Sunday, February 6, 2011
दुइसय ७४ किलो तौलकी महिला
थाइल्याण्डकी २७४ किलोग्राम तौल भएकी एक महिलाले तीनवर्षपछि पहिलोपटक एक औजारको सहायताले आफ्नो घर छोड्न सकेकी छिन् ।
उनको दायाँ खुट्टामा पलाएको टयुमरको उपचारका लागि घर बाहिर जानुपर्ने भएपछि उनलाई घरबाट निस्किन सहयोग गर्न उनको एकजना छिमेकीले बैङ्कक महानगरपालिकालाई खबर गरिदिएकी थिइन् ।
उनलाई घरबाट निकाल्न चिकित्सक, नर्स, इन्जिनियर र उद्धारकर्मीको सहयोग चाहिएको सम्बन्धी दृश्यहरु त्यहाँका सञ्चारमाध्यमले लिएको बताइएको छ ।
उनी आफ्ानो घरको भूइतल्लामा बस्दै आएकी छिन् र समाचारमा जनाइएअनुसार उनी केही फीटमात्र हिड्न सक्छिन् ।
म यही कोठामा बस्दै आएकी छु र तीनवर्षदेखि म कतैपनि निस्किएकी छैन अम्नुपोर्न टोङ्गप्रापाइले निस्किने बेलामा भनिन् ।
म अलिकती मात्र हिड्न सक्छु बाथरुमसम्म जान सक्छु, तर कहिलेकाहीं त्यतिका लागि पनि मेरो छोराको सहारा लिनुपर्छ उनले सम्वाददातासँग भनिन् ।
उनले दुइजना धर्मपुत्र राखेकी छिन् र उनीको सहायतामा खाना खाने तथा बाथरुम जाने गर्छिन् ।
उनलाई घरबाट निकालेर एम्बुलेन्समा राखेपछि आफूको निकै ठूलो विजय भएको महसुश गरी हाँसेकी थिइन् । उनी सम्भबत थाइल्याण्डकै सबैभन्दा बढी तौल भएकी महिलामा पर्छिन् ।
उनको समुद्रतटमा गई पानीसँग खेल्ने सपना छ । अस्पतालमै आँखाभरी आँशुपार्दै उनले भनिन्- मलाई समुद्री तटमा गएर पानीमा खेल्ने मेरो ठूलो इच्छा
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment