुरुष र महिलासँग उनीहरूको सुत्ने र उठ्ने बानीबारे अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।

अध्ययन क्रममा करिब १३ प्रतिशतले बिहान ७ बजेभन्दा अघि उठ्ने बताएका थिए भने ६ प्रतिशतले रातभरि जाग्ने र बिहान सुत्ने जनाएका थिए । बाँकी ८१ प्रतिशत व्यक्ति दुवै प्रकारका पाइएका थिए ।

अनुसन्धानकर्ता डा.जार्ज हुवरका अनुसार जुन व्यक्तिमा छिटो उठ्ने बानी हुन्छ उनीहरूमा धेरै कम डिप्रेसन/अवसादको समस्या पाइयो । उनका अनुसार ढिलो गरी सुत्नेलाई व्यक्ति राम्रो निद्रासमेत नपर्ने हुनाले उनीहरूमा अस्वस्थ र बेचैन अवस्था पायो ।

No comments:

Post a Comment