Sunday, February 6, 2011

महिलालाई एड्सबाट बचाउने मलम आयो


विश्वमै महामारीका रूपमा फैलिएको एड्सबाट बच्न महिलाका लागि नयाँ औषधिको आविष्कार गरिएको छ । वैज्ञानिकले हालै सार्वजनिक गरेको सो औषधि मलमका रूपमा रहेको छ, तर सो औषधिको नाम भने अझै सार्वजनिक गरिएको छैन । यौन क्रियाकलाप गर्नुअघि महिलाले उनीहरूको योनिभित्र उक्त विशेष प्रकारको मलम लगाएको खण्डमा एड्स सर्ने सम्भावना ५० प्रतिशतले कम हुने अनुसन्धानकर्ताले बताएका छन् ।
वैज्ञानिकले लामो समयसम्म दक्षण्िा अपि|mकामा गरेको परीक्षण्ापछि सार्वजनिक गरिएको सो विशेष मलमले एचआइभी भाइरसग्रस्त पुरुषका साथ यौनसम्बन्धबाट संक्रमित हुन सक्ने महिलाका लागि यो निकै सशक्त उपचार सावित भइरहेको बताइएको छ । ९ सयभन्दा बढी महिलामा एक वर्षसम्म यो मलम उपयोग गरिएको थियो ।
एक वर्षसम्म उपयोग गर्दा संक्रमण्ाको दर ५० प्रतिशतले कमी भएको र अढाइ वर्षपछि ३९ प्रतिशत संक्रमण्ाको कमी आएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
एड्स लागेका, तर कन्डम लगाउन नमान्ने पुरुषको संक्रमण्ाबाट बच्न यसबाट ठूलो मद्दत मिल्न सक्ने अनुसन्धानमा खटिएका वैज्ञानिकले जनाएका छन् । यो मलममा एड्सको औषधि टेनोफोविरको प्रयोग गरिएको उनीहरूले जनाएका छन् ।
अमेरिकी विज्ञान पत्रिका साइन्समा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार, यो मलम दक्षण्िाको एड्स शोधकेन्द्रमा गएका तीन वर्षदेखि अनुसन्धान भइरहेको थियो र यसलाई भियनाको अन्तर्राष्ट्रिय एड्स सम्मेलनमा पेस गरिएको थियो ।
ुयो मलमको प्रयोग यौन समागमको १२ घन्टाभन्दा पहिले र १२ घन्टापछि गर्दा महिला पूरा सुरक्षति हुनेछन्,ु प्रतिवेदनमा भनिएको छ, ुयो मलमले महिलालाई यौनसम्बन्धी अन्य रोग लाग्नबाट पनि बचाउन सहयोग पुर्‍याउनेछ ।ु
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघको एड्स एजेन्सीले यो परीक्षण्ालाई ज्यादै महत्त्वपूण्र्ा भनी प्रतिक्रिया दिएका छन् । ुहामीले महिलालाई आशा जगाउन सकेका छौँ,ु युएन एड्सका निर्देशक माइकल सिडिबेले भने, ुपहिलोपटक महिलाका हातमा एचआइभीसँग लड्ने विकल्प हात परेको छ

No comments:

Post a Comment