Sunday, February 6, 2011

बिहेले स्वास्थ्य सुदृढ

अभिभावकहरूले बिहे गर्न कर गरिरहेका छन् तर तपाईं बार्‍ह हात पर भागिरहनुभएको छ भने एकपटक यो निर्णयबारे घोत्लिनुस् । वैवाहिक बन्धनले पुरुषलाई तन्दुरुस्त राख्छ, महिलाको मानसिक स्वास्थ्य राम्रो बनाउँछ ।


बेलायतस्थित कार्डिफ विश्वविद्यालयका अध्ययनकर्ताहरू के भन्छन् भने विवाहपछि पतिपत्नीले एकअर्कालाई बढी ध्यान दिन थाल्छन् र उनीहरू एकल जीवनयापन गर्नेहरूभन्दा बढी बाँच्छन् । पत्नीबाट आफ्नो स्वस्थ जीवन शैलीको सुनिश्चितता हुने भएकाले पुरुष बढी बाँच्छन् । पुरुषले महिलालाई भावनात्मक सहारा दिन्छन् । पत्नीको मानसिक अवस्था तन्दुरुस्त रहन्छ ।
तर पार्टनरसँग राम्रो सम्बन्ध छैन भने यो तपाईंको मुटुका लागि राम्रो हुँदैन । त्यस्तो अवस्थामा एक्लै रहनु सबैभन्दा राम्रो हुन्छ ।  
अनिद्राले प्रभावित हुन्छ दाम्पत्य कम सुताइ तपाईंको दिनचर्या हुँदै गएको छ भने यो दाम्पत्य जीवनका लागि खतराको घन्टी हो । तपाईंको यस्तो बानीले पारिवारिक जीवनलाई भीरमा पुर्‍याउन सक्छ । नयाँ सर्वेक्षणअनुसार दिनहुँ आठ घन्टाभन्दा कम सुत्ने व्यक्तिको अरूसँग मनमुटावको समस्या चारगुणा बढी हुन्छ । यसको असर निजी
जीवनमा मात्र पर्दैन, करिअरसमेत खतरामा पर्छ । कम सुत्दा शरीरको ऊर्जा घट्छ ।
बि्रटेनको मेन्टल हेल्थ फाउन्डेसनले यसबारे गरेको अनलाइन सर्वेक्षणमा धेरैजसो सहभागीले कम सुत्ने बानीले जीवनसाथीसँग मनमुटाव, चिडचिडाहट, डिप्रेसन, एकाग्रतामा कमी हुने गरेको गुनासो गरे । ती सहभागीहरूले दिनहुँ आठ घन्टाको निद्रा लिन सकिरहेका थिएनन् ।
अनुसन्धानकर्ता डयाम रोमोथ्यामका अनुसार कम सुत्दाको असर तपाइर्ंको रोगप्रतिरोधक क्षमतामा समेत पर्छ । मुटु रोग, क्यान्सर, मधुमेहजस्ता रोगको सम्भावना तीनगुणा बढी हुन्छ ।

No comments:

Post a Comment