आइतबार साँझ गएको भुकम्पका कारण झापाको काकडभिट्टामा एक पाँच बर्षिया बालीकाको ज्यान गएको छ भने आधा दर्जन मानिसहरु घाइते भएका छन् ।
भुकम्प आँउदा काहालिएर मेचिनगर १० की ५ बर्षिया आइर्ंसा घिमिरेको मृत्यु भएको जनाइएक्ो छ ।पक्षघातबाट पिडित बालीका भागदौडमा कहालिएर बेहोस भएकी थिइन् ।
उनलाइ उपचारका लागि स्थानीय स्वास्य केन्द्रमा लैजादै गर्दा मृत्यु भएको स्थानीयहरुले बताएपनि पिडित परिवारले प्रहरीमा खबर नगरेको इलाका प्रहरी कार्यलय काकडभिट्टाका प्रहरी निरीक्षक चन्द्र राजबंशीले बताउनु भयो ।
भुकम्पका कारण क्षेत्रिय प्लान्ट क्वारेन्टाईन काकडभिट्टाका बरिष्ठ अधिकृत नारायण श्रेष्ठ घाईते हुनुभएको छ ।उहाँको भद्रपुरको ओमसाही अस्पतालमा उपचार भईरहेको बताइएको छ ।
भुँइचालो आउदा आत्तिएर आफु बसेको भवनबाट हाम फाल्दा श्रेष्ठ घाइते बन्नु भएक्ो प्रहरीको भनाइ छ ।श्रेष्ठ सहित अन्य चार जना घाइते बनेको र तीन जना उपचार पछि घर फर्केको राजबंशीले बताउनु भयो ।
यता मेचीनगरको मेचीनगर १० काकडभिट्टामा नै एउटा पुरानो बौद्ध गुम्बा समेत भत्किएर पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।यहाँ रहेको चर्चम्ाा समेत क्षति पुगेको प्रहरीले जनायो ।
यता झापा कारागारमा पनि भुकम्पका कारण ठुलो क्षति पुगेको छ ।sारागारको सुरक्षामा खटिएका प्रहरीहरुको भान्साघर पुर्ण रुपमा क्षतिग्रस्त बनेको कारागार प्रमुख खगेन्द्र गिरीले बताउनु भएको छ ।
गिरीका अनुसार कारागारको एकापट्टीको पर्खाल भत्किएको छ भने पुरै कम्पाउण्ड काम नलाग्ने गरि चर्किएक्ो छ ।
कैदी बन्दि बस्ने कोठाहरु समेत चर्किएक्ो र ध्वाजा ध्वाजा भएकाले पानी चुहिएरका कारण कैदी बन्दीहरु भिजिरहेका छन् ।झापामा आइतबार देखि परेको बर्षा रोकिएक्ो छैन।
काराागारको कैदी बन्दिहरुको आवसीय गृह बिचमा रहेको दुर्गा मन्दिर समेत चकिएर कोल्टिएको छ ।
यता झापामा भुकम्पका कारण एक सय भन्दा बढी घरहरुमा क्षति पुगेको छ ।सुचना संकलन गर्ने कार्य भइरहेकाले थप बिबरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएक्ो छ ।

No comments:
Post a Comment