Tuesday, February 8, 2011

महिलाहरू विश्वास र समर्पणको खोजीमा



नारीका लागि जीवनसित जोडिएका हरेक प्रसङ्ग भावनात्मक हुने गरेको तथ्य विभिन्न अनुसन्धानहरूबाट पत्तँ लागिसकेको छ। यौन पनि यसबाट अछुतो छैन। नारीहरू यौनमा प्रेम र भावना खोज्छन्। तिनका लागि यौन शारीरिक तृप्तिको माध्यम मात्र होइन।

यौनसम्बन्धी मामिला भावनाप्रधान हुने भएकाले यो प्रक्रियामा नारी त्यतिबेला मात्रै संलग्न हुन्छिन्, जतिबेला उनी आफ्नो साथीप्रति पूर्णरूपले विश्वस्त हुन्छिन्। आफ्नो यौनसाथी, प्रेमी वा पतिको प्रेमपूर्ण व्यवहारले उनलाई उत्साहपूर्ण बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ। आर्गेज्मभन्दा आफ्नो उपस्थिति र महत्व नारीका लागि बढी प्राथमिकताको कुरा हुन्छ।

बद्लिँदो सामाजिक परिस्थिति, सूचना एवं सञ्चार क्षेत्रको विकासले गर्दा नारी-पुरुष दुवै तुलनात्मकरूपमा धेरै कुरामा अगाडि आएका छन्। यौनसम्बन्धी मामिलामा पूर्वीय संस्कृतिको सामाजिक सोचाइमा समेत धेरै परिवर्तन देखापरेको छ।
   
पूर्वीय सामाजिक परिवेशमा पनि यौन उदारताको घेरा बढ्न थालेको पाइन्छ। गर्भनिरोधक तथा कामोत्तेजना बढाउने औषधिहरूको सहज उपलब्धता, यौनजन्य सामग्रीको बढ्दो लोकप्रियताका साथै नारी-पुरुषले प्रयोग गर्ने इनर-वेयरमा बढी स्टाइल र ग्ल्यामरको उपयोगले यौन मामिलामा बढी खुलापन देखिएको छ। तुलनात्मकरूपले हिजोका दिनभन्दा वर्तमान परिप्रेक्ष्यमा नारी-पुरुष दुवैका लागि प्रेमालाप तथा यौनसंसर्गका सम्बन्धमा आफ्नो चाहना अभिव्यक्त गर्ने वातावरण बढी सहज र सरल छ। सहवासको अवधि र सहवासबीचको अन्तरालसम्बन्धी कुराहरू अब नितान्त व्यक्तिगत मामिला रहन छाडेका छन्।

ग्लोबल सेक्स सर्भेअनुसार औसतरूपमा ४४ प्रतिशत दम्पती आफ्नो यौन जीवनबाट पूर्णरूपले सन्तुष्ट पाइएका छन् भने करिब ४५ प्रतिशत दम्पतीले आफ्नो यौन जीवनका सम्बन्धमा खुलारूपमा अभिव्यक्ति दिने गरेको पाइएको छ। बद्लिँदो परिवेशमा देखापरेको यस्तो परिवर्तन यौनविशेषज्ञहरूका लागि अध्ययनको विषय बनेको छ। तिनका अनुसार यौनका मामिलामा विवाहित दम्पतीबीच धेरै परिवर्तन देखापरे पनि यससम्बन्धी नारीको धारणा वा चाहनामा भने खासै परिवर्तन आएको पाइँदैन। अनुसन्धान प्रतिवेदनअनुसार नारीको विचारमा पुरुषहरू यौनसम्पर्क मात्र चाहन्छन् र उत्तेजनासित जोडिएका अन्य कुराप्रति उनीहरू त्यति ध्यान दिँदैनन्। पुरुषको विचारमा नारी मात्र प्रेम र भावनाका कुरामा बढी जोड दिन्छन् र उनीहरू प्रेममा पनि धैर्य खोज्छन्। दुवै पक्षको चाहनाको धरातल फरक देखिए पनि दुवैमा प्राकृतिकरूपमै प्रेम भावना र यौनसम्बन्धी चाहना हुने गरेको तथ्यलाई पनि नकार्न भने सकिँदैन।

