Saturday, February 19, 2011

टेण्डरहरुम्ाा गुण्डागर्दि.................

झापाको दमक र आसपासको क्षेत्रमा पछिल्लो समयमा बडिरहेको गुण्डागर्दी तथा दादागिरी रोक्नलाइ प्रहरी प्रशासनलाइ कुनै पनि हस्तक्षेप नगर्ने र यसमा सहयोग गर्ने राजनैतिक दल तथा सामाजीक अगुवाहरुले प्रतिबद्धता जनाएका छन ।
आइतबार इलाका प्रहरी कार्यलय दमकमा भएको सर्बपक्षिय छलफल पछि यस्तो प्रतिबद्धता आएको हो ।
सरकारी कार्यलय तथा बिभिन्न संघसंस्थामा लाग्ने टेण्डरहरुम्ाा गुण्डागर्दि बडेको र यसले दमकको जनजिबनलाइ सन्त्रस्त बनाएकाले दमकमा हुने सबै टेण्डरहरुमा गुण्डागर्दि हुन नदिने र यसलाइ रोक्ने समेत सहमति भएको इलाका प्रहरी कार्यलय दमकका प्रमुख नबिन कार्कीले बताउनु भयो ।
दमकको सडक बिभाग लगायतका कार्यलयमा हुने ठेक्का पट्टाहरुमा गुण्डागर्दि र दादागिरि चल्ने गरेको छ ।
ठेक्का लाग्नु अघिल्लो दिनदेखि नै घरेलु हातहतियार सहित सयौको संख्यामा युवाहरुको जमात यस्ता कार्यलय आसपासमा देखिने गरेका छन ।
अपराधिक कृयाकलापमा संलग्नहरुलाइ पक्राउ गर्न साथ छुटाउन तथा छोडन अनआवश्यक प्रहरीलाइ दबाब नदिनेनौ बजे अगाबै सबै होटल तथा लजहरु बन्द गरीसक्ने लगायतका बिषयमा यहाँ रहेका राजनैतिक दल तथा सामाजीक संघसंस्थाहरुले प्रतिबद्धता जनाएका हुन ।
संस्थागत रुपमा तथा समुहगत रुपमा गुण्डागर्दि बडेको भन्दै यसलाइ रोक्न प्रहरीलाइ सहयोग गर्ने र प्रहरीले समेत यसमा चासो दिनु पर्ने छलफलमा सहभागिहरुले बताएका थिए ।
राजनैतिक दलका युवादस्ताहरुलाय समेत सहि ढङ्गले परिचालीत गर्ने र खराब काम गरेको भए त्यस्ता युवालाइ कानुनी कार्वाहि गर्दा कसैले पनि त्यसमा भाँजो नहाल्ने सहमति भएको छलफलमा सहभागी दमक नगरपालीका संयन्त्र समिति सदस्य सन्त किरातिले बताउनु भयो ।
राजनैतिक दलले कुनै पनि प्रकारको मुद्धा मामिला नहेर्ने र मुद्धा मामिलामा हस्तक्षेपकारी भुमिका नखेल्ने समेत लिखित प्रतिबद्धता भएको छ ।
दमकको शान्ति सुरक्षा कायम गराउन गस्ति तिब्र बनाउनु पर्ने र यसमा साइकल सहयोग गर्ने दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाइले बताउनु भयो ।
प्रहरी भनेबाट गरीने गस्ति साँघुरा गल्लिहरुमा नपुग्ने र प्रहरी भेन देख्नसाथ अपराधिक समुह भागने भएकाले साइकलबाट गरीने गस्ति प्रभाबकारी बन्ने भएकाले साइकल गस्ति तत्काल सुरु गर्नु पर्ने बताइएको थियो ।
अनुसन्धानका लाइएकाहरु कतिपय निर्दोष हुने भएकाले त्यस बिषयमा ल्याएर निर्दोष भए नभएको तत्काल ठम्याएर निर्दोष भए तत्काल छाडेमा राम्रो हुने प्रसाइले बताउनु भयो ।
मादक पदार्थ तथा मदिराजन्य पदार्थ खाएर अपाराधिक कृयाकलाप बडि हुने पाइएकाले यसमा कडाइ गरिनु पर्ने र जथाभाबी रुपमा मदिरा बिकि्रबितरणमा रोक लगाइनु पर्ने समेत आवाज उठेको थियो ।
होटल ब्यवसाहिहरुको बाक्लै उपस्थिति रहेको छलफलमा होटल ब्यवसाहिहरुले यसमा प्रशासनलाय सहयोग गर्न तयार रहेको र अब्यवस्थित जाँडर_िक्स पसल हटाउनु पर्ने कुरा उठाएका थिए ।
छलफलमा इलाका प्रशासन कार्यलय दमकका प्रमुख यज्ञ आचार्यदमक नगरपालीकाका कार्यकारी अधिकृत पशुपति खतिवडाइलाका ट्राफिक प्रहरी कार्यलय दमकका प्रमुख होमप्रसाद अधिकारीदमक जेसिजका अध्यक्ष सुवासचन्द्र भट्टराइ लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment