Monday, September 26, 2011

कट्टु आन्दोलन

अमेरिकाको उथा राज्यमा सरकारी कानुन कडा भएको भन्दै स्थानिय बासिन्दाले अनौठो आन्दोलन गरेका छन् । कडा र परम्परागत कानुन खारेज गरेर उदार कानुन तर्जुमा गर्न माग गर्दै उटा राज्यको साल्ट लेक सहरका हजारौँ मानिस कट्टु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका मानिसहरुले कट्टु तथा अरु भित्री वस्त्र लगाएर दौडिएका थिए । अर्धनग्न दौडका आयोजकहरुले प्रदर्शनमा नग्नतालाई निषेध गरी कम्तिमा पनि गुप्तांग ढाक्नैपर्ने नियम बनाएका थिए ।सोही अनुरुप दौडमा सहभागिहरुले पेन्टी , ब्रा , नाइट गाउन , स्विमिङ ड्रेस तथा बक्सिङका बेला लाइने कपडा जस्ता पोशाक लगाएका थिए । कतिपयले आफ्नो नांगो छाति , पिठ्युँ र खुट्टामा समलिंगी विवाहलाई मान्यता दिनुपर्ने माग गर्दै नाराहरु समेत लेखेका थिए ।
साल्ट लेक सहर मर्मन चर्चहरुको सहर हो । यस्ता परम्परागत चर्चका अनुयायीहरु समलिंगी विवाहका कट्टर विरोधी हुन् । दौडका आयोजक नेट पोर्टरले राज्यको परम्परागत नीतिबाट आजित भएका मानिसहरुलाई संगठित गर्न अर्धनग्न दौड आयोजना गरिएको बताए । झण्डै ३ हजार जना सहभागि दौड सहरको मध्यभागबाट सुरु भएर सहर परिक्रमा गरेको थियो ।

No comments:

Post a Comment