Monday, September 5, 2011

गर्भवती भएपछि ........

घुमफिरमा कत्तिको रुचि छ ?
एकदमै छ । मलाई नयाँ ठाउँ घुम्न असाध्यै रमाइलो लाग्छ ।

अहिलेसम्म कतिवटा देश घुम्नुभयो त ? 
तीन-चारवटा देश घुमेकी छु । सांस्कृतिक कार्यक्रम र सुटिङका लागि गएकी थिएँ ।

घुम्नै भनेर कुनै देश जानुभएको छ ?
घुम्नैका लागि भनेर त कुनै पनि देश गएकी छैन ।

पछिल्लोपल्ट घुमेको देश ?
मलेसिया । सांस्कृतिक कार्यक्रमका लागि गएकी थिएँ । खुबै रमाइलो भएको थियो ।

तपाईंलाई सबैभन्दा मनपर्ने देश ?
स्विटजरल्यान्ड । विभिन्न समाचारका माध्यमहरूबाट स्विटजरल्यान्डको चर्चा सुनेकी छु । यो देशले छोटो समयमा धेरै प्रगति गर्‍यो भन्ने सुनेकी छु । घुम्ने रहर छ ।

कहिले जाने त ?
खै, तत्काल त सम्भव छैन । अब समय मिलाएर पछि जानुपर्ला ।

नेपालका कति जिल्ला घुम्नुभयो ? 
धेरै घुमेकी छु । तर, ठ्याक्कै यति भनेर गनेकी छैन । ४०/४५ वटाजति घुमेँ होला ।

नेपालको सबैभन्दा मनपर्ने ठाउँ ?
पोखरा । पोखरा प्रकृतिको सुन्दर उपहार हो । पोखराका ताल, गुफा, हिमाल अत्यन्त सुन्दर छन् । यस्तो लाग्छ- पोखरा सबै हिसाबले सुन्दर छ ।

घुम्न मन लागेको तर नपाएको ठाउँ ?
मुगुको रारा ताल । पत्रपत्रिकामा राराको सुन्दर दृश्यहरू हेर्दा जाउ“m-जाऊँ लाग्छ । समय नमिलेर जान पाएको छैन । फुर्सद हुनासाथ रारा जाने योजनामा छु ।

परिवारसँग बढी घुम्नुहुन्छ कि साथीभाइसँग ?
सहकर्मीहरूसँग बढी घुम्ने अवसर पाएकी छु । सुटिङको क्रममा नयाँ-नयाँ ठाउँ गइरहनुपर्छ ।

परिवारसँग घुम्दा रमाइलो कि साथीभाइसँग ?
दुवैसँग रमाइलो हुन्छ । परिवारसँग घुम्दाको आनन्द अन्य साथीसँग घुम्दा हुँदैन र अन्य साथीसँग घुम्दाको रमाइलो पनि परिवारसँग घुम्दा हुन्न । यी रमाइलोका फरक पाटा हुन् । यद्यपि तुलनै गर्ने हो भने परिवारसँगै घुम्दा बढी रमाइलो हुन्छ ।

घुमफिरमा कति खर्च हुने गरेको छ ?
घुमफिरका लागि भनेर खर्च छुट्याउने गरेकी छैन । र, कति खर्च भयो भनेर हिसाबकिताब पनि गरेकी छैन । बढी सुटिङ र कार्यक्रमकै लागि बाहिर घुम्न जाने हुँदा त्यति धेरै खर्च हुँदैन ।

घुमफिर कत्तिको अनिवार्य हो ?
एकै ठाउँ बसिराख्दा दिक्क हुन्छ । 'फ्रेस' हुनका लागि नयाँ ठाउँ घुम्न जरुरी हुन्छ । नयाँ ठाउँमा घुम्दा मनोरञ्जनसँगै ज्ञान पनि प्राप्त हुन्छ । जति नयाँ स्थानहरूमा घुमफिर गर्‍यो, त्यति धेरै ज्ञान र आनन्द प्राप्त हुन्छ ।

अहिलेचाहिँ घुम्न जान मन लागेको छैन ? 
गर्भवती भएपछि लामो समयदेखि घरमै आराम गरिरहेकी छु । असाध्यै बाहिर घुम्न जान मन लागेर बंैकक जाऊँ भनेको डक्टरले दिनुभएन । अब प|mेस भएपछि परिवारसँग नयाँ ठाउँ घुम्ने योजना छु ।

No comments:

Post a Comment