Tuesday, February 8, 2011
१३ बर्षको बच्चाले यौन सम्बन्ध राखेपछी एड्स सर्यो
ताइवानको राजधानी ताइपेईमा एक १३ बर्षको बच्चाले यौन सम्बन्ध राखेपछी उनलार्इ एड्स सरेको छ। उक्त केटा यौन सम्बन्ध राखेपछी एड्स लागेको सबभन्दा कम उमेरको केटा भएका छन्। पैसाको लोभ देखाएर एक ५० बर्षका मानिसले उक्त केटासंग यौन सम्बन्ध राखेका थिए। यस पछी उक्त केटालार्इ उक्त रोगले समातेको कूरा उनको स्वास्थ परिक्षणपछी सेन्टर ऑफ डिजीज कन्ट्रोलका उपनिर्देशकले यस कूराको जानकारी दीएका थिए।
ताइवानमा १९ देखी २४ बर्ष सम्मका केटाकेटीहरूमा एड्स रोग बढी लाग्ने गरेको छ। २००९ को तुलनामा २०१० मा १३.९ प्रतिशतले बढेको छ। हाल ताइवानमा १९ वर्ष भन्दा कमका ५५ किशोरहरू एड्स रोगबाट पिडित छन्।
ताइवानमा एड्स सर्ने प्रमुख कारण यौन सम्बन्धले गर्दा हुने गरेको तथ्य फेला परेको छ। यँहाका कूल एड्स रोगीहरू मध्ये ६५.९ प्रतिशत यौन सम्बन्धका कारण तथा ३२.२ प्रतिशत संक्रमित इंजेक्शनका कारण यस रोगको शिकार हुने गरेको छ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment