आन्दोलन पनि बिचत्र बिचित्रका हुन्छन यो त सबैलाइ थाहा छ ।sसैले बनद गर्छन त कसैले हडताललाइ महत्व दिन्छन ।हामि नेपाली पनि नेताको बिरोध गर्न बिभिन्न किसिमका आन्दोलन गर्छौ ।हाम्रो देशको समस्या सामधानका लागी पनि यो उपाय अपनाउन सके छिटो समस्या सामधान हुन सक्थ्यो िक
बेल्जियममा सरकार नबनेसम्म नेताहरूविरुद्ध यौन हडताल गर्न नेताका श्रीमती तथा प्रेमिकालाई आग्रह गरिएको छ । बेल्जियममा गत जुनमा आमचुनाव भए पनि पार्टीबीचको असमझदारीका कारण अहिलेसम्म गठबन्धन सरकार बन्न सकेको छैन ।
बेल्जियममा सरकार नबनेसम्म नेताहरूविरुद्ध यौन हडताल गर्न नेताका श्रीमती तथा प्रेमिकालाई आग्रह गरिएको छ । बेल्जियममा गत जुनमा आमचुनाव भए पनि पार्टीबीचको असमझदारीका कारण अहिलेसम्म गठबन्धन सरकार बन्न सकेको छैन ।
समाजवादी सिनेटर मार्लिन टेमरम्यानका अनुसार अपि|mकी राष्ट्र केन्यामा पनि सरकार नबनेपछि २००९ मा नेताविरुद्ध उनीहरू श्रीमती तथा प्रेमिकाले यौन-हडताल गरेका थिए । केन्यामा भएको यौन हडतालको साता नबित्दै सरकार गठन भएको थियो ।
यसअघि पनि बेल्जियममा सरकार गठन गर्न नेतालाई दबाब दिन दाह्री पाल अभियान सञ्चालन गरिएको थियो । बेल्जियममा चुनाव भएको दुई सय ४१ दिन बित्दा पनि सरकार गठन हुन नसकेपछि जनतामा निराशा छाएको छ । चुनाव भएको लामो समयपछि पनि सरकार गठन नहुनेमा बेल्जियमले विश्व रेकर्ड राख्नेमा जनता चिन्तित छन् । सोमालिया र इराकमा चुनाव भएको दुई सय ४९ दिन बितिसक्दा मात्र सरकार गठन भएको थियो ।
सरकार बनाउने सम्झौतामा नपुगेसम्म सबै नेताहरूका श्रीमतीहरूलाई श्रीमान्सँग यौनसम्पर्क नराख्न म आग्रह गर्दछु- बेल्जियमको एक पत्रिकामा लेख मार्फत सांसद टिमरम्यानले बताएकी छिन्, नयाँ सरकार नबनेसम्म श्रीमन्सँग यौनसम्पर्क नराख्नुस् ।
टिमरम्यानका अनुसार नेताका श्रीमतीले आफ्नो सल्लाह मानेर यौनसम्पर्क नराखे सरकार गठन नहुँदा भइरहेको गतिरोध छिट्टै अन्त्य हुनेछ । सिनेटर टिमरम्यान स्त्रीरोग विशेषज्ञसमेत हुन् । केन्या गएको वेला केन्याका समकक्षीले बेल्जियममा भइरहेको राजनीतिक गतिरोध अन्त्य गर्न केही गर्न आग्रह गरेको उनले बताइन् । केन्यामा राजनीतिक गतिरोध भएको वेला नेताका श्रीमतीले सेक्स हडताल गरेको पनि समकक्षीले बताएको उनले सुनाइन् ।
अहिलेसम्म बेल्जियमका नेता वा उनीहरूका श्रीमतीले आफ्नो यौन-हडताल सल्लाहबारे सोझै कुनै प्रतिक्रिया दिएका छैनन् । तर, ८० प्रतिशत जनता भने यो सल्लाहप्रति सकारात्मक छन् ।
यौन-हडतालको इतिहास प्राचीन छ । गि्रक नाटककार एरिस्टोफेन्सको नाटक लियस्र्टाटामा महिला पात्रले युद्ध अन्त्य गर्न श्रीमान्लाई मनाउन यौन-हडताल गरेका थिए ।


No comments:
Post a Comment