Wednesday, February 2, 2011

९० करोड युजर्सलाई खतरा

माइक्रोसफ्टका अनुसार इन्टरनेट एक्सप्लोररमा एउटा ठुलो सुरक्षा खतराका कारण ९० करोड मानिसको निजी जानकारी खतरामा छ। एउटा गम्भीर श्रेणीको सुरक्षा चेतावनी जारी गर्दै माइक्रोसफ्टले यो सुरक्षा कमीका कारणबाट विन्डोजका सबै अपरेटिङ्ग सिस्टम खतरामा रहेको जनाएको छ।
यसमा विन्डोज एक्सपी, विन्डोज विस्टा, विन्डोज सर्वर २००३ र विन्डोज सर्वर २००८ संलग्न छ। माइक्रोसफ्टले अन्य वेभ ब्राउजर जस्तै फायरफक्स, गुगल क्रोम र सफारी भने यो खतराबाट सुरक्षित रहेको बताएको छ।
कम्पनीका अनुसार अहिलेसम्म यो बग या सुरक्षा कमी हटाउन सफलता प्राप्त हुन सकेको छैन तर उसले एउटा फिक्स इट नामक सुरक्षा कवच जारी गरेको छ जसले ह्याकिङ्गको कोशिस रोख्न सहयोग गर्नेछ।
सबै विन्डोज प्रयोग गर्नेहरु विशेषगरी जसले इन्टरनेट एक्सप्लोरर प्रयोग गरिरहेका छन् उनीहरुलाई कम्पनीले समस्या समाधान नभएसम्मका लागि यो सुरक्षा कवच डाउनलोड गर्न अनुरोध गरेको छ। कम्पनीले यसलाई सुरक्षामा गम्भीर खतरा भनेको छ तर यो पनि भनेको छ कि अहिलेसम्म ह्याकर्सहरुले यो कमजोरीको फाइदा उठाएका छैनन् ।
माइक्रोसफ्टका प्रवक्ताका अनुसार यो सुरक्षा कमीका कारण इन्टरनेट युजर्सलाई असलीजस्तो देखिने फर्जी वेभसाइटमा पठाउन सक्छ र उनीहरुको इमेल र पासवर्ड चोरिन सक्छ ।

No comments:

Post a Comment