दाजुले बिदेश बाट पठाइदिएको महगो मोबाइल सेट उहाँलाइ त्यसै फ्याक्न मन लागेन र भारतको सिलगुढी जानु भयो र भारतीय एक सय रुपिया खर्च गर्दा उहाँको मोबाइल पहिलेको जस्तै चल्न शुरु गर्यो ।
बडदो मोबाइलको प्रयोग संगै बिभिन्न प्रकारका मोबाइल सेट बिकि्रका लागी बिकि्र केन्द्रहरु धमाधम खुल्ने क्रम संगै मोबाइल मर्मत सेन्टरहरु समेत खुल्ने क्रम तिब्र बनेको छ ।
एक दुइ महिना मोबाइल मर्मतको तालीम लिने र त्यसपछि मर्मत सेन्ट तथा पसल खोलेर बस्ने क्रम बडेकाले मोबाइल उपभोक्ताहरुले बनाउन लगेको मोबाइल थप बिग्रने अवस्था आउन थालेको छ ।
दक्ष प्राबिधिकहरु नहँुदा र सिकारु अवस्थामा नै मोबाइल मर्मत सेन्टर खोलेर बस्ने प्रबृतीले गर्दा मोबाइल प्रयोगकर्ताहरु मारमा परेका छन ।
कहि कतै अनुमति नलिइकन तथा बिना दर्ता जसले पनि जहाँ मन लाग्यो त्यहाँ अदक्ष प्राबिधिकहरुले मोबाइल खोल्ने र बनाउनुको सट्टा बिगार्ने गरेपनि यसप्रति कसैको ध्यान गएको छैन ।
शिबशक्ति मोबाइल सेन्टर दमक ११ का प्रोपाइटर कृष्णप्रसाद खनाल आफुले दर्ता गरेर नै मोबाइल मर्मत सेन्टर तालीम सेन्टर संचालन गरेको तर अहिले दमकमा दुइ दर्जन भन्दा बढी मर्मत तथा तालीम सेन्टर संचालन भइरहेको बताउनु हुन्छ ।
मोबाइल बिगि्रएर धेरै ठाँउ डुलाएर पछि आफु भएको ठाँउ सम्म ल्याइ पुर्याउने गरेको बताउदै आफु संग एक दुइ महिना सिकेकाहरुले आफै मर्मत सेन्टर खोलेको पाएको र यसले मोबाइल प्रयोगकर्ता ठगिएको समेत उहाँ बताउनु हुन्छ ।
द मोबाइल प्लानेट दमकका प्रोपाइटर दिपेश दाहाल पनि बिना दर्ता मोबाइल बिकि्र तथा मर्मत सेन्टर खोलिदा राज्यलाइ नै घाटा भएको र दर्ता गरेर चलाउनेहरुलाइ प्रोत्साहन नभएको बताउनु हुन्छ ।
दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष प्रकाश प्रसाइ यस्ता मोबाइल मर्मत सेन्टर खोल्नेको प्राबिधिक योग्यता तोकिनु पर्ने र मापदण्ड कायम गरीनु पर्ने बताउनु हुन्छ ।
बिना दर्ता र मापदण्ड पुरा नगरेकाहरुले मर्मत सेन्टरहरु खोलेको भए त्यस्ता सेन्टरहरु बन्द गराउन सम्बन्धित निकायको चासो जानु पर्ने बताउनु हुन्छ ।
मोबाइलको प्रयोग अत्याधिक बडेको र मेशिनरी सामान भएकाले यो बिगि्ररहने भएकाले र यसबाट राम्रो आम्दानी समेत लिन सकिने भएपछि यसप्रति आकर्षण बडेको पाइन्छ ।
सहज रुपमा मोबाइलमा लाग्ने सामान नपाइने र उपभोक्ताले यसमा प्रयोग हुने उपकरणको मुल्य समेत थाहाँ नपाउने भएकाले बग्रेल्ति खुलेका मोबाइल मर्मत सेन्टरबाट उपभोक्ता ठगिएका छन ।
कहि कतै दर्ता नै नगरी मोबाइल बिकि्र तथा मर्मत सेन्टर संचालन हुँदा सरकारले पाउने राजश्व समेत नपाएको बताइन्छ ।
No comments:
Post a Comment