Friday, September 9, 2011
साबधान तौल घटाउन ......
गत नोभेम्बर १४ तारिखको दिन ब्राजिलकी सुपर मोडल एना क्यारोलिना रेस्टोनको दुब्लाउने रोग ँएनोरेक्जिया’बाट असामयिक निधन भयो। मोडलिङमा अवसरको खोजी गर्दै ख्याति कमाउनका लागि आफ्नो प्राकृतिक तौलभन्दा ४० पाउन्ड वजन घटाएपछि उनको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको हो। जतिबेला मेक्सिको र जापानबाट समेत मोडलिङ पेशालाई अगाडि बढाउने सुनौलो अवसरको प्रस्ताव आएको थियो त्यति बेला उनी जीवनका अन्तिम घडी गन्दै थिइन्। नियतिको खेल अचम्मको हुन्छ, क्यारोलिनाको ख्याति उचाइतर्फ बढ्दै गएको बेला त्यो सुनौलो अवसर प्राप्त गर्न नपाउँदै उनले मृत्युवरण गर्नुपर्žयो। यो घटनाले विश्वका सारा मोडल र युवतीलाई नराम्रोसँग झस्काएको छ, जो सुपर मोडल बन्नका लागि रातदिन आफ्नो वजनका बारेमा अति नै चिन्तित हुन्छन्।
मोडल युवतीहरुको शारीरिक बनावटसँग केन्द्रित सौन्दर्यसम्बन्धी मानसिक यातनापूर्ण मापदण्डले गर्दा सुपर मोडल बन्न खोज्ने युवतीहरु कमभन्दा कम खाना खाएर स्लिम बन्न खोज्छन्। जसले गर्दा उनीहरुलाई शारीरिक कष्ट एवम् मानसिक तनाव निम्त्याउँछ।
गतवर्षक्यारोलिनाको वजन सामान्यभन्दा १० केजी बढेपछि मोडल एजेन्सीले मेक्सिकोमा भएको अठौं फेसन सुपर कार्यक्रममा उनलाई हटाउन सक्ने चेतावनी दिएको थियो। सुपर मोडल हुँदा उनी ५० केजीकी थिइन् पछि उनको वजन बढेर ६० केजीसम्म पुगेको थियो। यसरी मोडलहरुको वजन बढ्नुलाई यो व्यवसायसँग सम्बन्धित संस्थाहरुले आपत्तिको विषय ठान्छन्।
मोडल युवतीहरुको शारीरिक बनावटसँग केन्द्रित सौन्दर्य सम्बन्धी मानसिक यातनापूर्ण यस्तो मापदण्डले गर्दा सुपर मोडल बन्न खोज्ने युवतीहरु कमभन्दा कम खाना खाएर स्लिम बन्न खोज्छन्। जसले गर्दा उनीहरुलाई शारीरिक कष्ट एवम् मानसिक तनाव निम्त्याउँछ।
सुपर मोडल क्यारोलिनाकी आमा मिरिम आफ्नी छोरीलाई सम्झँदै आँसुको भेल बगाउँछिन्। उनले भनिन्- ँमेरी छोरीले भविष्यमा अमेरिकासम्म पुगेर मोडलिङमा करिअर बनाउँछु भन्ने सपना साँचेकी थिइ। उसको खुबी देखेर आफ्नो सपना साकार पार्छे भन्ने मलाई लागेको थियो, तर ऊ एक महिनासम्म बिरामी परेपछि कहिल्यै नर्फकने गरी भगवान्को प्यारो बनी।’
मत्युपछि ब्राजिलकै एक अस्पतालमा क्यारोलिनाको पोस्टमार्टन गरिएको थियो। अध्ययनपछि उनले गतवर्षदेखि आफ्नो तौल घटाउन स्याउको जुस र गोलभेडाको सेवन गर्ने अनि चुरोट पिउने गरेको डा. मार्को एन्टोनियोले बताए। मृत्युअघि उनको उचाइ ५ फिट ७ इन्च थियो भने मृत्युपछि ८ इन्च पुगेको पाइयो।
अन्तराष्ट्रिय सुपर मोडलमा छानिने अधिकांश युवतीको वजन सामान्यतया प्राकृतिक वजनभन्दा १५ केजी कम हुन्छ। हेर्दा नै दुब्ला, पातला र अत्यन्त कमजोर तर कामोत्तेजक शरीर देखिने ती युवतीहरु सुपर मोडलमा छानिएपछि वजन बढेको आरोपमा आफूलाई अयोग्य ठहर्žयाइने हो कि भन्ने डरले भयवित हुन्छन्। त्यसैले उनीहरु सुपर मोडल छानिएको वर्षरि नै कमभन्दा कम भोजन गरेर आफ्नो भोकलाई दबाउँदै जान्छन्। दिनरात आफ्नो छाला, नङ, केश र रुपरङको मात्र स्याहार गर्ने अनि दिन-प्रतिदिन दुब्लाउँदै जाने बानीले गर्दा कैयौं मोडल थलिन पुग्छन्। उनीहरु यसरी थलिनुको कारण ँएनोरेक्जिया’ले गर्दा हो। सौन्दर्यसम्बन्धी डा. लुइस ब्राउन बताउँछन्।
नव युवतीहरुलाई उनको सुझाव छ- ँयसरी डुब्लाउँदै गएमा शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्वको कमी हुँदै जान्छ। जसले गर्दा शरीरमा क्यालोरीको कमीले कोषहरु नष्ट हुँदै जान्छन्, अन्त्यमा उसको अकाल मृत्यु हुन सक्छ। यस्ता डुब्ला-पातला युवतीहरुको वैवाहिक जीवनपछि शिशु पनि अस्वस्थ जन्मने गर्छ। तसर्थ जीवन बनाउनुछ भने पहिलो प्राथमिकता सन्तुलित भोजनलाई देऊ अनि मात्र करिअर। जहाँ शरीर छैन त्यहाँ जीवन छैन।
एना क्यारोलिनाको सन्दर्भ कोट्याउँदा झन्डै ५ वर्षअघि उनी ब्राजिलमै भएको एक ँमोडल र्सच कन्टेस्ट’ हेर्न पुगेकी थिइन्। त्यहाँ उनको भेट मोडलिङ एजेन्सीका प्रतिनिधिसँग भयो। अर्को वर्षत्यहाँ भएको मोडल र्सच कन्टेस्टमा भाग लिई प्रथम भएपछि उनी मोडलको रुपमा छानिएकी थिइन्। त्यसपछि उनी मोडलबाट सुपर मोडलसम्म बन्न सफल भइन्। मोडलिङकै सिलसिलामा क्यारोलिनाले चीन, टर्की, मस्को र जापानसम्म पुगेर आफ्नो कला प्रस्तुत गरी चर्चा बटुलेकी थिइन्। सन् १९८५ मे २९ तारिखका दिन जन्मिएकी क्यारोलिनाको फोटो पिपुल म्यागाजिन, विकिनी म्यागजिन, फ्रेन्चम्याक्सजस्ता चर्चित पत्रिकाका कभरमा छापिएको थियो। जसबाट उनी अझ चर्चित बन्दै गएकी थिइन्।
ब्राजिलको साओ पाउलो शहरमा एक मध्यम वर्गीय परिवारमा उनको जन्म भएको थियो। उनका बाबु नार्सिको मर्कन एक जर्मन कम्पनीमा काम गर्थे भने आमाचाहिँ हिरा पसलमा काम गर्थिन्।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment