Saturday, February 5, 2011
एउटै कपडा फेरीफरी लगाउथ्यौ
एउटै थालमा संगै खाना खाएको र एउटै कपडा पालैपाले फेरेर लगाउने गरेको साथी प्रधानमन्त्री बन्दा संगैको साथीलाइ कस्तो होला छात्रबासमा समेत संगै एउटै कोठामा बसेको सगैको अत्यन्त मिलनसार साथी प्रधानमन्त्री बन्दा बधाइ दिन नपाउदा कस्तो लाग्ला
अहिले यस्तै अवस्थामा हुनुहुन्छ झापाका काग्रेस नेता सुधिरकुमार शिवाकोटी उहाँ यति खेर खिन्न हुनुहुन्छ ।
जसरि देशभर नेकपा एमालेका नेता कार्यकर्ताले खुसियाली मनाइरहेका छन त्यो भन्दा बढी नै खुसि हुनु भएका शिवाकोटी साथी देशकै प्रमुख कार्यकारी पद प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिन नपाएकोमा खिन्न हुनु भएको हो ।
ुहामी पाँच कक्षा देखि संगै पढेका हौ र म जहिल्यै पहिलो हुन्थे भने उहाँ जहिल्यै दोश्रो हुनु हुन्थ्यो ।सुवासचन्द्र नेम्बाङ्ग पनि संगै पडनु भएको हो ।ु
नेकपा एमालेका अध्यक्ष एबं प्रधानमन्त्री झलनाथ खनालका सहपाठी सुधिरकुमार शिवाकोटीलाइ पुराना दिनहरुको याद झलझलि आउन थालेको छ ।
उहाँका दुइ सहपाठी प्रधानमन्त्री झलनाथ खनाल र सभामुख सुवासचन्द्र नेम्बाङ्ग राष्ट्रकै शक्तिशाली र चल्तिका नाम बनेका छन ।
नेपाली काँग्रेस झापाका पुर्व सभापति शिवाकोटीले नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा उठेर हार बेहोर्दा पुराना हितैसि मित्र एबं सहपाठी झलनाथ खनालले फोन गरेर दुख ब्यक्त गर्नू भएका रहेछ ।
तर अहिले खनाल देशकै कार्यकारी प्रधानमन्त्री पदमा निर्वाचित हुँदा शिवाकोटीले बधाइ दिन पाउनु भएको छैन ।
शिवाकोटीले भन्नु भयोुउहाँका फोन तथा मोबाइलमा जति गर्दा पनि सम्पर्क हुन नसककेकाले बधाइ दिन पाएको छैन ।ु
खनाल संग इलाम सदरमुकाममा आदर्श पब्लिक स्कुलमा कक्षा पाँच देखि प्रवेशिका सम्म संगै पडनु भएको र काडमण्डौमा आइएस्सि पनि सगै अध्यन गर्नु भएका शिवाकोटीका अनुसार धोरै समय पडेर पनि धेरै नम्बर ल्याउनेमा उहाँ पर्नु हुन्थ्यो ।
प्रवेशिका परिक्षामा थोरै नम्बर नपुगेर पहिलो डिभिजनमा झलनाथ खनालले पास गर्न नसकोर दोश्रो डिभिजन ल्याउदा निक्के निराश भएको पाएको अनुभब रहेको शिवाकोटीले बताउनु भयो ।
शिवाकोटीको भनाइ छ ुम जहिल्यै प्रथम हुन्थे र झलनाथ दोश्रो बन्थे ।हामि बिच गहिरो र आत्मिय सम्बन्ध छ ।ु
प्रवेशिका परिक्षा उतिर्ण गरेपछि काडमण्डौको त्रिचन्द्र कलेजमा आइएस्सि संगै पडेको मात्र नभइ खनालनेम्बाङ्ग र आफु संगै एउटै छात्रबास तथा कोठामा संगै बसेको उहाँ बताउनु हुन्छ ।
छात्रबासमा बस्दाका क्षण सम्झदै शिवाकोटी भन्नुहुन्छ ुकोठामा रहदा एउटै थालमा खाना मात्र खाइएन एउटै लुगा त कतिपटक लगाइयो लगाइयो।ु
आफु काठमण्डौ गएको बेला फेटेर तथा सम्पर्क गरेर आउने गरेको र खनाल पुर्व आँउदा पनि उहाँले आफुलाइ सम्पर्क गर्ने गरेको शिवाकोटीले बताउनु भयो ।
अध्ययनको समयमा बिद्यार्थी संगठनमा लागे पनि खुलेर राजनितिमा आफुहरु नलागेको र पडाइमा नै ध्यान दिएको उहाँले बताउनु भयो ।
निडर स्वभाबका खनालको बोलेपछि त्यो पुरयाइ छाडने स्वभाब रहेको र मिजासिलो स्वभाबले सबैलाइ मोहित बनाउने शक्ति उहाँमा रहेका सुधिरकुमार शिवाकोटी बताउनु हुन्छ ।
लामो गतिरोध पछि देशले नयाँ प्रधामन्त्रिको रुपमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल अर्थात आफ्ना हितैषि मित्र सहपाठी पाएको र उहाँले अबको साढे तिन महिनामा संबिधान जारी गर्नेमा आफु आशाबादी रहेको शिवाकाटीले बताउनु भयो ।
काँग्रेस नेता शिवाकोटी खनाललाइ नेपाली काँग्रेसले पनि सहयोग गर्नु पर्ने र तीन दल मिलेर जानुको बिकल्प समेत नभएको बताउनु हुन्छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment