मानिसको आधा उमेर कसरी बित्छ होला ? यो प्रश्नको जवाफमा तपाईंले सहजतापूर्वक भन्नसक्नु हुन्छ सुतेरै बित्दछ तर यदि तपाईंलाई कसैले मानिसले सचेत अवस्थाको आधा उमेर चाहिँ कसरी बिताउछ ? भन्ने सवाल तेस्र्यायो भने चाहिँ तपाईं पक्कै पनि जवाफका निम्ति घोत्लिनै पर्ने हुन्छ । त्यसो हो भने लौ तपाईर्ं पनि थाहापाई राख्नुहोस -कि प्रत्येक मानिसले सचेत अवस्थाको आफ्नो आधा उमेर काल्पनिक सोचाइमै बिताउँछ ।
अमोरिकास्थित प्रसिद्ध हवाई विश्वविद्यालय सम्बन्ध अनुसन्धाताको एक समूहले लामो समय खर्चिएर गरेको अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । आईफोनको माध्यमद्वारा गरिएको सो अध्ययनका लागि अनुसन्धाता समूहले झन्डै दुई हजार २५० जनाभन्दा बढी स्वयंसेवक परिचालन गरेको थियो र उनीहरूले दुई लाख ५० हजार माथिको सर्वेक्षणपछि यो नतिजा निकालेका थिए । जसमाथि सर्वेक्षण गरियो उनीहरू अधिसङ्ख्यक अमेरिकी नागरिक नै थिए । सो प्रयोजनका लागि आईफोन वेब एप्लिकेसनको प्रयोग गरिएको थियो । अध्ययनले अत्यन्तै गहन कामका बेलासमेत मानिसको दिमाग बगिरहने निष्कर्ष पनि निकालेको छ । अनुसन्धाता डा. मेथ्यु क्रिलिङसवर्थ भन्छन्- गहन कामका बेला पनि कम्तीमा तीस प्रतिशत दिमाग कुनै न कुनै काल्पनिक सोचमा व्यस्त हुन्छ अन्य अवस्थामा कम्तीमा ५० देखि ६० प्रतिशतसम्म मानिसको दिमाग कल्पानामै घुमिरहन्छ ।
सहभागीले अरू कुनै काममा व्यस्त रहेका बेलासमेत आˆनो दिमागमा के कस्ता कुराले घर गरिरहन्छन् भन्ने कुराको जवाफ दिएका थिए । सहभागीको यही जवाफको सरदर निष्कर्ष नै मानिसको आधा उमेर कल्पनामै बित्दछ भन्ने हो ।

No comments:
Post a Comment