निःसन्देह एक-अर्काको भावनाको कदर गर्न सक्नु सुखी दाम्पत्य जीवनको महत्वपूर्ण पक्ष हो। यद्यपि यौनसम्बन्धी मामिलामा शिष्टता यौन जीवनलाई मात्र नभएर वैवाहिक जीवनलाई अझ मधुर बनाउने सूत्र हो। पत्नीलाई पतिको बडी ल्याङ्वेजले बढी प्रभावित गर्छ। महिलाहरू संसर्गको अवस्थामा विशेषतः पति, प्रेमी वा पार्टनरको मुखबाट आफ्नो प्रशंसालाई प्राथमिकता दिन्छन्। जस्तै- तिमी कति कोमल छौ वा तिम्रो स्पर्शको महत्व धेरै छ आदि कुराले नारीलाई नारित्वको अनुभूति दिलाउँछ। महिलाहरू चाहन्छन्- बेडरुममा उनले मात्रै प्राथमिकता पाऊन् नकि अन्य सामग्री, चित्र, चलचित्र, सङ्गीत आदिले।

यसबाट नारी-पुरुष यौनसम्बन्ध यान्त्रिक क्रिया बन्न पुग्छ।महिलाहरू यौनमा आराम, धैर्य र मन्द गति चाहन्छन्। आफ्नो मनोभाव र आँखाको भाका बुझेर आफ्नो प्रेमी-पतिले संसर्गको बाटोमा अग्रसर गराओस् भन्ने चाहना तिनमा हुन्छ। सोहीअनुरूप पुरुष पनि अघि बढे नारीको नजरमा उनको पति-प्रेमीको पुरुषत्व बढ्छ भने सोधेर अनुरोध गरेर यौन मामिलामा अग्रसर भए पुरुषको पुरुषत्वमा कमी आएको आँकलन हुन सक्छ। यौन संसर्गपछि पनि प्रेमीको आलिङ्गनले नारीलाई लामो समयसम्म तरङ्गति पार्छ। संसर्गपछि पुरुषहरू शिथिल हुन्छन् भन्ने कुरा तिनलाई थाहा हुन्छ यद्यपि सुत्न खोजेको वा निदाएको हेर्ने चाहना तिनमा हुँदैन। यो स्थितिमा महिलाहरू आफ्नो प्रेम र भावनाको अपमान भएको महसुस गर्छन्। यो अवस्थामा नारीले आपूप्रति भन्दा पति-प्रेमी शरीरसित बढी मोहित भएको सोचाइ बनाउँछन्।

जहाँ महिलाले बेडरुमलाई सुत्ने कोठाको रूपमा मात्र नलिएर समर्पणको आधार पनि मान्छन्, त्यहीँ पुरुषका लागि यौनसित जोडिएका कुरा त्यति महत्वपूर्ण लाग्दैनन्। पुरुषहरू यौनलाई जीवनसित जोडिएका अन्य तनावलाई हटाउने साधनका रूपमा लिन्छन्। अतः अनेकौँ समस्या र तनावका बाबजुद पनि पुरुषहरू आफ्नो पार्टनरको सुकोमल ओठ र रेशमी केशका बीच हराउने चाहना राख्छन्। ग्लोबल सर्भेअनुसार आधुनिक नारीले यौनसम्बन्धमा रोमाञ्चकताको अनुभव गर्ने गरेको पाइन्छ। सर्भेअनुसार ३९ प्रतिशत दम्पती यौनजीवनमा नयाँ प्रयोग हुनुपर्छ भन्ने मान्यता राख्छन्। सर्वेक्षणअनुसार करिब ६० प्रतिशत महिला सहवासका समयमा ओर्गेज्मको आनन्दको अनुभूति गर्दैनन्। आफ्नो पार्टनरले चरम सुखको अनुभव गर्न नपाएकोमा प्रायः पुरुषले ग्लानि महसुस गरेको पाइन्छ। महिलाहरू यौनसम्पर्कमा चरम सन्तुष्टिभन्दा पनि विश्वास र समर्पणको खोजीमा रहन्छन्। कैयौँ अवस्थामा आफ्नो प्रेमीलाई ग्लानिको भावनाबाट जोगाउन नारीले फेक ओर्गेज्मको सहायता लिने गरेको पाइन्छ। नारीमा समझदारी, सौर्न्दर्य र कामुकताको मेल पाइन्छ। पुरुषको तुलनामा आफ्नो कामुकतालाई आठ गुणा बढी व्यक्त गर्ने क्षमता नारीमा हुन्छ। व्यक्त र अव्यक्तरूपमा रहने नारी कामुकताका सम्बन्धमा पत्ता लागेका तथ्यहरू जति रोमाञ्चक छन्, त्योभन्दा बढी रहस्यमय कुराहरू अझै पनि खोजीकै विषय हुन्।

No comments:

Post a Comment