अमेरिकाको एक सरकारी प्रतिवेदनमा बैंक लुटेराले शुक्रबार बिहानीपख बढी लुट्ने गरेको देखिएको छ । दक्षिणी र पश्चिमी राज्यतिर बढी बंैक लुटिने गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबिआइका अनुसार लुटेराहरूले चार करोड तीस लाख देशभरबाट लुटेका थिए ।
दक्षिणी राज्यमा एक हजार सात सय नब्वे बैंक लुटिएका छन् भने पश्चिममा १ हजार ६ सय ९१ । क्यार्लिफोर्नियामा सबैभन्दा बढी आठ सय पाँच बैंक लुटिएको थियो । समग्रमा ५ हजार ६ सय २८ बैंकिङ अपराधका घटना भएका छन् जसमध्ये ५ हजार ५ सय ४६ त बैंक लुटेका घटना छन् । तर, यो संख्या २००९ मा भन्दा कम हो ।
चोरले चोरी गर्न बार चयन गर्छ ? सुन्दा अचम्म लाग्छ । तर, अमेरिकामा मंगलबार प्रकाशित एउटा रिपोर्ट हेर्दा त्यो प्रमाणित हुन्छ ।

No comments:
Post a Comment