झापाको दमकमा भइरहेको आदिबासि जनजाति तथा धिमाल महोत्सब पर्यटन बर्ष २०११ को तेश्रो दिन बुधबारको आकर्षण धिमाल युवतीहरुको र् याम्प अर्थात मोडलिङ रहयो ।
पश्चिमा संगितमा परम्परागत भेषभुषामा धिमाल युवतीहरु स्टेजमा कम्मर मर्काउदै क्याटवाक गर्न थालेपछि महोत्सब सहभागी युवायुवत्ाी देखि लिएर सबै उमेरका मानिसहरुले मज्जा संग ताली पिटेका थिए ।
दूइ दर्जन भन्दा बढी युवतीहरुले फेशन शो मा मोडलहरुले जसरी आफ्नो प्रस्तुती देखाउछन त्यसरी प्रस्तुती देखाउदा महोत्सबको माहौल नै फेरीएको ममहोत्सब ब्यवस्थापन समितिका ब्यवस्थापक बिष्णु अधिकारीले बताउनु भयो ।
पन्ध्र बर्षका किशोरी देखि दिएर पच्चिस बर्ष सम्मका युवतीहरु धिमालको परम्परागत बिशेष प्रकारको धागोबाट बनाइएको पेटानी र परम्परागत गरगहनामा आएर कम्मर मर्काउदै क्याटवाक गरेपछि महोत्सब स्थल भिडभाड बनको थियो ।
बुधबार नै राजबंशी समुदायले आफ्नो सस्कृति झल्कने बिभिन्न नृत्य र परम्परागत भेषभुषा पनि प्रदर्शन गरेका छन ।
राजबंशी समुदायको लोप हुन लागेका बाजागाजा र नाँचले महोत्सब आदिबासि सस्कृतिमय बनको थियो ।

No comments:
Post a Comment