Monday, September 5, 2011

चुम्बन आन्दोलनमा विद्यार्थी

हाम्रो देशमा विद्यार्थीहरुले केही माग राखेर आन्दोलन गर्नुपर्‍यो भने के गर्छन् ? सबैलाई थाहा छ, कलेजमा तोडफोड, पदाधिकारी र गुरुलाई कालोमोसो दल्ने र सडकमा टायर बाल्ने । तर चिलीका विद्यार्थीहरुले भने शैक्षिक पुनर्संरचनाको माग गर्दै अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् ।
देशको शैक्षिक प्रणालीको विरोध गर्दै चिलीका विद्यार्थीहरुले हालै चुम्बन आन्दोलन गरेका छन् । किस पार्टी नाम दिइएको उक्त चुम्बन आन्दोलनमा ठूलो संख्यामा विद्यार्थीहरु सहभागि भएका थिए । सरकारले शिक्षा बजेटमा कटौती गरेपछि आन्दोलनमा उत्रिएका सयौँ विद्यार्थीहरुले किस पार्टी आन्दोलनको क्रममा सान्टियागोको सडकमा उत्रिएर चुम्बन गरे । यसअघि भएका अरु आन्दोलनमा प्रहरीले दमन गरेपछि विद्यार्थीहरुले चुम्बन आन्दोलनको बाटो रोजेका हुन् ।

वास्तवमा आन्दोलनका क्रममा चुम्बनमार्फत माया प्रेम नभएर आक्रोस व्यक्त गरिएको थियो र ओठ जोडाउने केटाकेटीहरु सबै प्रेमी प्रेमिकाहरु मात्र थिएनन् । शिक्षामा बजेट कटौति गर्दा समाज कसरी विकृत बन्छ भन्ने देखाउन यसो गरेको विद्यार्थीहरुको दाबी छ । शिक्षाको राज्यको लगानी वृद्धि, तालिम प्राप्त शिक्षक , तथा निशुल्क गुणस्तरीय शिक्षा पाउनुपर्ने विद्यार्थीहरुको माग छ ।

No comments:

Post a Comment